बिहिबार, बैशाख १३, २०८१

आचार संहिता उल्लंघन गदै व्याकडेटमा काज सरुवा

काठमाडौं । नेपाली कांग्रृेस भित्र पनि रामचन्द्र पौडेल गुटका नेता कृषि मन्त्री रामकृष्ण यादवले कृषि विकास मन्त्रालय सम्हालेपछि नेपाली कृषि क्षेत्रमा केही नौलो परिवर्तन होला कि भन्ने आशा गरिएको थियो । ministry of agriculture१२ वर्षमा कांग्रस निकट कर्मचारीहरुलाई सत्ताको स्वादका लागि खोलो पनि फर्केकै हो । तर १२ वर्ष पछि सम्हालेको कृषि मन्त्रालयमा विवाद रहित काम गर्नु पर्ने कृषि मन्त्री रामकृष्ण यादव नाताको फेर समाउने र अरुका भरमा नियम विपरित कार्य गर्न थाले । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लगाईसकेपछि मन्त्रालयका सरुवाहरुलाई पूर्णत ः वन्द गर्ने नियमलाई लत्याउंदै मन्त्री यादवले भटाभट सरुवा गरेका छन् । सरुवा सरुवा मात्रै गरेका भए त ठिकै थियो । आचार संहितालाई नै उल्लंघन गरेपछि निर्वाचन आयोग बोल्न सकिरहेको छैन । आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेकै भएर होला यतिखेर रामकृष्ण यादव बुझेर पनि बुझ पचाए जस्तै गरी विभिन्न आयोजना तथा मन्त्रालयका सहसचिव एवं उपसचिवहरुको सरुवा गरिरहेका छन् ।
आचार संहिता लागू हुञ्जेलसम्म सरुवा नभएपनि सरुवाको ग¥र्जो ट¥यो भनेर दंग भएका सहसचिवहरु, उपसचिवहरु अहिले तीन छक्क परेका छन् ।
मन्त्रीको सचिवालयले तयार पारेको सरुवा र कृषि विकास मन्त्रालयका कांग्रेस निकट सहसचिवहरुको बल मिच्याँईले पुरानो मितिमा (व्याक डेट) टिप्पणी उठाएर सरुवालाई वैधानिकता दिने काम गरेका छन् ।
व्याक डेटको टिप्पणीमा सदर गराएर सरुवा भएकाहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, खाद्य कृषि तथा खाद्य सुरक्षा आयोजना, किसान आयोग, मन्त्रालय कै उपसचिवहरु समेत रहेका छन् । कृषि मन्त्री रामकृष्ण यादवलाई व्याक डेटमा टिप्पणी उठाएर सरुवा गर्न लगाएको भन्दै कांग्रेस निकट कर्मचारीहरु नै रुष्ट भएका छन् । कृषि विकास मन्त्रालयका केही कांग्रेस निकट कर्मचारीहरु मन्त्रीले सांगठनिक प्रक्रिया भन्दा पनि व्यक्तिको इशारामा चलिरहेको उनीहरुको आरोप छ । कांग्रस निकट ट्रेड युनियनका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने ‘आफ्नो पार्टीको मन्त्री आयो भनेर दङ् पर्नु वेकार भएको छ । हाम्रा कुरा मन्त्रीले सुन्ने चाह नै गर्दैनन् । संगठनको भन्दा पनि कृषि विकास मन्त्रालयमा बसेर कांग्रेसको डिङ्ग हाँक्ने चाटुकारकै पछाडि मन्त्री लागेका छन्’ ।
हुन पनि यतिखेर कृषि विकास मन्त्रालयमा त्यस्तै देखिएको छ । व्यक्तिले चलाएको भरका कृषि विकास मन्त्री चलिरहेका छन् । दशैंको मुखमा आएर आर्थिक चलखेलमा रमाउंदै परियोजना निर्देशकदेखि आम्दानी हुने कार्यलयका प्रमुखहरुको सरुवा गर्ने काम पनि मन्त्रीले गरिरहेका छन् । कांग्रेस भित्रका राम्रालाई भन्दा पनि हाम्रालाई मन्त्रीले च्यापिरहेको देखिन्छ ।

प्रकाशित मिति: आइतवार, भदौ २५, २०७४