शुक्रबार, चैत्र १६, २०८०

आईएनजिको कार्यक्रम गएर दुग्ध विकास संस्थानलाई मन्त्रीको धम्की

वाँके, मंसिर । यतिखेर चर्चा गैरसरकारी संस्थाहरुले गर्ने कार्यक्रममा मन्त्री तथा प्रधानमन्त्रीले गर्ने उद्घाटनले छ । आफू मातहतका कार्यालयलाई केही काम गर्न लगाउन नसक्ने तर एनजिओले गरेको कार्यक्रममा उद्घाटन गरेर निकै तारिफ गर्ने उदाहरण प्रशस्त छन् ।
यसै क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल हेफर इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सहयोग गरेर सञ्चालन गरेको बाख्रा व्यवसाय केन्द्रको उद्घाटन गर्न वाँके आईपुगेका छन् ।
गैरसरकारी संस्थाले सञ्चालन गरेको बाख्रा व्यवसाय केन्द्र उद्घाटन गर्दे उनले दूध तथा मासु व्यवसायीहरुका लागि निर्देशिका जारी गर्ने बताए । उनले गैरसरकारी संस्था हेफरको गर्नुसम्म प्रशशा गरे । तर दूध उत्पादन गर्ने आफू मातहतका कार्यालय दुग्ध विकास संस्थानले उत्पादन गरेको दूध गुणस्तरी हुन नसकेको भन्दै नसध्रिए तालावन्दी गर्ने चेतावनी दिएका छन् । संस्थानले दूध उत्पादन सुधार गर्न नसक्नुमा पुराना व्यापारीसँगको मिलेमतो रहेको आरोप लगाए ।
विगत लामो समयदेखि ग्रामीण महिलाहरुलाई बाख्रा सापटी कार्यक्रम सञ्चालन गर्दै आईरहेको हेफरले पछिल्लो समयमा अमेरिकी सहयोग नियोगको सिधा सहयोगमा कराडौं रुपैयाँँ किसानका नाममा ल्याएको भएपनि त्यसको पारदर्शि ढंगले काम गर्न सकेको छैन ।
भूकम्प गए लगतै भूकम्प पीडित किसानहरुका लागि गोठ सुधार कार्यक्रम भन्दै करोडौंको बजेट ल्याएपनि प्रभावकारी रुपले काम गर्न नसकेको र कागजी प्रक्रियामा कार्यक्रम सम्पन्न गरेको हेफर इन्टरनेशनल नामक संस्थालाई आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५