शुक्रबार, चैत्र १६, २०८०

आँधीखोला र फेदीखोलाका किसानलाई तरकारी खेती तालिम

स्याङजा, वैशाख । स्याङजा जिल्लाको आँधिखोला र फेदिखोला गाउँपालिकाका किसानहरुलाई दुई महिने बेमौसमी तरकारी खेती तालिम सञ्चालन भईरहेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सहयोग र धवलागिरी प्राविधिक शिक्षालयको आयोजनामा सो तालिम प्रदान गरिएको हो ।
तालिम कार्यक्रमलाई उद्घाटन गर्दै फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले किसानहरुले स्वस्थ तरकारी र बेमौसमी तरकारी उत्पादन गरी आयआयन बढाउन मद्दत पुग्ने बताउँदै स्वदेशमै रोजगारीका लागि तालिम महत्वपूर्ण भएको बताएका थिए
बेमौसमे तरकारी उत्पादन बृद्धि गरी किसानहरुको आयस्तर बृद्धि गर्ने उदेश्यका साथ आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाको संयुक्त संयोजनमा दुवै गाउँपालिकाका २० २० जना गरी ४० जना किसानहरु सो तालिममा सहभागी भएको प्रशिक्षक ज्ञानु आचार्य पौडेलले बताइन् ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६