शनिबार, बैशाख ८, २०८१

अवैध चल्ला भित्र्याउन रोक

खोटाङ्ग,३१ भाद्र । बाहिरी जिल्लाबाट आयात गरिएका चल्ला तथा अण्डाका कारण विभिन्न रोग संक्रमण देखिन थालेको भन्दै खोटाङ्गमा अवैध रुपमा बाहिरी जिल्लाबाट ल्याएका अण्डा र चल्ला भित्र्याउन रोक लगाएको छ । पक्षीजन्य रोग नियन्त्रणका लागि रोक लगाएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
जिल्लामा नै अण्डा र चल्ला उत्पादन भएपछि रोगसंक्रमण नआओस् भन्ने सोचल सो कार्य गरिएको र त्यसका लागि विभिन्न नाकामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनु भयो ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३१, २०७१