बिहिबार, चैत्र १५, २०८०

अलैंची उत्पादन घट्यो

लमजुङ,१ पुस । लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ । मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन् ।
अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलँैची व्यवसायी महासंघ लमजुङले जनाएको छ । गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलँैची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताए ।
अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादन र मूल्यमा कमी आएपछि किसान चिन्तित बनेका छन् । पुराना बिरुवा मर्दै गएकाले उत्पादनमा कमी आएको अध्यक्ष तामाङले बताउनुभयो । जिल्लाका कतिपय अलैँची बगानमा सिँचाइको व्यवस्था नभएको पनि उत्पादन घटेको हो ।
गत वर्षको तुलनामा यस वर्ष अलैँचीको क्षेत्र बढे पनि उत्पादन र मूल्य घटेको छ । केही वर्षअघि लमजुङमा अलँैचीको मूल्य प्रतिकिलो रु दुई हजार ५०० थियो । सोही अलँैची अहिले प्रतिकिलो रु आठ सयमा झरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १, २०७४