बिहिबार, बैशाख ६, २०८१

अमेरिकी डा लियोनार्ड नेपालमा

dreeeeकाठमाडौं, २८ भाद्र । काठमाडौं । अमेरिकाबाट नेपालमा माछाको दाना सम्वन्धि अध्ययन गर्न आएका डा. लियोनार्डलाई माछाको दानाका उत्पादन तथा वितरण गर्दै आईरहेको श्रीनगर एग्रो प्रा.लिले नेपालमा माछाको दाना उत्पादन र प्रविधिका बारेमा स्थलगत अनुगमन र किसानहरुको फार्मसम्म भ्रमण गराएको छ । माछाको दानाका विज्ञ डा लियोनार्डले आफ्नो स्थलगत भ्रमणले नेपालमा पनि माछाको दाना प्रयोग गर्ने किसानहरु बढ्दै गईरहेको बताएका छन् ।
नेपालमा परम्परागत रुपमा उत्पादन हु“दै आईरहेको दानालाई परिवर्तन गरी आधुनिकीकरण गर्नु पर्नेमा उनले जोड दिएका थिए । परम्परागत रुपमा उत्पादित दानाका कारण माछा व्यवसाय फस्टाउन नसक्ने भन्दै त्यसका लागि आधुनिकीकरण तर्फ किसानहरु लाग्नु पर्ने धारण उनले व्यक्त गरेका थिए ।
श्रीनगर एग्रो फार्मले माछा पालनमा क्रियाशील किसानहरुलाई लक्षित गरी गुणस्तरीय माछाको दाना उत्पादन गर्दै आईरहेकोले किसानहरुले आफूले घरमै उत्पादन गर्ने भन्दा आधुनिक र पोषण युक्त माछाको दाना प्रयोग गर्न शुरु गरिसकेको आफ्नो अध्ययनले देखाएको उनले बताए ।

प्रकाशित मिति: सोमवार, भदौ २८, २०७२