बिहिबार, चैत्र १५, २०८०

अन्नबाली छाडेर खुर्सानी खेतीमा

तनहुँ, कार्तिक । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका– १ निवासी ४५ वर्षीय रेशबहादुर आले राम्रो आम्दानी हुन थालेपछि खुर्सानी खेतीतर्फ आकर्षित हुनुभएको छ । आलेले करिब दुई रोपनी जग्गामा नामधारी र अकबरे जातका खुर्सानी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । घैया धान, मकै, कोदो खेती गरेर वर्षभरिमा रु १० हजार पनि कमाउन धौ धौ भएकाले खुर्सानी खेतीतर्फ लागेको र यसबाट वार्षिक रु ८० देखि ९० हजारसम्म कमाउँदै आएको कृषक उनले बताए । उनले अकबरे प्रतिकिलो रु २०० र नामधारी रु १२० प्रतिकिलोमा बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतवार, कार्तिक ५, २०७४