बिहिबार, बैशाख ६, २०८१

अदुवा बिक्रीबाट करिब साढे तीन अर्ब आम्दानी

gingerइलाम, २४ चैत । अदुवा बिक्रीबाट यो वर्ष इलाममा करिब रु साढे तीन अर्ब भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष ७०/७१ मा तीन अर्ब रु ३९ करोड ६१ लाख ३७ हजार ५०० बराबरको अदुवा निकासी भएको हो । जिल्लामा तीन हजार २३३ हेक्टर जमिनबाट ४५ हजार ८०० ९४ मेट्रिक टन अदुवा उत्पादन भएको छ । उत्पादनमध्ये रोप्नका लागि बीउका रूपमा २० प्रतिशत छुट्याइने गरिएको छ । उत्पादित अदुवामध्ये २० प्रतिशत अन्य प्रयोजनका लागि छुट्याएर ३६ हजार ७१५ मेट्रिक टन बिक्री भएको कृषि विकास कार्यालयका सूचना अधिकारी बुद्धिराम भट्टराइले जानकारी दिनुभयो ।
यस वर्ष माउ तथा बच्चा उत्पादन मौसममा अहिलेसम्मकै उच्च भाउ आएको थियो । किसानले सरदर प्रतिकिलो रु ९३ मा अदुवा बिक्री गरेका थिए । उत्पादित अदुवा झापाको का“कडभिट्टा नाका हु“दै भारत निकासी भएको छ । जिल्लाका अधिकांश गाउ“मा फस्टाएको अदुवाखेतीले किसानको जीवनस्तर माथि उस्केको छ ।
अघिल्लो वर्षमा अदुवाको मूल्यमा केही बढोत्तरी भए पछि उत्पादन क्षेत्रसमेत वृद्धि भएको छ । किसानले गत वर्षकोभन्दा दुई प्रतिशत बढी क्षेत्रफलमा अदुवाखेती गरेको बताइएको छ ।
उत्पादित अदुवामध्ये करिब ९० प्रतिशत भारतमा र १० प्रतिशतमात्रै स्थानीय बजारमा खपत हुने गरेको छ । बोसे, जिरे, मकवानपुरे, कपुरकोटे, जातका अदुवाखेती यहाँ हुने गरेको छ । आशालाग्दो भाउ आएपछि किसानले न्यूनतम पाँच मनदेखि २० मनसम्म अदुवा रोप्ने तयारी गरेका छन् । अदुवाखेतीमा नयाँ प्रविधि लागू गरेपछि उत्पादनसमेत बढेको किसान बताउँछन् । भारतको पञ्जाव, सिक्किम र आसाम राज्यमा अदुवाको उत्पादन कम भएकाले नेपाली अदुवाले राम्रो मूल्य पाएको मङ्गलबारेका व्यापारी तारा थापा बताउनुहुन्छ । अदुवाले यस पटक किसानले धेरै आम्दानी गरेको थापाको भनाइ छ । केही वर्षयता अदुवाको मूल्यमा व्यापक सुधार आएपछि किसान हौसिएका छन् । चार वर्षयता अदुवाले प्रतिमन एक हजारभन्दा धेरै मूल्य पाउँदै आएको छ । यसअघि रु ३०० प्रतिमन बिक्री गरेका किसानलाई यसपालि अदुवाले मज्जाले उकासेको छ । रोगका कारण अदुवा बगान नै सखाप भए पनि किसानले बालीको क्षेत्रफल भने बढाउँदै लगेका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र २४, २०७०