मङ्लबार, चैत्र ६, २०८०

अदुवा निकासी ठप्प

इलाम, साउन १ । भारतले कृषिजन्य बस्तुको आयातमा लाग्ने भन्सार दर बढाएपछि पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट अदुवा निकासी रोकिएको छ । दुई सातादेखि अदुवा भारत निकासी बन्द भएपछि पूर्वी पहाडका किसान र व्यापारी तनावमा परेका छन् ।
व्यापारीले विक्रीका लागि पठाइसकेको अदुवा वीच बाटोमा पुगेपछि भारतले भन्सार शुल्क बढाएको जानकारी पाएको व्यापारीहरु बताउँछन् । १५ दिन अगाडि पठाएको तीन ट्रक अदुवा विर्तामोडछेउमा सडकमै अलपत्र परेको व्यापारी कृष्ण पौडेल जानकारी दिएका छन् ।
पौडेलका अनुसार अदुवा लोड गरिएका ट्रक बाटो बाटोमा नै रोकेर राख्दा अदुवा कुहिएर सखाप हुन थालेको छ । अव सातदिन यही अवस्था रह्यो भने अदुवा निकासी हुँदैन, सवै सखाप हुन्छ उनले बताए ।

प्रकाशित मिति: आइतवार, साउन १, २०७४