बिहिबार, चैत्र १५, २०८०

अदुवाको मूल्य घटदा किसान समस्यामा

काठमाडौं, १ माघ । नगदे बाली अदुवाको मूल्य घट्दा किसानहरु मर्कामा परेका छन् । प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् ।
अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको किसानहरुले बताएका छन् । वन्यजन्तुले नखाने पानी विना पनि खेती गर्न सकिने भएकाले धनकुटाका प्रायः किसानले अदुवाखेतीलाई प्रमुख नगदेबालीका रुपमा लिदै आएका किसानहरुको भनाइ छ ।
विगत तीन वर्षयता लगातार अदुवाको मूल्य घट्दै गईरहेको छ । व्यापारीले प्रतिकिलो रु २० मा पनि अदुवा लान नमानेपछि निराशा बढेको किसानहरुको भनाई छ ।

प्रकाशित मिति: सोमवार, माघ १, २०७४