शनिबार, बैशाख ८, २०८१

अदुरदर्शिताका कारण कृषिको ६ अर्व खेर

काठमाडौं, भाद्र । कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुको अदूरर्शिताकाका कारण चालु आर्थिक वर्षको ६ अर्व रुपैयाँ खेर जाने भएको छ । मुलुक संघिय संरचनामा गएको भन्दै बजेट निर्माणका क्रममा नै हतार हतार बजेट स्थानीय निकायमा पठाएका कारण कृषि विकास मन्त्रालयको ६ अर्वका कृषि विकास कार्यक्रम ध्वस्त भएको छ । कृषिमा जस्तै पशुपन्छी विकास मन्त्रालयको पनि हालत उस्तै देखिएको छ । पशुपन्छी विकास मन्त्रालयले पनि पशुपन्छीमा लाग्ने रोग, संक्रमण तथा महामारी जस्ता कार्यक्रमका लागि विगतका वर्षहरुमा जिल्ला पशु सेवा कार्यालय मार्फत नै कार्यक्रम सञ्चालन गर्ने गरिएको भएपनि चालु आर्थिक वर्षदेखि स्थानीय तहले खर्च गर्ने गरी बजेट पठाएका कारण अन्यौलता उत्पन्न भएको छ । ministry-of-agriculture
स्थानीय तहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पठाएको शर्त सहितको कार्यक्रम बाहेकका बजेट कृषि तथा पशुपन्छीका क्षेत्रमा काम गर्ने शीर्षकमा कुनै पनि स्थानीय तहले कार्यक्रम नराखेका कारण जिल्लामा रहेको कृषि तथा पशुसेवा कार्यालयहरुका अधिकारीहरु अहिले कार्यालयमा बजेट स्थानीय निकायमा भएकाले कुनै पनि कार्यक्रम नरहेको व्यहोरा सहितको सूचना टाँसेर जागिर पकाउने काम गरिरहेको छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका जिल्लाका कार्यालय प्रमुखहरु समेत कहाँ र कसरी रहने भन्ने नै अन्यौलता रहेको छ । स्थानीय तहको संरचना अनुरुप कर्मचारी व्यवस्थापनका लागि महानगरपालिका र उपमहानगरपालिकामाउपसचिव सरह, नगरपालिकामा शाखा अधिकृत सरह र गाउँपालिकामा प्राविधिक सहायक कर्मचारी पठाउने निर्णय भए पनि कृषि तथा पशुपन्छी सेवाका कर्मचारीहरुको बस्ने ठाउँमा नभएपछि कर्मचारीहरु दिक्क भएका छन् ।
स्थानीय तहका पठाएको रकम सम्वन्धित विषयमा भन्दा पनि बाटो खन्ने काम र अन्य प्रयोजनका लागि विनियोजित गरिएका कारण पनि यो वर्ष कृषि तथा पशुपन्छीका क्षेत्रमा प्रगति हुने देखिएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारीहरुले मन्त्रालयले पठाएको रकम सहि सदुपयोग गर्नु पर्ने विषयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा छलफल समेत गर्न नसक्नुलाई के भन्ने ? आफ्नो मन्त्रालयमा साँढे झै गर्ने उच्च अधिकारीहरु आफैले पठाएको बजेट दुरुपयोग भईरहँदा पनि सरोकारवाला निकाय मन्त्रालयमा गएर भने भिजेको विरोला जस्तो हुने गरेका कारण पनि स्थानीय तहको बजेट बालुवामा पानी बराबर हुने भएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ २७, २०७४