मङ्लबार, चैत्र ६, २०८०

अति संकटापन्न जनावर सालकको गणना सम्पन्न

चितवन, जेठ । अति संकटापन्न जनावर सालकको गणना सम्पन्न भएको छ । दुर्लभ स्तनधारी जनावरको संरक्षण गर्ने उद्देश्यले चितवन, गोरखा र मकवानपुरका १६ वटा समुदायिक वनमा सालक गणना गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७४ फागुन ९ गतेदेखि सालकको गणना शुरु गरेको थियो । चितवनका पाँच, गोरखाका चार र मकवानपुरका सातवटा सामुदायिक वनमा सालकको गणना गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टरार्ईले लजालु स्वभाव रहेको जनावर सालकको अवस्था पत्ता लगाई संरक्षण क्षेत्र बनाउने उद्देश्यले सालकको गणना गरिएको बताए । चितवनको कंकाली सामुदायिक वनबाट शुरु गरिएको गणना सकिएको भए पनि तथ्यांक संकलन गरी असार १५ सम्ममा सार्वजानिक गर्ने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ९, २०७५