शुक्रबार, बैशाख ७, २०८१

अज्ञात समूहद्धारा कृषि फार्म नष्ट

पर्वत १३, मंसिर । पर्वत जिल्लाको पाङ्ग–१ सहर्षधारा स्थित काली गण्डकी अर्गानिक कृषि तथा पशुपालन फार्ममा गएराती अज्ञात समूहले फार्म भित्रका कृषि उत्पादन नष्ट गरिदिएका छन् । बाग्लङ्गका रविन्द्र सुवेदीले सञ्चालन गरेको २२ रोपनी जग्गामा रहेको सो कृषि फार्म भित्र रहेका ५ वटा टनेलमा क्षति पु¥याई टनेल भित्र उत्पादन गरिएका टमाटर, काँक्रो, सिमी लगायतका उत्पादन पूर्ण रुपमा नष्ट गरिएको सञ्चालन रविन्द्र सुवेदीले कृषि अनलाईनलाई बताएका छन् ।
फार्मका अर्का सञ्
चालक सिकन्दर शाहीको खुट्टा भाँचिएकाले उपचारका लागि पोखरा लगेको मौका पारी फार्ममा रहेका सम्पूर्ण बोट विरुवा र उत्पादन कृषि उत्पादन नष्ट गरिएको छ । आफ्नो फार्ममा उत्पादन गरिएका कृषि उत्पादन नष्ट भएपछि भावविह्ल हुँदै सुवेदीले आफ्नो महिनौंको मेहनत नष्ट भएकाले दोषीमाथि कार्वाहीको माग समेत गरेका छन् ।
आफ्नो फार्मको उत्पादन नष्ट गरिएको खवर पाउनासाथ फार्म पुगेका सुवेदीले प्रहरीलाई खवर गरेको भएपनि प्रहरी पुगेको छैन । जिल्ला कृषि कार्यालय पर्वतका प्राविधिक चेतनाथ पौडेलका अनुसार उक्त घटनाले पर्वत जिल्लाका कृषि व्यवसाय गर्नेहरुलाई हतोत्साह गर्न खोजिएको बताएका छन् । किसानलाई हतोत्साह गर्न गरिएको उक्त कार्यको निन्दा गर्दै पीडित किसानलाई क्षर्तिपूर्ति दिनु पर्ने उनले बताएका छन् ।
किसानले जीवन निर्वाह गर्नका लागि गरेको व्यवसायिकका टनेल नष्ट गर्नेलाई यथासक्दो चाँडो कार्वाही गरी व्यवसायीक रुपमा कृषि पेशामा अगाडि बढिरहेका किसानलाई प्रोत्साहन गरिनु पर्ने पनि प्राविधिक पौडेलले बताए । उक्त फार्ममा भएको क्षतिको पूर्ण विवरण भने आउन वाँकी नै छ ।-ज्ञानीमाया गलान

प्रकाशित मिति: बिहिबार, मंसिर १३, २०७०