शनिबार, बैशाख ८, २०८१

१ करोडको १७ हजार जैतुनका विरुवा कहाँ गयो ?

काठमाडौं, चैत्र । कृषि विकास मन्त्रालय गत आर्थिक वर्षको अन्त्यमा रातारात करीव एक करोडको जैतुनका विरुवा किसानहरुका लागि अनुदानमा वितरण गर्ने गरी खरिद ग¥यो । मन्त्रालयको फलफूल विकास निर्देशनालय किर्तिपुरले आफैले नर्सरी उत्पादन गरी किसानसम्म पु¥याउन छाडिसकेको छ । जैतुनको विकासका लागि इटाली सरकारले १२ वर्ष अगाडि बाजुराको कोल्टी स्थित जनप्रकाश उच्चमाध्यामिक विद्यालयलमा जैतुन खेतीको परिक्षण गरेको थियो । जुन सफल भएको भएको थियो । बाजुरामा जैतुन खेती परिक्षण सफल भए पश्चात परियोजनाले भौतिक पूर्वाधार सहित सरकारलाई जिम्म लगाएको थियो ।
विश्वमा निकै लोकप्रिय रहेको जैतुन सुख्खा ठाउँमा हुने भएकाले पनि खाद्यान्न अभाव हुने बाजुरामा जैतुन खेती गरी जिल्लालाई नै आर्थिक समृद्ध बनाउने योजना इटाली सरकारको थियो । फार्मलाई संरक्षणमा लागि विद्यालयलाई कृषि विकास मन्त्रालयले विगतमा बार्षिक ४ लाख रुपैयाँ सहयोग गर्दैै पनि आईरहेको थियो ।
जैतुनको सम्भावना धेरै भएकाले कृषि विकास मन्त्रालयको कार्यक्रममा जैतुनले प्राथमिकता पायो सरकारले विरुवा उत्पादन गर्नका लागि मकवानपुरको चित्लाङ्गमा पनि लगानी ग¥यो तर न त विरुवा फस्टायो न त नर्सरी नै केवल । चित्लाङ्गमा नर्सरी विकास हुन सकेन ।
फलस्वरुप गत आर्थिक वर्षमा जैतुनको विरुवा खरिद गरी अनुदानमा वितरण गर्ने योजना सहित मन्त्रालयले करीव १ करोड रुपैयाँ विनियोजित समेत गरेको थियो । पश्चिमी पहाडी जिल्लामा जैतुनको नर्सरी स्थापना गर्नका लागि २ वर्षदेखि बाजुरामा कार्यालय नै खडा गरियो । तर पनि जैतुनको विकास भएन ।
सरकारले नर्सरीको विकास गर्नु पर्ने थियो तर, गत वर्ष करीव १ करोड रुपैयाँको लागतमा १७ हजार विरुवा खरिद गर्ने टेण्डर निकालियो । टेण्डर प्रक्रियाको नाटक गर्दै स्टेशनरी सप्लायर्सबाट जैतुनका विरुवा किन्ने काम फलफूल निर्देशनालले ग¥यो । निर्देशनालय उपलब्ध गराएको विवरण अनुसार बाजुरामा ४ हजार, बझाङमा २ हजार, जाजरकोटमा २ हजार, कालिकोटमा २ हजार, डोल्पामा २ हजार, रुकुममा ३ सय, मनाङमा ३ सय, खोटाङमा ३ सय, मुगुमा ३ सय विरुवा वितरण गरिएको भनिएको छ । यही हिसावले गर्दा पनि २ हजार १ सय विरुवा गायव भएको देखिन्छ । प्रति विरुवा ४ सय ९३ रुपैयाँमा खरिद गरिएको देखाइएको छ भने सो विरुवा शंकट मोचा कार्की सप्लायर्सले फलफूल विकास निर्देशनालयलाई उपलब्ध गराएको हो ।
फलफूल निर्देशनालयका निमित्त प्रमुख रामजी देवकोटाले उपलब्ध गराएको विवरण अनुरुप न त बाजुरामा सो संख्याको जैतुनका विरुवा पुगेका छन् नत जाजरकोट वा डोल्पामा नै । ढुवानी खर्च बाहेक ४ सय ९३ रुपैयाँका किनिएको विरुवा कता हराए । गत आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १७ हजार विरुवा नै सम्वन्धित ठाउँमा नपुगि कागजमा कार्यसम्पन्न भएको देखिन्छ । अझ रोचक कुरा २१ सय विरुवाको अर्को १० लाख ३५ हजार रुपैयाँ कहाँ खर्च भयो ? कृषि विकास मन्त्रालयले कार्यक्रम बनाउने र कार्यान्वय भयो वा भएन भन्ने हेर्न सकेको देखिंदैन । चालु आर्थिक वर्षको कार्यक्रममा समेत ३४ हजार जैतुनका विरुवा खरिद गर्न तयारी गरिएको निर्देशनालयले जनाएको छ ।
सवैभन्दा बढी जैतुनका विरुवा पठाइएको बाजुरा, बजाङ र जाजरकोटका जिल्ला कृषि विकास कार्यालयका प्रमुखहरु जैतुनका विरुवा आएको मात्र भन्छन् तर कति आयो र विरुवाको कहाँ रोपियो विरुवाको अवस्था कस्तो छ भन्ने विषयमा खुल्न चाहँदैनन् । सो विषयमा फलफूल विकास निर्देशनालयका तात्कालिन कार्यक्रम निर्देशक डा. रमिता मानन्धरलाई सम्पर्क गर्दा आफू सरुवा भएर आईसकेकोले कार्यालयमा नै गएर जानकारी लिन बताउँछिन् ।
‘जैतुनको व्यवसायिक रुपमा विकास गर्नु पर्दछ भन्ने सोचले कार्यक्रम राखेको र टेण्डर प्रक्रियाबाट नै खरिद गरिएकोसम्म जानकारी भएपनि विरुवाको अवस्थाका बारेमा आफूलाई जानकारी नभएको’ मन्त्रालयका प्रवक्ता डा. योगेन्द्र काकी बताउँछन् । उनी भन्छन् ‘जैतुनको धेरै नै सम्भावना छ जैतुनको विकास गर्ने हो भने आर्थिक रुपमा पहाडी जिल्लालाई समृद्ध पनि बनाउन सकिन्छ ।’ तर कार्कीले भने जस्तै जैतुनको विकास भयो कि करोडौं रुपैयाँ स्वाहा पारेर निकास मात्र भयो छानविन गर्ने निकायले छानविन गरोस् ।
चालु आर्थिक वर्षमा पनि जैतुनका लागि विभिन्न शीर्षकमा ३ करोड बजेट गएको बताइएको छ । – हिमा पौडेल

प्रकाशित मिति: आइतवार, चैत्र ११, २०७४