शुक्रबार, बैशाख ७, २०८१

हाईटेक प्रविधि : किसान चर्को मूल्य तिर्न वाध्य छन्

० नेपालमा तपाईले कृषिमा सेमि हाईटेक प्रविधि प्रयोग गर्नु भएको छ । खासमा यो प्रविधि के हो ?
विशेषगरी तरकारीको बेमौसमी उत्पादन तथा प्रति इकाइ क्षेत्रफलमा उत्पादन वढाउन खेती गरिने विरुवाको लागि आबश्यक तापक्रम, आद्र्रता तथा खाद्यतत्वको समुचित ब्यवस्थापनवाट उत्पादकत्व बृद्धि गर्नको लागि प्रयोग गरिने अर्ध नियन्त्रित तथा पूर्ण नियन्त्रित संरचनाहरुलाइ सेमि हाइटेक तथा हाइटेक भनिने गरिएको छ । arunविश्वका विकशित देशहरु जस्तै नेदरल्याण्ड, जापान आदिले उपरोक्त संरचनाहरुमा वढी उत्पादन दिने जातलाइ समुचित खाद्यतत्वको प्रयोग, आबश्यक मात्रामा प्रकाश तथा तापक्रमको ब्यबस्थापन ,तालिम तथा का“टछा“ट र रोग कीराको समुचित ब्यबस्थापन गरी प्रति हेक्टर ६०० टन गोलभेडा (नेदरल्याण्ड– विश्वको सबभन्दा वढी उत्पादकत्व , ३५० मे.टन जापान) उत्पादन गर्न सफल भएका छन् । प्रति इकाइ जमिनमा तरकारी वालीको उत्पादकत्व बृद्धि, स्वस्थ तरकारी वेर्ना तथा गुणस्तरीय तरकारी उत्पादन गर्न यो प्रविधि विकशित देशहरुमा धेरै किसानहरुले अवलम्वन गरेका छन् भने विगत केही बर्षवाट नेपालमा समेत यस प्रविधिले चर्चा पाउनाको साथै तरकारी सुपर जोन कास्कीमा यस बर्ष यस किसिमका संरचना निर्माण भएको छ । यस केन्द्रीय तरकारी वीउ उत्पादन केन्द्रले सिर्जना गोलभेडाको हाइव्रिड बीउ उत्पादनमा ८ मीटर चौडाइ र २८ मिटर लम्वाइका २ वटा प्लाष्टिक घरमा थोपा सिंचाइ तथा प्लाष्टिक मल्च सहितको अर्ध नियन्त्रित प्रणाली विगत १ बर्षवाट अवलम्वन गरिरहेको छ । भने यस वर्षवाट हामीहरुले भेन्टिलेटेड प्लाष्टिक घरमा माटो रहित मिडियमको प्रयोग गरी तरकारी वीउ उत्पादन तथा शहरी खेतीका लागि माटो विनाको प्रविधि प्रर्दशनका कार्यक्रम समेत राखेका छौ ।
० यो प्रविधि प्रयोग गर्न कत्तिको सम्भावना छ ?
असम्भवन भन्ने त हुन्न । प्रविधिको प्रयोग गर्न हामीले केही कुराहरुमा ध्यान दिन जरुरी हुन्छ । जस्तै कस्तो खाले संरचना बनाउने (कृषकको आबश्यकता र बजेट अनुसार ) यो प्रविधि अवलम्वन गर्ने क्षेत्र कुन हो (हिमाल,पहाड वा तराइ ) यस भित्र लगाउने वाली (तरकारी वाली, बेर्ना वा विरुवा) तथा उत्पादन लिने समयको विचार । नेपालको मध्य पहाडी क्षेत्रमा भेन्टिलेटेड प्लाष्टिक घरको प्रयोग गर्न सकिन्छ भने यदि यो प्रविधि तराइमा प्रयोग गर्ने हो भने चिस्याउने सुविधा भएको वा नेट हाउसको प्रयोग गर्न सकिन्छ त्यस्तै उच्च पहाडको लागि तताउने सुविधा आबश्यक पर्दछ । यदि यो प्रविधि बेर्ना उत्पादनमा प्रयोग गर्ने हो भने तताउने तथा चिस्याउने सुविधा सहितको बनाउन आवश्यकता छ । वर्तमान अवस्थामा यो प्रविधिको नेपालमा खासै अध्ययन अनुसन्धान तथा यसको लागत वारे सप्लायर्स अनुसार एकरुपता नभएको पाइन्छ तैपनि नेपाल सरकारद्धारा संचालित आयोजनाहरुको अनुदानवाट तरकारी तथा पुष्प खेती गर्ने किसानले यो प्रविधि अबलम्वन गरेको पाइन्छ तर यसमा थप अध्ययन अनुसन्धान गरी कम खर्चमा प्रति इकाइ उत्पादन बृद्धि गर्नेतर्फ ध्यान दिन जरुरी छ ।

० प्रविधि विस्तारका लागि समस्या र चुनौति हरु के के छन् त ?
नेपालमा यस प्रविधिको प्रमुख चुनौति भनेको अध्ययन अनुसन्धान छैन । जसले गर्दा संरचनाको उचाइ, क्षेत्रफल, तापक्रम तथा आद्रता नियन्त्रण विधि, खर्च, खेती गर्न उपयुक्त वाली तथा खेती तरिका वारेमा अन्यौलता देखिन्छ । प्रति इकाइ उत्पादन लागत कम गर्न नसकेमा बजारमा प्रतिस्पर्धा गर्न नसक्नाले गर्दा दिगोपना नहुने संभावना रहन्छ । यस प्रविधिमा प्रयोग हुने सामाग्री तथा उत्पादन प्रविधिमा बर्तमान अबस्थामा निम्न लिखित समस्या रहेको छ
० प्रयोग गरिने ड्रिप सेट तथा संरचनामा प्रयोग हुने पाइपमा १ प्रतिशत कर, प्लाष्टिक पाइप तथा मल्चमा ३३ प्रतिशत कर, र १३ प्रतिशत भ्याट जसले गर्दा संरचना महंगो पर्न जाने हुनाले आम किसानले वर्तमान अवस्थामा फाइदा लिन नसकेको
०थोपा सिंचाइवाट प्रयोग गरिने झोलमलको हालसम्म दर्ता प्रावधान नहुनाले गर्दा अवैध आयात जसवाट कृषकले उच्च मुल्य तिर्नुपर्ने
० हिमाल, पहाड र तराइ अनुसार उपयुक्त प्रविधिको अभाब
०अधिकांश संरचना नेपालमा आयात गर्न थोरै आयातकर्ता हुनाले गर्दा एकाधिकार कायम जसले गर्दा कृषकले महंगो मूल्य तिर्न बाध्य
० सरकारी निकायमा यस्ता संरचना निर्माण गर्न परेमा वर्तमान खरिद ऐनमा पूर्व योग्यताको प्रावधान नहुनु जसले गर्दा यस प्रकारको संरचना निर्माण मा कम रकम वोल कवोल गर्ने तर संबन्धित कार्य गर्न योग्यता नभएका कम्पनीले टेण्डर पार्ने र अन्त्यमा कार्य गर्न नसक्ने अवस्था सिर्जना हुने । यस प्रकारको समस्याले गर्दा यस केन्द्रमा तरकारी विरुवा उत्पादनकालागि हाइटेक ग्रिनहाउस निर्माण हुन नसकेको हो ।
० यो प्रविधिबाट किसान ले के फाइदा पाउन सक्छन ?
यस प्रविधिको प्रमुख फाइदा भनेको प्रति इकाइ जमिनमा बेमौसममा समेत धेरै र गुणस्तरीय उत्पादन हो तर यसका लागि उन्नत प्रविधि तथा जातको प्रयोग अत्याबश्यक छ । यस किसिमका प्रविधि अवलम्वन गर्न इच्छुक कृषकले आफ्नो ठाउ“ सुहाउ“दो र कम खर्चमा निर्माण हुने तथा दीगो प्रविधिको छनौट गर्नका साथै यस प्रकारका संरचनामा खेती गर्न सकिने वाली, बजारको माग, मुल्य , आबश्यक प्रविधि तथा उक्त प्रविधिको उपलब्धता जस्ता कुरामा ध्यान दिइ यस प्रविधिको अबलम्वन गरेमा मात्र यस प्रविधिवाट सफलता हासिल हुन्छ । –धिरेन्द्र बस्नेत

प्रकाशित मिति: सोमवार, साउन १६, २०७४