हरेक दिन भान्छामा विष भित्रँदै

काठमाडौं । तरकारी दैनिक उपभोग्य वस्तु हो । विहान बेलुका भान्सामा तरकारी नभइ खानाको परिकार नै अपुरो हुन्छ ।पछिल्लो समयमा स्वउत्पादन भन्दा किनेर नै तरकारीको गर्जो टार्ने चलन बढ्दो छ । के त्यसरी किनेर खाने तरकारी स्वस्थकर छ त ? आम उपभोक्ता नै तरकारीको गुणस्तरप्रति भरोसा गर्न सक्दैनन् । काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी वजारमा भेटिएकी रिता राईले भनिन्, खै आँखाले देखिँदैन, तर यति चहिँ पक्का हो यो तरकारी विष रहित छैन । त्यस्तै, काउली छान्दै गरेकी सुुनिता घिमिरेले पनि आफूले उब्जाउ गर्न नसक्ने बताउँदै जस्तो भए पनि किनेर खानुको विकल्प नरहेको गुनासो गरिन् ।
बढ्दो शहरी परिवेश साथै आफैं उत्पादन गर्ने जाँगर सेलाउँदै जाँदा आयातित तरकारीमा भर पर्नुपरेको छ । विशेषगरी प्याज, आलु र केही हरिया तरकारी नेपालबाट मात्र नभई छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्छ । हरियो साग, गाजर, काउली, गोलभेडा, बोडी आदि उपत्यका र छिमेकी जिल्लामा नै उत्पादन हुन्छ । भारतबाट आयातित तरकारीसँगै काभ्रे, काठमाडौं धादिङ, चितवन, बारा, पर्सा र सर्लाहीका तरकारीमा पनि विषादिको मात्रा भेटिने गरेको छ । भौगोलिक अवस्थितिले विषादी प्रयोगको मात्रा निर्धारण गर्ने बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकाल बताउँछन् । ‘उच्च पहाडी जिल्लाहरुमा विषादीको प्रयोग कम मात्रामा गरिन्छ भने जति तराईका जिल्लाहरुमा पाइन्छ उति बढि मात्रामा विषादीको प्रयोग गरिन्छ’ बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक ढकाल बताउँछन् ।
विशेषगरी बालीको उचित वृद्धि र त्यसमा उत्पादन बढाउन विषादी प्रयोग गरिन्छ । अझ वेमौसमी तरकारी बालीको उत्पादनका कारण यसको प्रयोगमा व्यापकता आएको छ । बालीमा लाग्ने रोग किरा हटाउन पनि विषादीको प्रयोग हुने गरेको छ । विषादीको प्रयोग समस्या होइन, तर मात्रा भन्दा बढी र प्रक्रिया नपु¥याई प्रयोग गरिनु चहिँ समस्या हो । विषादी विषयमा नै विद्यावारिधी गर्नु भएका विज्ञ डिल्लीराम शर्मा नेपालमा विषादी प्रयोगको उपयुक्त ज्ञान र सीप नहुनाले विषादीको समस्या निम्तने बताउँछन् । विषादी विज्ञ शर्मा भन्छन्– ‘यहाँ उत्पादन बढाउने धुनमा मात्र विषादीको प्रयोग गरियो तर त्यसको मात्रा र प्रयोग विधिका बारे न त प्रभावकारी सूचना सम्प्रेषण भयो न त प्रयोगकर्ताले नै जान्ने कोशिस गरे ।’
नेपालमा कृषि बालीमा प्रयोग गर्नका लागि एक सय ४७ प्रकारका विषादी भित्रिने गरेका छन् । तीमध्ये १५ प्रकारका विषादीलाई नेपालमा प्रतिबन्धको सूचीमा राखिएको छ । तर, एक अध्ययन अनुसार नेपालमा साढे ६ प्रतिशत खतराजन्य प्रतिवन्धित विषादीको समेत प्रयोग भैरहेको छ । आर्थिक वर्ष २०७०–०७१ मा चार सय १० मेट्रिक टन विषादी आयात भएको थियो । आर्थिक वर्ष २०७१–०७२ मा विषादी आयात ४४ मेट्रिक टनले बढेर चार सय ५४ दशमलब ६ मेट्रिक टन पुगेको विषादी पञ्जिकरण तथा व्यवस्थापन शाखाको तथ्यांकले देखाउँछ । त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा उनन्सत्तरी करोड रुपैयाँ बराबरको ५ सय ७५ मेट्रिक टन विषादी आयात भएको छ । तथ्यांक अनुसार विषादीको आयात बढिरहेकै छ । प्रयोगका आधारमा नेपाल विश्वमा कम मात्रामा विषादी प्रयोग गर्ने मुलुकमा पर्छ । यहाँ प्रतिहेक्टर जमिनमा ३ सय ९६ ग्राममात्र विषादीको प्रयोग गरिन्छ । तर, विषादी आयातको अनुपातसँग प्रयोग र परीक्षणको नतिजा मेल खाँदैन । यता विषादी परीक्षण केन्द्र कालीमाटीमा गरिएको विषादी परीक्षणका आधारमा उपत्यकामा विषादीयुक्त तरकारीको आया

त कम हुँदैगएको साथै तरकारीमा कम विषादी प्रयोग गरिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक ढकाल बताउँछन् ।
विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा तत्काल साथै दीर्घकालीन समस्या देखापर्दछ । यसले टाउको दुख्ने, आँखा चिलाउने, छाला चिलाउने, बान्ता हुने, रिङ्गटा लाग्ने दीर्घकालीन समस्यामा क्यान्सर, मिर्गौला खराबी, प्रजनन अंगमा असर, स्नायु प्रणालीमा असर, हृदयघात, प्यारालाइसिस लगायतका प्रतिकुलता निम्त्याउँछ । तरकारीमा हुने विषादी सबैको लागि खतराजन्य भए पनि यसको अझ बढी समस्या गर्भवती महिला पर्दछ ।
विषादी प्रयोगको नियमन र नियन्त्रणका लागि सरकारी पहल नभएको भने होइन । यसका लागि नीतिगत सँगै संस्थागत व्यवस्था समेत गरिएको छ । जीवनाशक विषादि ऐन, २०४८; नियमावली, २०५० साथै जैवीक तथा वानस्पतिक विषादी उत्पादन, प्रयोग तथा अनुदान निर्देशिका, २०७४ हाल कार्यान्वयनमा छन् । विषादीयुक्त तरकारी बिक्री–वितरण रोक्न २०७१ असार ४ गते सरकारले कालीमाटी तरबारी बजारमा विषादि परीक्षण केन्द्र स्थापना भै सञ्चालनमा छ । नेपालको संविधान अनुसार, कृषिजन्य पेशा, व्यवसायको नियमन, अनुगमन, विकास लगायतका समग्र गतिविधि प्रदेश सरकारको अधिकारमा पर्ने हुनाले सातै प्रदेशमा परीक्षण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । प्रदेश नम्बर १ मा विर्तामोडमा, २ मा लालवन्दीमा, ३ मा काठमाडौं कालिमाटीमा, ४ मा पोखरामा, ५ मा बुटवलमा, ६ मा सुर्खेतमा साथै प्रदेश नम्बर ७ मा कैलालीमा केन्द्र सञ्चालनमा छन् । तर, वजार ठुलो हुुनु र परीक्षण केन्द्र सिमित मात्रामा मात्र रहनुले परीक्षणको प्रभावकारितामा विश्वस्त हुन सकिँदैन ।
विषादी प्रयोगको मात्रालाई कृषकको कमाउने दाउ र विषादि प्रयोगका विषयमा सही सूचनामा पहुँच नहुनु; नियमन, अनुगमन र नियन्त्रणप्रति राज्यको उदासिनता साथै सूचना प्रभावकारी रुपमा सम्प्रेषण गर्न नसक्नु; र उपभोक्ताको वाध्यता साथै केही हदमा आलस्यताले पनि विषको प्रयोगमा व्यापकता आएको हो । उपभोक्ताले पोषण होइन तरकारीमार्फत विष किनेर खानु परेको छ । किरा नियन्त्रणका लागि प्रयोग हुने विषादि सिधै मानव शरीरमा पुगिरहेका छन् । विना अधिकारी