बुधबार, बैशाख १२, २०८१

साल्ट ट्रेडिङले २५ तेल र उखुमा लगानी गर्ने

काठमाडौँ, २२ फागुन । कर्पाेरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ । कर्पाेरेशनको आज यहाँ सम्पन्न ५१आँै साधारणसभामा सो जानकारी दिएको हो ।
साल्ट ट्रेडिङ कर्पाेरेशनले आव २०७३÷७४ को मुनाफाबाट आफ्ना साझेदारलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
उपभोक्तालाई सर्वसुलभ रूपमा खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले आव २०७३÷७४ मा रु ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो । आव २०७२÷७३ मा कर्पाेरेशनको मुनाफा रु ६१ करोड २४ लाख रहेको थियो ।
कर्पोरेश कर्पाेरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ ।
नको साधारणसभाले आगामी वर्षदेखि तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारीसमेत दिएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २२, २०७४