मङ्लबार, चैत्र ६, २०८०

साना किसान विकास लघुवित्तमा रक्सी काण्ड छताछुल्ल (भिडियो सहित)

काठमाडौं, फागुन । ‘साना किसानको समृद्धि, समुन्नत नेपालको आधार’ नारा लिएको सना किसान विकास वैक हाल नाम परिवर्तन गरी साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. राखिएको छ । सो संस्थाको साना किसानहरुबाट उठाइएको सानो सानो रकम र केही एजेन्सीहरुबाट लिएको अनुदान कृषि विकास वैक, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल राष्ट्र वैक लगायतबाट लिएको रकम पनि किसानलाई चर्को व्याज असुल्ने काम सो वित्त संस्थाले गरेको देखिन्छ ।

साना किसानका नाम भजाउने र संस्थाका उच्च अधिकारीहरु मोटाउने काम यसले गरेको विगतका उदाहरण पनि छन् । चोह इजरायल पठाउने नाममा गरिने व्यापार होस् वा अन्य कार्यक्रमहरु नै ।
केही समय अगाडि इजरायल पठाउने नाममा गैर कानूनी ढंगले ५ करोड रकम असुलेको भन्दै तात्कालिन कृषि विकास मन्त्रालय सचिव उत्तम कुमार भट्टराईले समेत यो संस्थाले बदनाम गरेको थियो ।
हो त्यही संस्थाले फागुन २७ गते होटल एल्लो पगोडामा गरेको कार्यक्रममा रक्सीले सहभागीहरुलाई स्वागत गर्न थालेपछि यतिखेर सो भिडियो भाईरल बनेको छ । साना किसानको नाम भजाउने र कार्यक्रममा रक्सी ख्वाउने साना किसान विकास लघुवित्त वित्तिय संस्थाले रक्सीलाई कुन शीर्षकमा राखेर किसानबाट उठाएको रकमको लेखा परिक्षण गर्ने हो त्यो भने हेर्न वाँकी नै छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २७, २०७५