शुक्रबार, चैत्र १६, २०८०

सहल कीरा नेपालमा प्रवेश गरेको मन्त्रालयद्धारा पुष्टि

काठमाडौं । सलह कीरा नेपालमा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति प्रकाशन गरी सलह कीरा नेपाल प्रवेश गरेको र बारा, पर्सा, सिन्धुली, सर्लाही, रूपन्देही लगायतका जिल्लामा यसको उपस्थिति देखिएको जनाएको छ ।

मन्त्रालयले सलह कीरा लामो समयदेखि भारतका बिभिन्न स्थानमा देखिएकोले नेपालमा पनि यसको संभावित प्रबेशलाइ दृष्टिगत गरी सो को अध्ययन गरी आवश्यक तयारीका कार्य गर्न मन्त्रालयले २०७७ जेठ १३ गते प्राबिधिक कार्यदल गठन गरेको र सो कार्यदलले अध्ययन गरी आवश्यक कार्य योजना सहितको प्रतिवेदन तयार गरी प्रतिवेदन सबै सम्बद्ध निकाय सहित प्रदेश भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाइ उपलव्ध गराइएको छ समेत जनाएको छ ।

सलह कीरा रोकथान र नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहवीच पर्याप्त सम्वाद र सहकार्यमा काम भइरहेको समेत मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।

जल तथा मौसम बिज्ञान बिभागसँग निरन्तर समन्वयमा रही यस कीराको संभावित प्रबेशको सम्वन्धमा अनुगमन गरीराखिएको र नेपालमा मनसुन शुरू भैसकेको सन्दर्भमा यस कीराको प्रबेश हुने संभावना न्यून रहेको आँकलन हुदै गर्दा मौसममा खासगरी हावाको दिशा र गतीमा अचानक आएको परिवर्तनले यस कीरा साना साना झुण्डहरूमा छरिएर आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको समेत मन्त्रालयले जारी गरेको पे्रस विज्ञप्तिमा उल्लखे छ ।

यस कीराको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका बिषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तरगतका प्राबिधिकहरू परिचालित भैसकेका भन्दै मन्त्रालयले संघमा रहेको प्राबिधिक कार्यदल र सम्बन्धित निकायहरू सकृय भैसकेको समेत जनाएको छ । श्रोतका अनुसार प्राविधिक टोलीले प्रतिवेदनमा सलह कीरा नेपालमा प्रवेश नहुने प्रतिवेदन दिएको भए पनि शनिबारबाट सलह कीरा देखिएपछि प्राविधिक कार्यदलमाथि नै प्रश्न चिन्ह उठेको छ ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७