शनिबार, बैशाख ८, २०८१

सडक दुर्घटनामा कृषि पत्रकार शर्माको मृत्यु

काठमाडौं, जेठ । ललितपुरको सानेपामा स्कर्पियो गाडीले मोटरसाईकललाई ठक्कर दिंदा कृषि पत्रकार गोविन्दप्रसाद शर्माको घटनास्थलमा नै मृत्यु भएको छ । उनी चढेको मोटरसाईकल चन्द्रमणि मुडभरीले हाँकेका थिए । मुडभरीको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
करीव एक दशकदेखि कृषि पत्रकारितामा संलग्न शर्मा पछिल्लो समयमा कृषि सम्वन्धि अनलाइन टेलिभिजन किसान टिभी सञ्चालन गर्दै आएका थिए । एकीकरण अघि उनी प्रेस सेण्टर काठमाडौं जिल्लाका अध्यक्ष समेत थिए ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १९, २०७६