शुक्रबार, चैत्र १६, २०८०

शर्मा र गैरेलाई क श्रेणीको नेपाल विद्या भूषण


काठमाडौं, भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजनाका वर्तमान प्रमुख सहसचिव गोविन्द शर्मालाई अष्टे«ेलियाबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्स विषयमा विद्यावारिधी गरेकोमा क श्रेणीको नेपाल विद्या भूषणबाट विभूषित भएका छन् ।
त्यसै गरी साविकको जिल्ला कृषि विका कार्यालय नुवाकोटका वरिष्ट कृषि अधिकृत (उपसचिव कमलराज गैरेलाई पनि अष्ट्रेलियाको मेलवर्न विश्वविद्यालयबाट खाद्य सुरक्षा विषयमा विद्यावारिधी गरेकोमा क श्रेणीको नेपाल विद्या भूषणबाट विभूषित गरिएको छ ।
दुवै जनालाई गत मंगलबार राष्ट्रपति कार्यालयमा आयोजिन विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो विभूषण प्रदान गरेकी हुन् ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५