विस्तार हुँदै सिँचाइ सुविधा

Mar 9 • समाचार, सिंचाई

ललितपुर, फागुन । किसानका खेतबारीमा सिँचाइको पहुँच बढेको छ । खेतीयोग्य जमिनमा सिँचाइ हुने क्रम बढेको सिँचाइ विभागका प्रवक्ता दानरत्न शाक्यले बताउँछन् ।
किसानले परम्परागत रूपमा सञ्चालन गर्दै आएको कुलोको सुधारका साना योजना र दातृ निकायको अनुदानमा सञ्चालित ठूला आयोजनाका कारण सिँचाइ हुने जमीन बढेको हो । वर्षाको समयमा अहिले १३ लाख ५० हजार हेक्टर जमीनमा सिँचाइ पुगेको विभागको तथ्यांक छ । देशभरमा खेतीयोग्य जमीन जम्मा १७ लाख २६ हजार हेक्टर रहेको छ । उहाँ भन्नुहुन्छ, “सिँचाइमा सञ्चालित ठूला योजनाका कारण सिँचाइको क्षेत्रफल बढिरहेको छ ।”
वर्षाको तुलनामा हिउँदमा कम जमीनमा सिँचाइ हुने प्रवक्ता शाक्यले बताउँछन् । हिउँदमा पानी कम हुँदा कम क्षेत्रफलमा सिँचाइ हुने गरेको हो । हिउँदमा जम्मा खेतीयोग्य जमीनको ३५ प्रतिशतमा मात्रै सिँचाइ हुन्छ । विभागका अधिकांश जिल्लामा कार्यालय रहेको छ । दातृ निकायको सहयोगमा सञ्चालित ठूला आयोजना विभाग आफैँले समन्वय गरिरहेको छ । साना योजना र मर्मतका काम जिल्लास्थित कार्यालयले गरिरहेका छन् । उनले भने, “हामीले सिँचाइ सजिलै हुने अधिकांश खोलामा सिँचाइ शुरु गरेका छौँ ।” कतिपय खोलामा भने सिँचाइसँगै बिजुली निकाल्ने बहुउद्देश्य योजना शुरु भएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »

सूचना विभाग दर्ता नं : २६९/०७३–७४
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर काठमाडौं
सञ्चालक : हिमा पौडेल
सम्पादक : वैकुण्ठ भण्डारी
सर्वाधिकार : हब ब्रोडकास्टिङ्ग प्राालि