विषादी एवं गुणस्तरका कारण कृषि उपज निर्यात गर्न सकेनौं


प्रधुम्नराज पाण्डे
वरिष्ठ कार्यक्रम विज्ञ
सार्क कृषि केन्द्र, बंगलादेश

० फलफूल तथा तरकारी खेतीमा असल कृषि अभ्यास (न्ययम ब्नचष्अगतिगचभ उचबअतष्अभक ुन्ब्एु) कार्यशाला नेपालमा किन गरिएको हो ?
सार्क राष्ट्रहरु मध्येबाट असल कृषि अभ्यास (Good Agriculture practices ‘GAP’)का बारे विगतमा चार राष्ट्रहरु नेपाल, बंगलादेश, भुटान र माल्दिभ्सलाई छनौट गरी फलफूल र तरकारी खेती सम्वन्धि कार्यक्रमहरु सञ्चालन भएका थिए । खाद्य सुरक्षा र गुणस्तरका लागि त्यसले काम गर्ने गरी भन्ने निर्णय भयो र जिम्मा कसकसले लिने भन्ने कुरा पनि छलफल भएको थियो । तर त्यसको जिम्मेवारी कसैले पनि नलिएको अवस्था थियो । अहिले म सार्क कृषि केन्द्रमा काम गर्न थालेपछि विगतमा भएका असल कृषि अभ्यास (Good Agriculture practices ‘GAP’) का लागि भएका विगतका कार्यक्रम धेरै उपलब्धि भएपनि बहस हुन छाडेकाले त्यसलाई बहस चलाउनु पर्दछ । खाद्य गुणस्तरतको कुरालाई पनि बाहिर ल्याउनु पर्दछ उपभोक्ताहरुलाई सचेत गराउनु पर्दछ भन्ने हेतुले नेपालमा सार्क कृषि केन्द्रमा आवद्ध भएका राष्ट्रहरुसँग यस विषयमा छलफल चलाउनुका लागि नेपालमा यो कार्यक्रम गरिएको हो । यसको मूल उदेश्य भने विगतमा असल कृषि अभ्यास (Good Agriculture practices ‘GAP’) मा भएको कार्यक्रम अझ माथि उठाउनु आवश्यक छ र जसले मानव स्वास्थ्य हानी पु¥याउने बस्तुहरुको प्रयोग न्यूनिकरण गर्ने जस्तै रासायनिक विषादीको बढ्दो प्रयोग, रासायनिक मलका कारण देखिएका समस्या समाधान गर्ने भन्ने नै हो ।
० रासायनिक विषादी तथा मल प्रयोय न्यूनिकरण गर्न त्यत्ति सहज छ जस्तो लाग्छ तपाईलाई ?
असल कृषि अभ्यास (Good Agriculture practices ‘GAP’) मा ती कुराहरुलाई पनि सम्वोधन गरिएकोछ । ती विषादी वा मल प्रयोग गर्ने हो पनि निश्चित दिन अगाडि गर्नु पर्ने भन्ने तोकिएको छ । जसले मानव स्वास्थ्यमा कुनै पनि हानी नगरोस् भन्ने नै हो । शुन्य सहनशीलतालाई यसमा सम्वोधन गर्न खोजिएको हो । सार्क राष्ट्रहरुमा नै फलफूल तथा तरकारी खेतीका लागि एकै किसिमका मापदण्डहरु कार्यान्वयनमा ल्याउने हो भने विस्तारै न्यूनिकरण गर्न सकिन्छ भन्ने हो ।
० यसबाट नेपाली किसानहरुले के फाइदा लिन सक्छन् त ?
विगतमा पनि हामीले काम गरेका हौं । त्यसबेला कृषि विकास मन्त्रालयले जिम्मेवारी लिएको थियो भने गुणस्तर चेकजाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिम्मेवारी निकायका रुपमा काम गरेको थियो । यसबाट फलफूल तथा तरकारी उत्पादन गर्ने किसानहरुको फार्महरुले असल कृषि अभ्यास (Good Agriculture practices ‘GAP’) मा जान चाहन्छु भन्ने सोच राख्नु भयो भने त्यसबेला नजिकको निकाय जिल्ला कृषि विकास कार्यालय थियो अव त्यो स्थानीय निकायको कृषि शाखामा गएर निवेदन दिनु भयो भने निश्चित मापदण्ड तोकिएको छ जुन मापदण्ड सवै राष्ट्रमा फरक फरक तोकिएको छ । त्यसलाई कार्यान्वयन गरेको हुनु पर्ने भनिएको छ ।
०कस्ता खालका मापदण्डहरु छन् त असल कृषि अभ्यास (Good Agriculture practices ‘GAP’) मा ?
किसानले आफूले उत्पादन गर्ने खेतीमा सिंचाईको व्यवस्था कस्तो छ ? कस्तो खालको पानी प्रयोग गर्नु भएको छ मल कस्तो प्रयोग गर्नु हुन्छ कृषि उत्पादनका लागि आवश्यक सवै कुराहरु हेर्ने गरिएको छ । त्यसपश्चात उहाँहरुको कुनै मापदण्ड नपुगेको भए कुन कुन आधारहरु पुगेन् भनेर उहाँलाई जानकारी गराईन्छ ।
० मापदण्ड बन्छ तर कार्यान्वयन हुँदैन भन्ने गुनासो पनि छ नि ?
हो त्यही कार्यान्वयन र दिगोपनाका लागि नै भनेर नै अहिले हामी जुटिरहेका छौं । सार्क कृषिका लागि मुख्य जिम्मेवार संस्था वा एजेन्सी भनेको नै सार्क कृषि केन्द्र हो । अव सार्क कृषि केन्द्रले नै नेतृत्वदायी भूमिका निर्वाह गरी सञ्जाल निर्माण गर्दछौं । र विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा प्रशिक्षण सञ्चालन गर्ने र प्रत्येक देशमा भएको समस्या समाधान गर्नका लागि पहल गर्ने हो ।
० त्यसो भए अहिले नेपालको समस्या के र समाधान उपाय कसरी हुन्छ ?
नेपालको मुख्य समस्या भनेको अन्धाधुन्धसँग विषादी प्रयोग गर्नु हो । यो नेपालमा मात्र होइन अन्य देशमा पनि छ । म अहिले बंगलादेशमा छु त्यहाँ पनि त्यस्तै छ । कतिपयले नजानेर कतिपयले जानेरै प्रयोग गरेको पनि देखिन्छ । विगतमा विषादी प्रयोग गर्न त कृषि विज्ञहरुले नै सिकाएको अवस्था हो । तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुराको ख्याल गर्न छोडियो । त्यसकारण नेपालमा उत्पादन भएका कृषि उपजलाई नेपाल ग्याप (Nepal Good Agriculture practices ‘GAP’ भनियो भने विदेशमा निर्यात गर्न सकिन्छ । अहिले हामीले निर्यात गर्न सक्दैनौं किनकी त्यसमा विषादी प्रयोग छ वा गुणस्तरीय जाँच गरिएको प्रमाणपत्र छैन । प्रांगारिक प्रमाण पनि हामीले दिन सकेका छैनौं । यो भनेको पुरै अग्र्यानिक होइन तर सुरक्षित किसिमले कृषि उत्पादन गर्ने हो । त्यसो भए भने किसानहरुले अन्तर्राष्ट्रिय बजारसम्म विक्री गर्न सक्ने अवस्था रहन्छ । उपभोक्ताहरुका स्वास्थ्य किसान आफ्नै स्वास्थ्यमा पनि असर गर्दैन ।
० नेपाली बजारमा अग्र्यानिक भने विक्री भईरहेको छ नि त्यो चाहि के हो ?
त्यो सवै विश्वासको आधारमा विक्री वितरण गरिएको हो । बैज्ञानिक रुपमा अहिले त्यस्तो प्रमाण छैन । अनौपचारिक रुपमा व्यवसायीहरुले विक्री गर्न सक्नु भयो तर औपचारिक रुपमा प्रमाणपत्र चाहियो नि त्यो औपचारिक प्रमाणपत्र यसले दिने काम गर्दछ । –वैकुण्ठ भण्डारी