बिहिबार, चैत्र १५, २०८०

विशेष कृषि ऋण उपलब्ध गराउने छु : कृषि मन्त्री यादव

काठमाडौ,  मंसिर । रामकृष्ण यादव, नेपाली काग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि धनुषाबाट उम्मेदवार बनेका छन् । मतदातासँग मत माग्दै उनी भन्छन्, नेपाली कृषि क्षेत्र विस्तारै व्यवसायिक बन्दै गईरहेको छ ।ramkrishin yadav aa हामीले परम्परागत रुपमा गर्दै आईरहेको कृषि खेती प्रणालीलाई आधुनिकीकरण तर्फ लैजाने अभियानमा छौ । आफू कृषि मन्त्री भएपछि कृषि क्षेत्रमा देखिएका विकृति विसंगति हटाउने अभियानमा जुटेको उनले बताए । कृषि मन्त्रीका रुपमा छोटो समयमा लागि अहिले जे जति काम गरे किसानका हितमा नै गरेको छु । त्यसकारण मैले मतदातालाई दिने आवश्वासन पनि त्यही नै हुने छ । विशेष गरी किसान दाजुभाई तथा दिदीबहिनीहरुमा म के जोड दिन चाहन्छु भने उत्पादनमा बृद्धि गर्नका लागि आधुनिकीकरणमा जानु अनिवार्य छ उनको भनाई रहेको थियो । उत्पादन लागत मूल्य घटाएर कसरी घटाउने सकिन्छ र किसानले कसरी फाइदा लिन सक्छ भन्ने मेरो अभियान हो । यत्तिमात्र होइन किसानलाई कृषि उत्पादन गर्नका र कृषि व्यवसायिकरण गर्नका लागि विशेष कृषि ऋणको व्यवस्था गर्न म प्रतिवद्ध रुपमा लागेको छु । त्यस्तै उन्नत बीउमल तथा सिंचाई सुविधा किसानमा पु¥याउने काम मैले गर्ने छु ।

प्रकाशित मिति: सोमवार, मंसिर १८, २०७४