शुक्रबार, चैत्र १६, २०८०

विदेश भ्रमण गराए पश्चात मात्र सप्लायर्सलाई भुक्तानी

काठमाडौं, बैशाख । पछिल्लो समयमा विवादमा पर्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भित्र धेरै कर्तुतहरु बाहिर आएका छन् । नार्क भित्र पछिल्ला समयमा विभिन्न काण्डहरु मच्चिरहेका छन् । चाहे त्यो भ्रष्टाचार होस् वा महिला कर्मचारीमाथि गरिएको यौनदूव्र्यवहारका घटनाले पनि नार्क बदनाम हुँदै गएको छ । कति सार्वजनि भए कति सार्वजनिक हुन वाँकी नै छ । नेपालको कृषि क्षेत्रको विकासका लागि अनुसन्धानको काम गर्ने अनुसन्धान परिषद्का वैज्ञानिकहरु कतिसम्म आफ्नो उचाई घटाउँदै छन् भन्ने कुराको पुष्टि गरिदिएको छ सामान सप्लायर्ससँग गरिएको सम्झौताको बुँदाले ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले सामान खरिद गर्दा गरिएको सम्झौता पत्रको एउटा बुँदामा वैदेशिक तालिम तथा भ्रमण गराए पश्चात मात्र सप्लायर्सलाई भुक्तानी दिने गरी सम्झौता गरिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद्ले सिड प्रोसेसिङ्ग प्लाण्टको सप्लायर्ससँग गरिएको सम्झौतामा वैदशिक भ्रमणको बुँदा नै राखेर गैरकानूनी काम गरेको छ । मानव स्वास्थ्यका लागि आवश्यक औषधीका सामान आयात गर्ने काम गरिरहेको सिन्धु सर्जिकल कन्र्सनलाई २ करोड ७० लाखको प्लाण्ट खरिद गर्न गरिएको सम्झौतामा आर्थिक अनियमितता त छँदैछ विदेश भ्रमण लानै पर्ने वाध्यात्मक व्यवस्था पनि गरिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् बीउ विज्ञान प्रविधि महाशाखाका प्रमुख प्रमुख ताराबहादुर घिमिरेको सेटिङ्गमा सो मानव स्वास्थ्यका लागि आवश्यक पर्ने मेसिनरी सामान आयातकर्ता रहेको सिन्धु सर्जिकललाई कृषि औजार ल्याउनका लागि सम्झौता गरिएको देखिन्छ । अहिले फेरि ६ वटा प्याकेजिङ्ग मेसिन ल्याउने भन्दै घिमिरेकै डिजाईनमा भित्रि सेटिङ्गमा ४ करोड मूल्यको मेसिन ल्याउनका तयारी गरिएको छ । सो विषयमा जानकारी लिने प्रयास गर्दा नेपाल कृषि अनुसन्धान परिषद्का सूचना अधिकारी बाबुराम पौडेलसँग सम्पर्क खोज्दा उनी कार्यालयमा भएको काण्डका कारण तनाव मुक्त गर्न भन्दै अष्ट्रेलिया भ्रमणमा गएको नेपाल कृषि अनुसन्धान परिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख २५, २०७६