विचौलिया भएन भने कृषि उत्पादन बजारमा पुग्दैन


लक्ष्मणप्रसाद पौडेल
कार्यक्रम निर्देशक
कृषि ब्यबसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय

० कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयले कसरी काम गरी रहेको छ किसानको लागि ?
यो निर्देशनालय कृषि विभाग अन्तर्गतका १२ वटा निर्देशनालय मध्येको एक हो । यो निर्देशनालय अन्तर्गत पनि तीन वटा राष्ट्रिय कार्यक्रम पनि रहेका छन् । यसमा कृषि बस्तु निर्यात कार्यक्रम र कृषि बस्तु प्रवद्र्धन कार्यक्रम र बजार अनुसन्धान तथा तथ्याक ब्यवस्थापन शाखा रहेका छन । यस निर्देशनालयले क्षमता बृद्धि कृषि बजारको लागि किसानहरुको र कृषि व्यवसायीहरुको तथा त्यसमा संलग्न कर्मचारीहरुको क्षमता बृद्धि गर्ने काम गरिरहेको छ । र कृषि बजार पूर्वाधार विकास सम्वन्धि काम पनि यस निर्देशनालयको पर्ने भएकाले तथ्यांक ब्यवस्थापन कार्य र कृषि निर्यात योग्य बस्तुलाई विदेशमा निर्यात गर्नको लागि प्राँगारिक प्रमाणिकरण गर्न लाग्ने शुल्कमा अनुदान दिने पनि गर्दछ । विशेष गरी विदेशमा निर्यात गर्ने अलैची, अदुवा जस्ता बाली निर्यातमुखि भएकाले पूवार्धार व्यवस्थापन अनुदान दिने काम गर्दै आईरहेका छौं । देशभरिका र सबै किसिमका बजारहरु जस्तै हाटबजार, संकलन केन्द्रहरु र ठूला गरेर जम्मा १७ सयको हाराहारीमा कृषि बजारहरु सञ्चालन भईरहेका छन् ।

० यहाले भन्नु भयो अहिले नेपालमा १७ सयको हारहारीमा कृषि बजार रहेका छन् तर किसानले वर्षौदेखि बजारको समस्या झेल्दै आएका छन् नि किन ?
बजार व्यवस्थापन भनेको निकै चुनौती रहेको छ । तराईमा धेरै जसो बजार परम्परागत रुपमा नै हाट बजारका रुपमा सञ्चालन भईरहेका छन् । त्यस्ता बजार साप्ताहिक रुपमा कतै हप्ताको एक दिन कतै दुई दिन लाग्ने गरेको पनि छ । त्यस्तै हाटबजार भएको ठाउँमा हामीले संकलन केन्द्रहरु स्थापना पनि गरेका छौं । त्यही संकलन गर्ने सहकारी बजारहरु पनि रहेका छन् । तर पनि किसानहरुको गुनासो बजार समस्या रहेको छ । किसानले बजार मूल्य नपाएको पनि छ । त्यसैपनि हामीले सहकारीमा आधारित बजार गठन गरेर त्यसलाई नै सहयोग गर्ने काम पनि गरेका छौं । पहाडि जिल्लामा सदरमुकाममा मात्र बजार छन् भने तराईका जिल्लाहरुमा बजार धेरै छन् । त्यही समस्या समाधान गर्नका लागि हामीले विगतदेखि नै संकलन केन्द्र र बजार निर्माण र विस्तार गर्दै आईरहेको छौं ।
० त्यसो भए बजार प्रशस्त छ ?
हो, बजार प्रशस्त छन् तर त्यसको व्यवस्थापन सहि किमिसले हुन सकिरहेको छैन । २०५२/२०५३ सालदेखि नै सरकारले सानो बजारको पूर्वाधार विकास आयोजना नै सञ्चालन गरेको थियो । कृषि विकास अन्तर्गत नै सरकारले करीव २० वटा बजार सञ्चालन गरिररहेको छ । कतिपय स्थानमा किसानहरुले नै आग्रह गरे अनुसार बजार निर्माण भए तर बजार सञ्चालन भएका पनि छन् ।
० तपाई बजार प्रशस्त छ भन्नु हुन्छ, किसानले उत्पादन गरेको कृषि बस्तु बेच्न पाएन भन्छन् के हो त कुरा ?
किसानले के भन्नु हुन्छ भने बजार नजिक भएन भन्नु हुन्छ । किसानहरुले उत्पादन गरेको बस्तु संकलन हुँदै विक्री भएन भने त्यसलाई बजारसम्म पु¥याउने पहल नै नगरेको अवस्था पनि छ । कतिपय किसानले आफ्नो च्यानल मार्फत नै कृषि उपज विक्री वितरण गरिरहनु भएको छ । बजार नै छैन भन्नु ठिक होइन । किसानहरुलाई समस्या छ त्यो सरकारले पनि महशुस गरेको छ । त्यसकारण पनि हामीले बजारमुखि उत्पादन गर्नु पर्दछ भन्दै आईरहेका छौं । निर्देशनालय मात्र होइन कृषि विकास कार्यालयहरुले पनि कतिपय कार्यक्रमहरु किसानकै लागि गरिरहेको पनि छ । तर सोचे अनुरुप हुन नसकेको हुन्छ । गत बर्ष कुनै कृषि बस्तुको मूल्य पाएको छ भने यो वर्ष ह्वात्तै उत्पादन बढाएर मूल्य पाउने अवस्था छैन । बजारको माग अनुरुप किसानले उत्पादन गर्न सक्नु पर्दछ । किसानले आफैले बजार खोज्न नसक्ने भएकाले पनि बजारमुखि उत्पादन गर्न सक्ने हो भने बजारको समस्या हुँदै हुँदैन ।
० तर कृषि बजार त विचौलियाको नियन्त्रणमा छ भन्छन् ?
त्यो स्वभाविक हो विचौलिया भएन भने किसानको खेतमा उत्पादन भएको कुनै पनि बस्तु बजारमा आइपुग्नै सक्दैन । किनकी किसान आफैले बजार लैजान सक्दैन त्यसकारण पनि विचौलिया आवश्यक छ । यदि विचौलियालाई ठप्प पार्ने हो भने कृषि उत्पादनदेखि बजारीकरणसम्म सहकारीका माध्यमबाट गर्ने हो भने यो समस्या हट्छ । वास्तवमा गर्नु पर्ने पनि त्यही नै हो । त्यसका लागि कृषि क्षेत्रमा लागेका सवैले हातेमालो गर्नु आवश्यक छ अन्यथा विचौलिया विना कृषि उपज बजार पु¥याउँछु भन्नु वेकार नै हुन्छ ।
०अन्त्यमा उत्पादनका लागेका किसानलाई के भन्नु हुन्छ ?
किसान दाजुभाई तथा दिदीबहिनीहरुले व्यवसायिक खेती गरौ । बजारमा मागेको वस्तु मात्रै उत्पादन गरौ यसो गर्नाले किसानहरुले वस्तुको उचित मुल्य पाउनु हुन्छ । किसानहरु एउटा वस्तुको मुल्य भएन भने विकल्प सहित उपभोक्ताहरुको माग अनुरुप कृषि उत्पादन गर्ने हो भने नत बजारको समस्या हुन्छ न त मूल्य कै । त्यसकारण उपभोक्तामुखि कृषि व्यवसाय गर्न आग्रह गर्दछु । – धिरेन्द्र बस्नेत