वाँके जिल्लाका किसानहरुका लागि सुझाव

वाँके जिल्लाका किसानहरुका लागि २०७२ भाद्र २५ गतेदेखि एक साताका लागि मौसम विवरण सहित तपशील बमोजिमको सुझाव दिइएको छ ।

किसानहरुका लागि कृषि सल्लाह

10th agromet_bulletin

क) मौसम विश्लेषण :
० आगामी हप्ता सामान्य रुपमा बदली हुने र हल्का बर्षाको सम्भावना रहेको छ ।आईतबार अपरान्ह वा सोमबारदेखि क्षणिक हल्का बर्षाको पूर्वानुमान गरिएको छ । साथै सापेक्षित आद्र्रता औषतमा ७०५ भन्दा माथि रहने तथा तापक्रम यस हप्ता कै जस्तै रहने सम्भावना रहेको छ ।
ख) बाली नाली :
१. धान बाली :
० धान खेतमा पात वेरुवा कीराको प्रकोप २५–३०% सम्म देखिएमा विषादीको प्रयोग नगर्नुहोला । (धान खेतमा भएका मित्र जीव कीराहरु नष्ट हुने भएकाले) तर, ३०% भन्दा बढी क्षति देखिएमा मात्र अल्फा म्याथ्रिन १०% इ.सी, १.५एम.एल प्रति लिटर पानीमा मिसाएर २० लिटर प्रति कठ्ठाको दरमा धानको पात भिज्ने गरी छर्ने ।
० धानको उन्नत जातमा सिफारिस गरिएको मलको मात्रा प्रयोग गर्नाले रोग, कीराको प्रकोपबाट बच्न सकिन्छ ।
० धान खेतमा गुवो मर्ने समस्याबाट बच्न कृषकहरुले समय समयमा खेतको निरिक्षण गर्न उपयुक्त हुन्छ ।
० धान रोपेको ३ हप्ता भैसकेको खेतमा कृषकहरुले गोडमेल गरेपछि मात्र सिंचित क्षेत्रमा ४ केजी ३५० ग्राम प्रति कठ्ठाका दरले र असिंचित क्षेत्रमा ३ केजी ६५० ग्राम प्रति कठ्ठाका दरले युरिया टपडे«स गर्न उपयुक्त हुन्छ ।
० धान खेतमा ५ देखि १० से.मीसम्म पानी जमाई राख्नु उपयुक्त हुन्छ ।
मरुवा रोग (ब्लाष्ट)
० यो रोग धानको गाज लाग्ने अवस्थामा पातमा लाग्ने रोग हो । पातको दुवै छेउतिर चुच्चिएका अण्डाकार खैरा थोप्लाहरु देखिनु यसका लक्षण हो । यी थोप्लाको वीचमा सेतो विन्दु हुन्छ र विस्तारै बढ्दै गई पातहरु डढ्दै जान्छ ।
व्यवस्थापन : बीम वा अन्य कुनै ट्राइसाक्ल्याजोल युक्त विषादी १ ग्राम प्रति लिटर पानीमा मिलाई छर्ने वा कासु वी २ एम.एल प्रति लिटर पानीमा मिसाई ७ देखि १० दिनको अन्तरालमा २ पटक छर्ने ।
खैरा रोग : यो रोग कुनै खा जीवाणुबाट हुने नभई जस्ता (जिंक) नामक खनिज तत्वको कमीले गर्दा हुन्छ ।
लक्षण : धान रोपेको १०–१५ दिन पछि नै देखा पर्दछ । शुरुमा बोटको तल्लो अर्थात पुरानो पात पहेंलो भई पातको नशाको वीचमा बढी पहेंलोपन देखिन्छ । यसमा पहेंलोपन बढी हुनुको साथै पातमा खैरो रंगको अति साना साना थोप्लाहरुको धब्बा विकास भई पात पुरै बदामी खैरो रंगको हुन जान्छ । यस्ता विरुवाको बृद्धि अति कम हुन्छ, बोट होचो हुन्छ, गाज कम लाग्छ र पुरै बोट मरेर जान पनि सक्छ ।
रोकथाम : खेतमा पानी निकासको राम्रो प्रवन्ध मिलाउने । लगाई सकेको धान बालीमा यो रोग देखा परेमा १७० ग्राम जिंक सल्फेट र ८५ ग्राम चून प्रति ३२ लिटर पानीमा मिलाई प्रति कठ्ठाका दरले आवश्यकता हेरी २–३ पटक १०–१२ दिनको फरकमा छर्ने वा बजारमा पाइने जिंक तत्व भएको बजारमा पाइने सुक्ष्म मलखादको प्रयोग गर्ने ।
डढुवा रोग (ब्याक्टेरियल व्लाइट)
लक्षण : अक्सर पातको किनाराबाट पानीले भिजेको जस्तो लामो नागबेली धर्साहरु देखिन्छन् । पछि गएर यो भाग पराले रंगमा परिणत हुन्छ । रोगी पातलाई काटेर पानीमा भरेको सिसाको ग्लास वा टेष्ट ट्यूवमा नचलाई राखेमा काटिएको भागबाट किटाणु पानीमा झरेको प्रष्ट देखिन्छ । धान रोपेको २–५ हप्ता पछि बोट ओइलाउछ । रोगको किटाणु बोटको पुरै भागमा फैलिन्छ र गा“ज ओइलाई मर्न थाल्छ । यसलाई केसेक भनिन्छ । रोग ग्रस्त बोटको डाठलाई काटी निचोर्दा हल्का पहेंलो रंगको द्रव्य निस्कन्छ ।
रोगको व्यवस्थापन ःबोटलाई सकभर घाउचोट लाग्नबाट बचाउने र धानको टुप्पा काट्ने चलनलाई हटाउने जसले गर्दा रोगका किटाणु सजिलैस“ग बोट भित्र फस्न सक्दैन । एग्रीमासीन १००.२ ग्राम प्रति ३ लिटर पानीका दरले मिसाई छर्ने । गाईको ताजा गोवर ५० ग्राम पनि लिटर पानीका दरले घोल बनाई त्यसलाई छानेर छर्दा यो रोग केहीहदसम्म नियन्त्रण हुन्छ ।
खैरो थोप्ले (ब्राउन लिफ स्पट)
लक्षण : नदि किनार वा पानी जम्ने ठाउ“मा जहा“ धान लगाइएको धानको पातमा तिलको दाना आकारका अण्डाकार खैरा थोप्लाहरु निस्कन्छन् । थोप्लाको केन्द्र भाग खरानी रंगको हुन्छ ।
रोगको व्यवस्थापन : यो रोग खासगरी मलजल नपुगेको अवस्थामा लाग्ने हुँदा उचित मात्रामा मलको प्रयोग गर्ने । डाईथेन एम् ४५ (मेन्कोजेव) ३ ग्राम प्रति लिटर पानीमा मिलाई छर्ने । एक कठ्ठा जग्गाको लागि १८–२० लिटर पानीको आवश्यक पर्दछ । मौसम राम्रो भएको समयमा छर्न उपयुक्त हुन्छ ।
पातको फेद डढुवा (सीथ ब्लाईट) रोग
लक्षण : धान रोपाई गरेको ३ हप्तापछि यस रोगको लक्षण देखा पर्न सक्छ । राम्रोसम्ग गाजिएको धानको गाजलाई हातले उज्यालो तर्फ पल्टाएर÷ढल्काएर राम्रोस“ग धानको फेददेखि माथिसम्म हेरेमा पातको फेदमा अण्डाकार खैरो खैरो हरियो रंगका थोप्लाहरु देखिन्छन् । पछि यी थोप्लाहरुको आकारमा बृद्धि हुन्छ प्रकोप बढी भएमा यी थोप्लाहरु पातमा समेत पुग्छन् र पुरा पातमा फैलिन्छ । फलस्वरुप पुरै बोट डढेको जस्तो देखिन्छ ।
रोगको व्यवस्थापन ः रोगको प्रकोप बढेमा भ्यालिडामाइसिस २ एम.एल प्रति लिटर पानीको दरले सफा मौसम भएको समयमा छर्नु उपयुक्त हुन्छ । नाइट्रोजन मल मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास मल प्रयोग गर्दा उपयुक्त हुन्छ ।
२. मकै वाली :
० बर्षातको समय भएकोले पानी निकासको राम्रो व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
० मकैको बोट ४० ५० से.मी वा घुँडाको उचाईसम्म अग्लो भए पछि गोडमेल गरी युरिया ३ केजी ७ सय ग्राम प्रति कठ्ठाको दरले टपड्रेस गर्नु उपयुक्त हुन्छ ।
३. अरहर÷ बदाम(मुम्फली/भटमास :
० अरहर, बदाम र भटमास लगाईएको जग्गामा पानी निकासको व्यवस्था गर्नु होला ।
० अरहर, बदाम र भटमास लगाईएको जग्गामा गोडमेल गरी उकेरा लगाउन उपयुक्त हुन्छ ।
भटमासमा लाग्ने झुसिलकिरा :
यो किराले भटमासको पूर्ण विकसित नयाँ पातको तल्लो पट्टि हल्का हरियो रंगको गोलाकार फूलहरु थुप्रो थुप्रोमा पार्दछ । यसबाट निस्कने लार्भाहरुको शरीर रातो र कालो झुसले भरिएको हुन्छ । शुरुको अवस्थामा एकै ठाउ“मा समुह बनाई पातको हरियो भाग खान्छ र ठूलो भएपछि लार्भाहरु यत्रतत्र छरिएर खान थाल्छ ।
किराको व्यवस्थापन : झुसिल किराका फुल तथा लार्भाहरु भएका पातहरु टिपेर मट्टितेल पानीमा डुबाउनु उपयुक्त हुन्छ । यसको प्रकोप बढी देखिएमा मात्र म्याथ्रिन १०% इ.सी. १.५ एम.एल.प्रति लिटर पानीमा मिसाएर २० लिटरप्रति कठ्ठाको दरले पात भिज्ने गरी छर्नु उपयुक्त हुन्छ ।
बदामको टिक्का(थोप्ले) रोग : बदाम रोपेको डेढ दुई महिनापछि यो जीवाणुको आक्रमणबाट पातमा गोला, लाम्चिला आकारमा खैरा थोप्लाहरु देखिन्छन् । यी थोप्लाहरु पात, डा“ठ लगायत पुरै बोटमा सर्दै जान्छन् र अन्त्यमा पुरै बोटलाई नष्ट पार्दछन् ।
रोगको व्यवस्थापन : हेक्जाकोनाजोल २ मि.लिप्रति लिटर पानीमा मिलाई ७–१० दिनको फरकमा २–३ पटक मौसम राम्रो भएको बेलामा छर्नु पर्दछ । अथवा, कारवेण्डाजिम १ ग्राम र मेन्कोजेव २ ग्राम प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा २–३ पटक छर्नु पर्दछ ।
४. फलफूल बाली
० केरा लगायत अन्य फलफूलहरु जस्तै ः आ“प, लिची, अनार, अंगुर, केरा, भुइ“कटहर, आदिमा पानी जम्न नदिन पानी निकासको व्यवस्था गर्नुहोला ।
० केरा खेती गर्नु भएका कृषकहरुले केराको घरीमा प्रशस्थ कोथाहरु आउने भएकोले माउबोटसँग २ वटा कोथा मात्र रहने गरी वाँकी कोथाहरु हटाउनु पर्दछ । कोथा हटाउन केराको घरीको फेदैदेखि उखेल्नु पर्दछ ।
० जीवाणुको संक्रममणबाट कागतीको पात, डाठ र फलको बाहिरी भागमा साना साना सेता थोप्लाहरुको आकार बढ्दै गई खैरो रंगका खटिरा जस्ता थोप्लाहरु देखिन्छन् । यस्तो संक्रमणलाई क्यांकर भनिन्छ । कागती बगैंचामा क्यांकर रोगको व्यवस्थापनको लागि जीवाणुको संक्रमणबाट ग्रस्त सवै हाँगा, पातहरु हटाई मट्टितेलको प्रयोग गरी जलाई दिने गर्नुपर्दछ । वा“की बोटलाई कपर आक्सिक्लोराई ३ ग्राम र कासु वी (कासुगामाइसिन) १ ग्राम विषादी १० लि. पानीमा मिसाई १५ दिनको फरकमा छर्नु उपयुक्त हुन्छ ।
५. तरकारी बालीहरु :
० काउली, बन्दा जस्ता तरकारी बालीहरुको अगौटे जातहरुको नर्सरी राख्ने उपयुक्त समय यही नै हो ।
० काउली, बन्दा जस्ता तरकारीका मुख्य मौसमका जातहरुको नर्सरी राख्ने उपयुक्त समय हो ।
० ब्याड राख्ने जग्गाको माटोको उपचार गर्नु परेमा बेभिष्टिन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३–४ दिन अगाडि छर्कदा उपयुक्त हुन्छ ।
० नर्सरी राख्दा १ वित्ता (१५–२०) अग्लो ब्याड बनाई ४ अंगुलको फरकमा लाईन कोरेर पातलो बीउ राख्ने र हल्का माटोले पुरेपछि छाप्रो राख्ने ।
० भिण्डी (रामतोरिया)मा भाइरस रोग सेतो झिंगाले सार्ने भएकाले सो को व्यवस्थापनको लागि एसिटामिप्रिड (इक्का) २०% एस.सी ०.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्कने ।
० रामतोरियामा भाईरस रोग लागेको भएमा भिर्कोन एच झोल ०.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्कने ।
० भण्टाको डा“ठ तथा फलको गवारो व्यवस्थापनको लागि गवारोको कारण ओइलिएको मुण्टा, पात तथा फल टिपी करीव १ फुट गहिरो खाडलमा पुर्ने वा जलाउने । क्योरानट्रानिलिप्रोल (कोराजेन) १८.५ इ.सि. ०.२ मिलि प्रति लिटर पानीमा मिसाई छर्ने ।
० नर्सरी व्याडमा बेर्ना उम्रिन थालेको भए छाप्रो हटाउनु होला । यो अवस्थामा फेद काट्ने किरा र बेर्ना कुहिने रोग लाग्न सक्ने भएकोले नर्सरी व्याडको नियमित निरिक्षण गर्नु होला । फेद काट्ने किरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरोपाईरीफोस १६%को ०.५ मि.लि. र कार्बोनडाइजिम (बेभिष्टिन) ५०% डब्लु पि.को १ ग्राम प्रति लिटर पानीमा घोली स्प्रेयरबाट नर्सरी व्याड भिज्ने गरी छुर्नहोला ।
० खुर्सानीको फल लागि सकेको अवस्थामा पात तथा फलमा लाग्ने थोप्ले रोग (सर्कास्पोरा र एन्थ्राक्नोज रोग) लाग्न सक्ने हुनाले बेभिष्टिभ ५०% डब्लु पि. को २ ग्राम प्रति लिटर पानीमा घोली पात तथा फल भिज्ने गरी छर्ने ।
० अत्यधिक तापक्रमका कारण खुर्सानीमा फल झर्न सक्ने हुनाले स्प्रिङकल वा हजारीले पानी दिने र तल तलका पात चुड्ने ।
ओइलाउने रोग ः गोलभेंडा, खुर्सानी, भन्टा बालीमा २४ घण्टाभन्दा बढी समयसम्म पानी जम्न गएमा बोटहरु ओइलाउने भएकोले पानीको राम्रो निकास गर्नु पर्दछ । गोलभेंडा खेतीगर्ने कृषकले ओइलाउने रोग अवरोधक जात लगाउनु उपयुक्त हुन्छ ।
प्याजको सेट ः बर्षातको समय भएको कारण १ मिटर चौडाई, १५–२० से.मी. उचाई र लम्वाई आफूलाई चाहिए अनुसारको नर्सरी
ब्याड बनाउनु पर्दछ । उक्त सेटको लागि प्याजको जात नासिक ५३ वा
नासिक रेड ४ अंगुलको फरकमा १ इन्च जति गहिरो लाईन कोरी ४५–५० ग्राम मिटरमा वाक्लो गरी छर्नु पर्दछ र फुक्का माटोले हल्का पुरी दिनु पर्दछ । बर्षातको समय भएकोले प्लाष्टिकको गुमोज पनि बनाउनु पर्दछ ।
अन्य :
० पानी परिरहने तथा सापेक्षित आद्र्रता पनि बढि नै रहने सम्भावना भएकोले घरमा भण्डारण गरिएको खाद्यान्न तथा बीउहरुलाई किराबाट बचाउन समय समयसमयमा हेरचाह गर्नु पर्ने हुन्छ ।
० खेतबालीमा देखिने सवै किराहरु हानिकारक हुँदैनन् । तसर्थ कीरा देखिने वित्तिकै विषादीको प्रयोग नगरौं । मित्रजीव कीराहरु जस्तै माकुरा,गाईने कीरा, सात थोप्ले खपटे कीरा, बारुला, नमस्ते किरा(प्रेइङ्ग मेन्टीड) देखिएमा तिनीहरुको संरक्षण र संवद्र्धन गरौं ।
० मौरीलाई बर्षामा चरन कम हुने भएकोले मौरी घारमा अवलोकन गरी चाकामा खानेकुराको कमी छ भने चिनी चास्नी दिनु पर्दछ । चिनी चास्नीको मात्रा १०० एम.एल पानीमा १०० ग्राम चिनी मिसाई उमाल्ने र उक्त झोललाई चिसो बनाएर खुवाउनु होला ।
० मौरीको घार राखेको सवै खुट्टाहरुमा कचौरा÷प्लाष्टिकको बट्टामा पानी राख्नु होला ।
० मौरी घारमा रोग, सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नु होला ।
ग) बाली संरक्षण ः
१. फल कुहाउने औंसा :
० काक्रा, फर्सी, करेला समूहका बालीमा औंसा देखिएमा कपासमा १–२ थोपा क्यु ल्युर,१–२ मिथाईल युनिजोल र मालाथिन इ.सी १ लिटर पानीमा मिसाएर बनाएको झोलको १–२ थोपा मिसाई जमिनदेखि करीव ३ फिट उचाईमा पासो बनाएर खेत बारीमा राख्ने ।
० मालाथियन ५० इ.सी २ एम.एल. प्रति लिटर र २ ग्राम चिनी (भेली) पानीमा मिसाएर खेत बारीको चारकुनामा छर्ने ।
२. लाही (एफीड) :
० १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाई रातभरी राखेर लाही लागेको ठाउँमा भिज्ने गरी भोलीपल्ट छर्कने ।
० मालाथियन ५० इ.सी., २ मि.लि. प्रति लिटरको दरले पानीमा मिसाई लाही लागेको ठाउँमा भिज्ने गरी अनुकूल मैसममा छर्कनु उपयुक्त हुन्छ ।
० नयाँ पालुवामा लाही, लिफ माईनर, सुलसुले लाग्ने भएमा सवई वा एट्सो तेल १५ मि.लि. प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा छर्नु उपयुक्त हुन्छ ।
विषादीको प्रयोग गर्दा ध्यान दिनु पर्ने मुख्य कुराहरु ।
० सकेसम्म कम हानिकारक हरियो ( ) र हानिकारक निलो () लेवल भएको विषादी प्रयोग गर्नु उपयुक्त हुन्छ ।
० विषादीको डब्बामा उत्पादन र एक्सपाइरी मिति हेर्नु पर्दछ ।
० सुरक्षित ठाउ“मा विषादी राख्नु उपयुक्त हुन्छ ।
० सिफारिस गरिए अनुसारको मात्रा प्रयोग गर्नु पर्दछ ।
० विषादी छर्कने बेलामा मुखमा माक्स, हातमा पञ्जा, खुट्टामा जुत्ता वा शरीरको नाङ्गो भाग कपडाले छोप्नु उपयुक्त हुन्छ ।
० कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला विषादी छर्नु हु“दैन ।
० विषादी प्रयोग गरिसकेपछि खाली बट्टा वा सिसी बटुलेर खाल्डोमा पुर्नु पर्दछ र प्रयोग गरेर उपकरणहरु धोएर राख्नु पर्दछ ।
० विषादी छरी सकेपछि सकेसम्म आफ्नो शरीर सावुन पानीले नुहाउनु पर्दछ ।
० विषादी छर्कदा टाउको दुख्ने वा वाक वाक लाग्ने जस्तो हुन थाल्यो भने तुरुन्त काम छाडेर खुल्ला हावामा केही बेर बस्नु पर्दछ । यदि विष लागेको शंका लागेमा नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा जचाउनु पर्दछ ।
० विषादीको किसिम हेरेर बिषादी छरेको खेत जग्गाबाट ३ देखि १५ दिनसम्म कुनै पनि खान योग्य बालीहरु उपभोग गर्न हुँदैन । साथै गाईबस्तु, कुखुरा आदिलाई पनि खुवाउन हुँदैन ।
घ) पशुपालन :
० भारी बर्षाले गर्दा हुने बाढीमा मुसाको मुत्रबाट सर्ने लेप्टोस्पाइरोसिस नामक जुनोटिक रोगको प्रकोप बढी हुने भएकाले धान÷खेतबारीमा खाली खुट्टा जानु उपयुक्त हु“दैन । र बुट लगाउन पर्दछ ।
० तापक्रम र सापेक्षित आद्र्रता बढी भएकाले कुखुरा र गाईभैसीको गोठमा पंखा तथा कुलरको व्यवस्था गर्नु उपयुक्त हुन्छ ।
० गाई गोरुमा साउने रोग प्रकोप हुन नदिन लामखुट्टे र भुसुनाको टोकाईबाट बचाई राख्न झ्याल ढोकामा तार जालीको व्यवस्था गर्नुपर्दछ । लामखुट्टे र भुसुनाको चहल पहल कम हुने बखत (विहान) चराउन लैजानु पर्दछ ।
० बढ्दो सापेक्षित आद्रतालाई मध्यनजर राख्दै कुखुरामा हुन सक्ने कक्सीडियोसीस जस्ता रोगको जोखिम कम गर्न कुखुराको खोरलाई सकेसम्म सुख्खा राखने प्रयास गर्नु पर्दछ । यसका लागि पानी परेको समयमा बाच्छिटा पानी छिर्न सक्ने पाटोमा प्लाष्टिक वा त्रिपाको पर्दा लगाउनुपर्दछ । साथै सोतरको चिस्यान÷ओसिलोपना हेरी प्रत्येक दिन वा एक दिन विराई भुस छर्न उपयुक्त हुन्छ ।
० बाख्रामा देखिने कुम्री (ढकेरी) रोगको रोकथाम गर्न श्रावणदेखि कार्तिकसम्म मासिए एक चक्की डाई ईथाइल कार्बामाजिन (डि.ई.सी) १०० मि.ग्रा. खुवाउने । ढकेरी लागेका बाख्राको हकमा दैनिक एक चक्की सातदिनसम्म खुवाउने र साथमा भिटामिन बी कम्प्लेक्सको सुई २–३ दिनसम्म लगाउने ।
० छेर्ने रोग भएका गाईबस्तुलाई सल्फा बोलस (चक्की) दाना वा सख्खरमा ४ चक्की राखेर विहान र बेलुका ३ दिनसमम खुवाउने र ओभाने घाँस खुवाउने । यसो गर्दा पनि रोकिएन भने गोवर जाँच गर्ने र परजीवि देखिएमा अल्बेन्डाजोल १० मिलिग्राम प्रति किलोग्राम शारीरिक तौलको दरले खुवाउने ।
० बाख्राको मोओलाको लागि ५% पोभीडिन आयोडिन वा १% कपर सल्फेट वा २% बोरिक एसिडको झोल वा १%पोटासको घोलले मुख सफा गर्नु उपयुक्त हुन्छ । मोओलाको भाईरस घाउ, चोटपटक लागेको वा काटेको ठाउँबाट मानिसमा सर्न गई त्यस्तै प्रकारको घाउ खटिरा आउन सक्ने हुनाले त्यस्तो रोगी बाख्रालाई घाउ चोटपटक नलागेको मान्छे वा पन्जा लगाएर स्याहार सुसार गर्नु पर्दछ ।
० भैसी झोंक्राई घाँस खान छोडेमा दैनिक ३–४ चक्की रुमिनोटोरिक ३–४ दिनसम्म खुवाउनु उपयुक्त हुन्छ ।
० माछा पोखरीमा घुलित अकिसजनको मात्रा बढाउन हावा यन्त्र (एरेटर) को प्रयोग गर्ने । (थप जानकारी कृषि साप्ताहिकमा पढ्न सक्नुहुने छ । आवशयक परे अनलाईनबाट कृषि साप्ताहिक डाउनलोड गर्न सक्नुहुनेछ । )