शुक्रबार, चैत्र १६, २०८०

वर्तमान संरचनाले कृषि विकासमा बाधा पुग्न सक्छ


शम्भु प्रसाद देव
वरिष्ठ कृषि विकास अधिकृत
जिल्ला कृषि विकास कार्यालय, मुस्ताङ

० मुस्ताङ जिल्लाको कृषिको वर्तमान अवस्था के छ अहिले ?
मुस्ताङ जिल्लाको कृषिको अवस्था उत्साहजनक छ । जिल्लाको समस्त भूभागको एक प्रतिशत लगभग चार हजार हेक्टर खेती योग्य जमिन छ । जिल्लाको ५६ प्रतिशत कृषक घरधुरीसंग आधा हेक्टर भन्दा कम जमिन छ । मुस्ताङ जिल्लामा शितोष्ण फलफुल आलु, तरकारी, पशुपालन प्रायजसो निर्वाहमुखी र पराम्परागत तरिकाले नै गरिदै आएकोमा कृषि विकास कार्यालयको र मुस्ताङका केही उत्साही कृषकहरुको प्रयास स्वरुप केही हदसम्म निर्यातमुखी, व्यावसयिक र आधुनिक खेतीको सुरुवात भएको छ । मुस्ताङ जिल्ला हिउँदमा न्यूनतम खाद्य असुरक्षित अवस्था रहने बाहेक अन्य समयमा खाद्य सुरक्षित रहेको छ । मुस्ताङ जिल्लामा खाद्य सुुरक्षित रहनुमा पर्यटन, जडिबुटी र विप्रेषको विशेष योगदन रहेको छ ।
० हिमाली जिल्ला भएको कारण त्यहाँको कृषिमा सरकारले प्राथामिकता दिएको कृषि उपज के हो त ?
मुस्ताङ जिल्लामा सरकारले शितोष्ण फलफुल त्यसमा पनि मुख्यतया स्याउ बालीमा प्राथमिकता दिएको छ । यसबाहेक आलु, अर्गानिक तरकारी खेती, पशुपालन, मासु, दुध, आदी पनि प्राथमिकतामा परेका कृषि उपजहरु हुन् । यस जिल्लामा शितोष्ण फलफुल विकासमा उल्लेखनीय योगदान दिएको वागवानी केन्द्र मार्फा समेत रहेको छ ।
० तर सरकारले प्राथामिकता दिए पनि कार्यान्वयन हुँदैन भन्छन् नि ?
सरकारले प्राथामिकता दिएका कृषि उपजहरु स्याउ, तरकारी, आलु लगायतका बालीहरुहरुमा यस जिल्लामा उल्लेखनीय रुपमा निर्देशन कार्यान्वयन भई प्रगति भएको छ । गत बर्ष मात्र यस जिल्लामा रु. तीस करोड भन्दा बढीको स्याउ निर्यात भएको छ । हाल १ हजार २ सय हेक्टरमा स्याउ लगाइएको छ । जसमध्ये लगभग ५०० हेक्टरमा उत्पादन भइरहेको छ । एउटै स्याउ फार्मले १७ हजार विरुवासम्म लगाएको छ र उत्पादन हुन केही समय लाग्छ । ताङ्वेको त्यस फार्ममा प्रर्याप्त सिंचाईको सुविधा नभएर लगभग ४ हजार स्याउका विरुवा सुकेका छन् ।
त्यस्तै मुस्ताङबाट आलु पनि निर्यात भइरहेको छ । खबगिभ बममष्तष्यल का लागि विभिन्न प्रशोधन मेशिनरीहरु स्थापना भएर प्रशोधित खबगिभ बममभम कृषि उपजहरु विक्री भैरहेका छन् र स्थानीय स्तरमा समेत खपत भैरहेका छन् । यस जिल्लामा बाटोको सुविधा भएको हुनाले मुक्तिनाथ दर्शन, प्राकृतिक दृश्य अवलोकनका लागि क्रमिक रुपमा पर्यटन आवागमनमा बृद्धि भइरहेको छ । यसै गरी फरक मौसम उँचाई र विविध हावापानी भएकोले यस जिल्लाको कृषि उपजले अयmउबचबतष्खभ बमखबलतबनभ पाउने अवस्था छ । यसका लागि स्थानीय स्तरमा आवश्यक पहल भै रहेको छ ।
० जिल्लाको समग्र कृषि क्षेत्रमा देखिएको समस्या के हो ?
मौसम परिवर्तन (अष्mिबतभ अजबलनभ) ले पानी पर्न थालेर यस जिल्लाको शितोष्ण फलफुल मूख्य रुपमा स्याउ लगायतका बालीहरुमा कम फल लाग्ने वा नफल्न,े एकै पटक धैरै रोग किराहरुले आक्रमण गर्ने एक प्रमुख समास्याको रुपमा देखा परेको छ र यसको निराकरणका लागि अनुसन्धान हुनु आवश्यक छ । बलौटे माटोले गर्दा भूक्षयको मात्रा बढिरहेको छ । कृषकहरुले आफ्नो उपज भण्डारण गर्न नसकेर तुरुन्तै वा खेतबारीमै विक्री गर्दा उचित मूल्य पाउन सकिरहेका छैनन् । मुस्ताङ जिल्लामा कृषि सम्बन्धी पूर्वाधारहरु जस्तै शीत भण्डार, औजर उपकरणहरुको कमी, आवश्यक सामाग्री बीउ, मलखादको विक्रेता नहुनु, सिंचाई सुविधाको कमी इत्यादी यथाशीघ्र समाधान हुनुपर्ने समास्याहरु हुन् । युवाहरुको बाहिर पलायन, खेतीबाट विमुख हुनु, दुध, मासु, अण्डा इत्यादीमा बाहिरी जिल्लामा निर्भर हुनु समेत जिल्लाको एक समस्या हो । मुस्ताङमा धेरै खेती योग्य जग्गाहरु सार्वजनिक निकायको अधिन रहेको छ र यसलाई कृषि सहकारीलाई भाडामा दिन सकिने व्यवस्था भए खेती योग्य जमिनको कमी पुरा गर्न सकिन्छ ।
० मुस्ताङका किसानहरुका मात्र अनुरुप जिल्ला कृषि विकास कार्यालयले सेवा पु¥याउन सकेको छ कि छैन ?
विगत बर्षहरुमा जिल्ला कृषि विकास कार्यालयले यहाँका कृषकहरुलाई आवश्यक पर्ने कृषि सम्बन्धि सेवाहरु पु¥याएकोले गर्दा नै यस जिल्लाबाट कृषि उपजहरु उल्लेख्य मात्रामा निर्यात हुनुको साथै जिल्लामा हिउँ पर्ने बाहेकको समयमा खाद्य सुरक्षित अवस्थामा रहेको छ । आ.व. २०७४÷०७५ मा कृषि सेवा केन्द्रहरु हस्तान्तरण तथा कर्मचारीहरुलाई स्थानीय निकायमा काजमा खटाइए पछि जिल्ला कृषि विकास कार्यालयले किसानका माग अनुरुप सेवा पु¥याउने अवस्था नै रहेन । यस बाहेक कृषकको माग अनुरुपका पूर्वाधारहरु जस्तै स्याउ, आलु, भण्डारणका लागि शीत भण्डार, बीउ भण्डार घर, सौर्य उर्जा प्रणालीबाट नदीको पानी माथी पठाएर सिंचाई गर्न सक्ने आवश्यक प्रविधिहरु उपलब्ध गराउन सकिएको छैन ।
० अहिलेको संरचनाका कारण कृषि क्षेत्रको विकासमा बाधा पुग्ने छ भनिएको छ, मुस्ताङमा के हुन्छ ?
कृषि विकास कार्यालयको मूख्य काम कृषि प्रधान देशका सम्बन्धित जिल्लाका कृृषकहरुलाई कृषिसंग सम्बन्धित आवश्यक सेवा प्रवाह गर्ने हो । हालको संरचनामा सेवा प्रवाह गर्ने संरचना विभाजन गरी स्थानीय तहमा र कृषि ज्ञान केन्द्रको रुपमा दुई निकायलाई तोकिएको छ । केन्द्रिय स्तरमा प्राविधिक दक्षता भएका कर्मचारीहरुलाई अत्याधिक संख्यामा राखिएको छ । कृषि सेवा प्रवाहमा जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता र निर्देशन हुनु राम्रो पक्ष हो । सेवा प्रवाहको स्तर र स्थानीय निकायमा उपलब्ध सीमित प्राविधिकहरुले गर्दा यसको प्रभावकारिता बारे अहिले नै निक्र्यौल गर्न उपयुक्त नभएता पनि जिल्ला कृषि विकास कार्यालयको स्तर अनुसार होला भन्न सकिन्न । यस बाहेक कृषि ज्ञान केन्द्र र स्थानीय निकाय बीचको समन्वयले पनि सेवा प्रवाहको स्तर र प्रभावकारिता निर्धारण गर्नेछ । मुस्ताङ जिल्लामा कृषि ज्ञान केन्द्र पनि नरहने तथा स्याउको जोन स्थापनाको निर्णय भएको छ । यसरी वर्तमान संरचनाले मुस्ताङ जिल्लाको कृषि विकासमा बाधा पुग्न सक्छ ।
० प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि लागु भएको छ तर उपलब्धी छैन भन्छन् नि के हो ?
आ.व. २०७३÷०७४ देखि १० वर्षको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नेपाल भरी नै लागु भएको छ । कृषिजन्य उद्योगमा आधारित आधुनिक, व्यवसायिक दिगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने यस परियोजनाको सोच रहेको छ । यस परियोजनामा नेपालमा विगतमा संचालन भएका ब्लक उत्पादन कार्यक्रम र अन्य आयोजनाहरुको संभागहरुको सम्मिश्रण रहेको छ । यो उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य निर्धारण गरेर आवश्यक प्रविधि र उत्पादन सामग्रीको व्यवस्था गरी पकेट, ब्लक, जोन र सुपरजोनहरुमा विभिन्न बालीहरुको उत्पादन गर्ने एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ मोडेलमा आधारित एक परियोजना हो । यसको उल्लेखनीय पक्ष भनेको सहभागितामुलक योजना तर्जुमा, अनुगमन तथा मुल्याङकन पद्धती हो । बजार पक्षलाई समेत यस परियोजनाले केही हदसम्म ध्यान दिएको छ । छोटकरीमा भन्नुपर्दा यो परियोजनाले यथास्थितीमा भएका केही राम्रा पक्षहरुको संयोजन गरी कृषि वस्तुको उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएको छ । यसले शुरुमै बजार सुनिश्चित गरी सम्झौता गरेर सोही गूणस्तर र परिमाण अनुसारको उत्पादन गर्न सकेको भए कृषकहरु समेत बढी सफल हुनुका साथै श्रोत साधनको अझ सदुपयोग हुने थियो ।
० जिल्लाको भौगोलिक र अन्य कुरालाई हेर्ने हो भने जिल्लालाई कुनै एक उपजमा प्राथमिकता दिन र निर्यात गर्ने वस्तु के हो र किन ?
मुस्ताङ जिल्लाको भौगोलिक अवस्था, कृषकहरुको क्षमता र प्राविधिक दक्षता, सम्बन्धित सरकारी निकायहरुको उपस्थिती इत्यादी कारणले यस जिल्लामा स्याउ बालीलाई मुख्य स्थान दिनु पर्दछ । यस जिल्लामा अझै पनि स्याउको लागि उपयुक्त हुने धेरै जमिन बाझो रहेको छ जहाँ स्याउ खेती गर्न सकिन्छ । –वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, असार १०, २०७५