शुक्रबार, चैत्र १६, २०८०

वन दिवसमा सामुदायिक र निजी वन पुरस्कृत

पोखरा, २६ साउन । दोस्रो राष्ट्रिय वन दिवस–२०७४ का अवसरमा कास्की जिल्लामा वनको संरक्षण र व्यवस्थापनमा उल्लेख्य योगदान पु¥याउने सामुदायिक र निजी वनलाई एक समारोहबीच पुरस्कृत गरिएको छ ।
जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ, कास्कीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ स्थित भकरजुङ सामुदायिक वन प्रथम, पोखरा लेखनाथ २५ फुर्केटारी सामुदायिक वन द्धितीय र पोखरा–३३ स्थित धारापानी महिला सामुदायिक वन तृतीय भई नगद रु सात हजार, पाँच हजार र तीन हजार तथा प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी, निजी वनतर्पm पोखरा–१६ का नर्मदादेवी आचार्य प्रथम, रुपा गाउँपालिकाका–७ का दिवाकर सुवेदी द्धितीय र रुपाकै होमकुमारी ओझा तृतीय भई क्रमश रु पाँच हजार, तीन हजार र दुई हजार नगदसहित प्रशंसापत्र प्राप्त गरेका थिए ।
निमित्त क्षेत्रीय वन निर्देशक राजेन्द्रमान सिंह भण्डारीले पुरस्कृत सामुदायिक वन समूह एवम् निजी वनकर्मीलाई नगद तथा प्रशंसापत्र प्रदान गरे । कास्की जिल्लामा हालसम्म ५०२ वटा वन समूहलाई हस्तान्तरण गरिएको छ ।
संघीयतामा सामुदायिक वन स्थानीय समुदायको पहिचान भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्ला वन अधिकृत केदार बराल र सामुदायिक वन उपभोक्ता महासंघ, कास्कीका अध्यक्ष कालीदास सुवेदीले गत आवको कार्य प्रगति र भावी कार्यक्रमका बारेमा जानकारी गराए ।

प्रकाशित मिति: बिहिबार, साउन २६, २०७४