शनिबार, बैशाख ८, २०८१

लमजुङ्ग मास उत्पादन घट्यो

लमजुङ, २२ मंसिर । गत वर्ष चार मुरीभन्दा बढी मास फलेको बारीमा यस बर्ष चारपाथी पनि उब्जनी नभएपछि मध्यनेपाल नगरपालिका ३ सुर्यपालका किसान लालबहादुर थापा निराश भएका छन् । गत वर्षभन्दा उब्जनी घट्पछि उनलाई मास थन्क्याउने जाँगर नै चलेको छैन । थापाको मात्र होइन यो वर्ष मध्य नेपाल नगरपालिका क्षेत्रका सवैजसो किसानको बारीमा मास नफलेपछि उनीहरु चिन्तित बनेका छन् ।
उपादन घटेपछि मध्यन नेपालका सूर्यपाल, तान्द्राङ, टक्सार, जिता, रम्घा, समिर भञ्ज्याङ्ग लगायतका मास उत्पादन हुने ठाउँका किसालाई आर्थिक मार परेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४