शुक्रबार, चैत्र १६, २०८०

लकडाउनका बेला कृषि मन्त्री भूषालको सर्वत्र आलोचना

काठमाडौं, बैशाख । कोरोना संक्रमणका कारण मुलुकभर लकडाउनको अवस्था भएका बेला शहरमा बस्ने व्यक्तिहरु गाउँ पुगिसकेका छन् । गाउँमा पनि लकडाउनको अवस्था छ । तर यो अवस्थामा जनतालाई चामल, दाल लगायतका खाद्य सामग्री राहत प्याकेजमा उपलब्ध गराईरहेको सरकारले खाद्यान्न बाली उत्पादनलाई जोड दिन भने सकेको देखिएन ।

सरोकारवाला मन्त्रालयका मन्त्री घनश्याम भूसाल मन्त्री भएर आएदेखि नै उपलब्धीमूलक काम गर्न सकेका छैनन । मन्त्रीको पद सम्हालेदेखि नै बुझ्दै छु भन्दै आईरहेका मन्त्री भुसालले करीव ५ महिना नाघिसकेपछि मात्र नाम मात्रको पञ्च नीति सार्वजनिक गरे त्यो पनि प्रतिष्ठा नै गुम्ने भयका कारण । अहिले मन्त्री सिंहदरबार भित्र बसेर किसानका पक्षमा जसरी वकालत गर्नु पर्ने थियो त्यसो गर्न सकेका छैनन् । लकडाउनको समयमा किसानहरुले अत्यन्तै दुख र कष्ट व्यहोर्नु परेका बेला कृषि मन्त्री जसरी क्रियाशील हुनु पर्ने थियो त्यस्तो देखिएन ।

मन्त्रालयमा बसेर कागजी खोस्टा पल्टाउँदैमा कृषि क्षेत्रको विकास गर्न सकिँदैन । तर मन्त्री भूसाल नियमकानूनका व्याख्याकार भएकैले होला कृषि क्षेत्रको पीडालाई ब्याख्या गर्न सकेनन् । जसले अहिलेको जस्तो विषयमा परिस्थितिमा निकै नै उपलब्धी मूलक काम गर्न सक्थे तर गरेनन् । उनको यही प्रबृत्तिका कारण अहिले उनी निकै नै आलोचित हुन पुगिसकेका छन् । नेकपाको सरकारमा पूर्व एमालेका तर्फबाट कृषि मन्त्रीमा ल्याएका भुसालले कृषिको रुपान्तरण गर्न सक्दैनन भन्ने कुराको पुष्टि अहिले कोरोना संक्रमणका कारण भएको लकडाउनका बेला अन्य समन्वयकारी मन्त्रालयसँग जसरी संघर्ष गर्नु पर्ने थियो त्यो गर्न नै चाहेनन् ।

अहिले दूध उत्पादन गर्ने किसानदेखि कुखुरा पालन गर्ने र तरकारी उत्पादन गर्ने किसानसम्मले बजार अभावका कारण निकै नै पीडा खेप्नु परेको छ ।
आफूले पाँच नीति सार्वजनिक गरिरहँदा किसानहरुले उत्पादन गरेको कृषिबालीले बजार नपाएको खण्डमा वा विक्री नभएको खण्डमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको जिम्मा लिने फोस्रो आश्वासन दिएको भएपनि अहिले त्यो कार्यान्वयन भने हुन सकेको देखिएन ।

हो यतिखेर विश्व कोरोना महामारीको तनावमा छ । नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । नेपालमा पनि लकडाउनले सवै क्षेत्रका नागरिकहरुलाई इन्तु न चिन्तु बनाएको छ । विशेष गरी किसानका पक्षका राज्य संवेदनशील नै हुन सकेको देखिएन । अहिले विगतमा भन्दा बढी खाद्य सामग्रीहरुमो माग बढिरहेको छ । तर त्यसलाई पु¥याउन सक्ने अवस्था छैन । नेपालको कुनै पनि स्थानमा अहिले कृषि कर्म पुरै वन्द भएको अवस्था छ । किसानहरुले आफ्नो खेतबारीसम्म गएर कृषि कर्म गर्न सकेका छैनन । त्यसका लागि आवश्यक बीउ मल समेत पाउन सकेको अवस्था छैन ।

मुलुकलाई खाद्य संकटबाट जोगाउने एउटै मात्र विकल्प भनेको नै कृषि उत्पादनमा बृद्धि गर्नु हो । तर त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको खासै योजना नै छैन भन्दा ठिक होला । विशवभर कोरोना संक्रमणका कारण बेरोजगारीको अवस्था दिनप्रतिदिन बढ्दै गईरहेको छ । विदेशमा रहेका नेपालीहरु पनि नेपाल फर्कन सक्ने सम्भावना धेरै नै छ ।

यो अवस्थामा शहरबाट गाउँ गएका र विदेशबाट नेपाल फर्केका जनशक्तिलाई कृषि कर्ममा लगाउन सक्नु पर्ने थियो तर सरकार असफल भएको छ । कृषि मन्त्री घनश्याम भुसाल असफल भएका छन् ।

किसानले आफ्नो उत्पादन विक्री गर्न पाएका छैनन् भने पशुपाल्ने किसानहरुले पशुको आहार पु¥याउन सकेको देखिँदैन । यस्तो विषय परिस्थितिमा मन्त्रालय अस्तित्व विहिन अवस्थामा देखिएको छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १६, २०७७