रासायनिक विषादीबाट प्रदुषित हुँदै पर्यावरण र जनस्वास्थ्य

काठमाडौं । कृषि रसायनले हाम्रो माटो, पानी, हावा तथा सम्पूर्ण पर्यावरणलाई प्रदुषित गरेको छ । सबै भन्दा गम्भीर प्रभाव हाम्रो स्वास्थ्यमा परेको छ । यी बिषालु रसायन फलफूल, तरकारी, अन्नहरु, दालहरु, मसलाहरु, खाने तेलहरु, दुध, फुल मासु, पानी सँगै हाम्रो शरीरमा प्रवेश गरी हाम्रो स्वास्थ्यलाई नोक्सान पु¥याउँछ ।
सामान्यतया यो विश्वास गरिन्छ कि रसायनिक मल एवं किटनाशक प्रयोग गर्नाले उत्पादन बढाउन सकिन्छ र उत्पादन बढ्नाले किसानको नाफा पनि बढ्छ । सरकारले पनि किसानहरुलाई बैज्ञानिक तरीकाले खेती गर्न सल्लाह दिन्छ तर यो बैज्ञानिक खेतीको अर्थ मात्र रसायनिक मल र किटनाशकहरुको प्रयोग सम्म सिमित होस् । अमेरीकामा गरिएको अनुसन्धानबाट ज्ञात हुन्छ कि जब किटनाशक रसायनहरुलाई बोटविरुवामा, तरकारीहरु तथा फलफुलहरुमा छर्किइन्छ त्यतिवेला यी रसायनहरुको ०.१% मात्रा मात्रै सहि लक्ष्यसम्म प्रभावित हुन्छन शेष ९९% रसायनहरुले पर्यावरणलाई प्रदुषित गराउन सहयोग गर्दछन् । देशमा खेतिपातीको लागि प्रति वर्ष २.५ लाख टन विषादीको प्रयोग हुने गरेको अनुमान छ । यस प्रकार हरेक वर्ष १० करोड रुपियाँ खेतिपातीमा उपयोग हुने विषादीको लागि खर्च हुन्छ । आज जोखिम मात्र रसायनीक उर्वरकहरु र किटनाशकहरुको बढ्दो प्रयोगबाट हैन बरु खाद्य पदार्थहरुमा जसरी मिसमासको धन्दा फलिफूलि रहेको छ यसले मानवीय स्वास्थ्यको लागि गम्भीर चुनौति जोखिम बनेको छ ।
तरकारीहरुमा बिषालु रसायनहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । एक आँकलन अनुसार वर्तमानमा नै हामी दैनिक ०.५ मी.ली. ग्राम विष लिई राखेका छौं । परवल रंगाइएको छ, तरकारीको आकार चाँडै ठूलो पार्न त्यसमा आकसीटोसीनको इन्जेक्शन लगाइन्छ । यसको प्रयोग लहरे तरकारी लौका फर्सी, काँक्रो, धिरौलामा सबैभन्दा बढी प्रयोग गरिन्छ । जसले गर्दा तरकारीहरुको लम्बाई चौडाई चाँडै बढ्छ र किसानले बढा मुनाफा कमाउँछ नत्र तरकारी बजारमा हेर्दा चिटिक्क खाइलाग्दा फर्सी, लौका किन देखिन्थिए होला । बासी तरकारीहरुलाइृ मैलाथियानको झोलमा १० मिनेटसम्म डुवाएर राखिन्छ जसले गर्दा तरकारहिरु २४ घण्टा सम्म ताजा रहोस । यसको प्रयोग भिन्डी, काउली, खार्सानी, पर्वल, लौका, बन्दा, गोभीमा गरिन्छ । रसायनिक मल र किटनाशकको प्रयोगले अन्न तरकारीहरु दुध र पानी जुन मानिसको जीवनकाउ मुख्य आधार हुन विषाक्त बन्दै गई राखेका छन् । यस कारण मानवीय जीवन विस्तारै जोखिममा पर्दैछ ।
आजभोलि हृदयघात, महुमेह, रक्तचाप एवं अन्य सयौं प्रकारका विमारीहरु सामान्य हुँदै गई राखेका छन् । यसको एउटा ठूलो कारण यो छ कि आज हामी जे पनि खान्छौ त्यसमा रसायनिक तत्वहरुको अधिकता यति धेरै छ कि हाम्रो भोजन विष बनी सकेको छ । गहुँ बालीमा रसायनिक उर्वरकहरुको प्रयोग बढ्नाले रोटीमा मनी उर्वरकहरुको अवशेष बढ्दो छ । यसे कारणले गर्दा कृषि रसायन शरीरमा रगतसँगै बगी राखेको छ । यसको प्रमाण पंजावको भटिन्डा र मुक्तसर जिल्लाहरु हुन जहाँको ग्रामीणहरुको रगत परिक्षण विश्लृेषण गर्दा १३ किसीमको किटनाशक पाइएको प्राज्ञिक अभिलेख पाइन्छ । हाम्रो आफ्नो परिवेषमा कृषि सामाग्री संस्थान म्याद सकिएको किटनाशकहरु अमलेखगंजमा लामो समय भण्डारण गर्दा त्यस भेगका जनसमुदायमा रगत परिक्षण विश्लेषण गर्दा किटनाशकहरुको अवशेष भेटिएको प्राज्ञिक अभिलेख भेटिन्छ ।
विश्व बैंक द्वारा गरिएको अध्ययन अनुसार विश्वमा २५ लाख मानिस प्रति वर्ष किटनाशकहरुको दुष्प्रभावहरुको शिकार हुने गर्दछन् त्यस मध्ये करीब ५ लाख मानिसले मृत्यु बरण गर्दछन् । लामो समय सम्म यस्तो गँहुको प्रयोगले हृदयघात कलेजो सम्बन्धी बिरामीहरु हुन सक्दछ । साथै पक्षघात पनि सघन रुपमा उखु लगाइएको क्षेत्रहरुका बालिकाहरुमा ७ वर्ष कै उमेरमा महिनाबारी हुरु हुने, कुखुराको बोक्रा पातलो हुने हुँदा सजिलै टुट फुट हुने गर्दछन । डि.डि.टि.ले गर्दा यौनजन्य परिवर्तनका लक्षणहरु देखिन थाल्दछ । अर्थात यी रसायनले हाम्रो अनुवांशीक्ताको बाहक क्रोमोजोम्समा अवस्थित जीनहरुको संरचनामा अवान्छित परिवर्तन गराउनमा सक्षम हुन्छन । रसायनिक उर्वरक किटनाशक, ढुशीनाशक, झारपात नाशी रसायनहरुको उपयोगको दौरान सम्पर्कमा आउनाले ती किसानहरुको आँखा, नाक, छाला र विर्यमा पुगेर त्यसको पि.एच. कम गरेर त्यसलाई अम्लीय बनाउँछ तथा प्रति एम.एल. विर्यमा शुक्राणुहरुको संख्या ७.५ करोडबाट घटेर ४.४ करोड रहन जान्छ । क्षतिग्रस्त शुक्राणुको संख्या पनि बढेर जान्छ । यी सब कुराले तीनको प्रजनन क्षमता माथी नराम्रो प्रभाव पर्दछ ।
कृषि रसायनहरुको भरपुर प्रयोग गर्ने फार्ममा तथा त्यसको नजिक बसोबास गर्ने केटाकेटीहरुको बौद्धिक स्तर फार्म भन्दा टाढा बसोबास गर्ने केटाकेटीहरु भन्दा धेरै तल हुन्छ । वृद्धहरुमा विर्सने रोग अलजाइमरको सम्बन्ध पनि कृषि रसायन सँग जोडिएको पाइएको छ । अर्थात् यी रसायन मानिसको मानसीक क्षमतालाई कम गरी राखेका छन् ।
हामीले आफ्नो सुरक्षा आफै गर्नु पर्ने हुन्छ । हाम्रो खेतबारीमा जैविक विविधता हुनुपर्छ अर्थात् मात्र एक किसिमको बाली नलगाएर खेतबारीमा एकै समयमा धेरै किसिमका बालीनाली लगाउनु पर्दछ । जैविक विविधता अर्थात् मिश्रित खेतीले माटोको उत्पादनकर्ता बढाउन र किरा फट्याङ्ग्रा नियन्त्रण गर्नु दुवैमा सहायक सिद्ध हुने गर्दछन् । जहाँ सम्म सम्भव हुन सक्दछ हर खेतमा दलहन, कपास धान गहुँ जस्ता बालीहरु मिलाएर लगाउनु पर्दछ । दलहन बालीले नाइट्रोजनको आपूर्तिमा सहायक हुन्छन । एउटा बाली पनि एकै प्रजातिको नभई भिन्न भिन्न प्रजातिको लगाउनु पर्दछ । बालीनाली चक्रमा बेला बेलामा परिवर्तन गर्नु पर्दछ । एकै किसिमको बाली पटक पटक लगाउँदा माटोबाट केही तत्व क्षय हुन्छ एवं केहि विशेष किरा फट्याङ्ग्रा र झारपात उम्रिने मौका पाउँछ । किटनाशकको प्रयोग गरेर हामी बोट बिरुवा नष्ट गर्ने किरा फट्याङ्ग्रा साथी ती किरा फट्याङ्ग्रा पनि नष्ट गरेका हुन्छौ जसले हानिकारक किरा फट्याङ्ग्रा खान्छन् । यस प्रकार हामी समस्याका साथ साथै समाधालाई पनि उन्मुलन गरी राखेका हुन्छौ र किरा फट्याङ्ग्रामा ती किटनाशक प्रति प्रतिरोधक क्षमता उत्पन्न भइ रहेको थियो यस बाहेक लाखौं रुपिँया किटनाशकको लागि व्यय भइरहेको थियो जुन किसानलाई लाभको रुपमा प्राप्त हुन सक्छ । हामी विहानदेखि बेलुका सम्मको भोजनसम्म जे पनि आफ्नो शरीरमा ग्रहण गर्दछौं । त्यसको महत्व हाम्रो अस्तित्वसँग जोडिएको छ । चिन्तित किसान अब रसायनिक मल तथा किटनाशकको चक्रक्युबाट निस्कन चाहन्छन ताँकी भुमिलाई फेरी पनि उर्वर बनाउन सकियोस । जबसम्म हामी प्राकृतिक संसाधनहरुको अविवेकपूर्ण दोहनामा बिराम लगाउँदैनौ, पर्यावरण संरक्षण तथा सम्वद्र्धनको कुरा निरर्थक हुनेछ । हामीले किसानलाई हर सम्भव सहायता दिनु पर्दछ । जसबाट कि तिनले आफुलाई महंगो कृषि पद्धति तथा किटनाशकको चक्रबाट मुक्त गरेर सतप्रतिशत पोषणिय तथा स्वस्थ्य कृषिमा संलग्न हुन सकुन धर्तीमा यति क्षमता छ कि त्यसले सबैको आवश्यकतालाई पुरा गर्न सक्दछ । – डा. केदार कार्की