बिहिबार, चैत्र १५, २०८०

यी हुन लम्पी स्किन रोगका लक्षण, किसानहरुले के गर्ने ?

नेपालमा पछिल्लो समयमा लम्पी स्किन रोगले पशुपालक किसानहरुका लागि निकै नै तनाव भईरहको छ । सहि जानकारी पाउन नसक्दा किसानहरुले हैरानी खेप्नु परेको देखिन्छ । लम्पी स्किन डिजिजका कारण पशुहरुमा महामारीको संकेत पनि देखिएको छ ।

यो महामारी न्यूनिकरण गर्नका लागि सरोकारवाला मन्त्रालयका रुपमा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयले सहजीकरण गर्न सकेको देखिँदैन ।
जसरी कोरोना संक्रमण न्यूनिकरण गर्नका लागि आम नागरिक आफै सचेत र चनाखो भएका छन् ।

त्यसैगरी लम्पी स्किन रोगको संक्रमणबाट आफ्ना पशुबस्तुहरुलाई जोगाउनका लागि किसान स्वयं सचेत हुनु पर्ने बेला भएको छ । त्यसका लागि किसानहरुले यी लक्षण आफ्ना पशुहरुमा देखिनासाथ लम्पी स्किन रोग भएको अनुमान गरी पशु स्वास्थ्यकर्मीहरुको सल्लाह लिनु जरुरी देखिन्छ ।

के हुन् त लक्षण ः
० गाईमा शुरुमा ज्वरो आउने
० खाना नखाने ।
० शरीरमा फोका बिमिरा उठ्ने ।
० रगत आउने, मासुको टुक्रासमेत देखापर्ने छ ।
० गाईको दूधमा कमी आउने ।

यस्तो लक्षण देखिएमा अपनाउनु पर्ने उपाय ः

० पोटासले शरीर धुने ।
० घाउ भएको ठाउँमा बेटालिन दल्ने ।
० मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने
० बिरामी गाईलाई अलग्गै राख्ने ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७