शुक्रबार, बैशाख ७, २०८१

यस वर्ष धान उत्पादन बृद्धि हुने

काठमाडौं, भाद्र । यस वष धान उत्पादन बृद्धि हुने भएको छ । समयमा नै वर्षा भएका कारण धान रोपाइँ सममा न सम्पनन भएका कारण धान उत्पादन बृद्धि हुने सम्भावना बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साउनको अनिम सातासम्म करीव ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएका कारण पनि विगतका वर्षहरुमा भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि हुनेमा मन्त्रालयका विश्वस्त रहेको जनाएको छ ।
गत वर्षमा समयमा नै वर्षा नभएका कारण धान रोपाइँमा समस्या आएको थियो । जसका कारण ७७ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । तर यस वर्ष समयमा वर्षा भएका कारण नै धान रोपाइँ गर्न पाएका कारण ९६ प्रतिशत रोपाइँ भएकाले पनि धान उत्पादन बृद्धि हुनेमा दुई मत नरहेको मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले बताएका हुन् ।
हरेक वर्ष मुलुकमा ६० लाख मेट्रिकटन धान आवश्यक पर्ने भएपनि गतवर्षसम्मको तथ्यांक हेर्दा ५२ लाख मात्र धान उत्पादन भएको तथ्यांक रहेको समेत सचिव जीसीले जानकारी दिएका थिए ।
यस वर्ष धान रोपाइँमा मौसमले समेत साथ दिएका कारण रोपाइँको प्रतिशत बृद्धि हुनुले पनि धान उत्पादनमा बृद्धि हुने सूचक तयार भएको छ । अव रोग कीरा तथा अन्य प्रकोपको समस्या नभएमा यस वर्ष धान उत्पादन आवश्यकता अनुसार नै हुने सचिव जीसीले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५