महिला कृषकको योगदानको मूल्याङ्कन खोइ?

नेपालको समग्र राष्ट्रिय अर्थतन्त्र पशुपालन क्षेत्रको महत्वपूर्ण भूमिका हुनुका साथै कृषि क्षेत्रको एउटा महत्वपूर्ण भूमिका हुनुका साथै कृषि क्षेत्रको एउटा महत्वपूर्ण क्षेत्र पनि । ग्रामिण क्षेत्रमा रहेका पूर्ण बेरोजगार तथा अर्ध बेरोजगारलाई पशुपालन क्षेत्र भरपर्दो रोजगारी श्रृजना गरेको छ । यस क्षेत्रमा हुने विकासले महिला सशक्तिकरणमा ठूलो योगदान पु¥याएको छ । पारिवारिक कृषि खेती प्रणाली भएको हाम्रो मुलुकमा पशुपालन कृषिको अभिन्न अंग रहि आएको छ । यस पशुपालन क्षेत्रमा महिलाको सहभागिता प्राप्त ऐतिहासिक कालदेखि निरन्तर रहि आएको छ ।
साँस्कृतिक, सामाजिक यद्यपी भिन्न भिन्न भौगोलिक पर्याबरणिय, मौसमी अवस्था अनुसार पशुपालनका पद्धती फरक पर्न सक्छन । तर जहाँ समय पशुपालन कार्यमा पशुहरुको हेरचाह अनि व्यवस्थापनमा महिलाको भूमिका केन्द्र विन्दुमा नै रहने गरेको पाइन्छ ।
ग्रामीण अर्थतन्त्रमा महिलाहरुले उल्लेखनीय योगदान गर्ने गर्दछन् । विश्व खादय तथा कृषि संगठनको तथ्याँक अनुसार विश्वको जनसँख्या रु ४९.४ प्रतिशत ग्रामीण क्षेत्रमा बसोवास गर्दछन । नेपालकाृ सन्दर्भमा भने यो जनसाँख्यिक तथ्याङ्क ७० प्रतिशतको हाराहारीमा भेटिन्छ । ग्रामीण क्षेत्रका अधिकाँश क्रियाशिल उमेरका जनशक्ति वैदैशिक रोजगारी तथा निकटका शहरी औद्यौगिक क्षेत्रमा श्रमका लागि पलायन हुने राम्रो जस्तो परिवेशमा ग्रामीण कृषि तथा पशुपालनको सवै व्यवसाय प्रक्रिया कामको जिम्मेवारी ग्रामीण महिलाको काँघमा भर परेको छ भन्दा अन्यथा न होला ।
यद्यपी कृषि प्रणाली अनुसार यिनीहरुको आवद्धता र योगदान फरक हुन सक्छ । कृषि तथा पशुपालन क्षेत्रका विविध खाले कार्यमा महिलाको सहभागिता भने परिवारमा भुस्वामित्वको आधारमा फरक पर्न सक्छ । यस्ता भूमिकामा कामदारदेखि व्यवस्थापकसम्मको हुन सक्छ । सम्पूर्ण कृषिजन्य उत्पादनमा महिलाले कुल श्रमको ५५ देखि ६६ प्रतिशत औषत योगदान पु¥याउँदछन् । औसतमा महिलाले प्रतिदिन ९.९ घण्टा तथा पुरुषले ५.८ घण्टा दैनिक कृषिपालन क्षेत्रवाट हुने सकल आमदानीमा महिलाको योगदान ५० प्रतिशत हुनृ गर्दछ ।
भौगोलिक क्षेत्र कृषि तथा पशुपालन प्रणालीका क्रम अनुसार महिलाको सहभागिता तथा योगदान फरक हुन सक्छ तर पनि तिनीहरुको ब्याड राख्नेदेखि वाली मित्र्याउने तथा उत्पादन प्रसोधन जस्ता कार्यमा केन्द्रिय भूमिकामा श्रम खर्च गरेका हुन्छन ।
सामान्यतया आदिवासी जनजाति समुदायका पारिवारिक स्थितिमा महिलामा निर्णय लिने क्षमता बढी हुने गर्दछ । किनभने पारिवारिक आयआर्जनमा तीनको योगदान बढी हुने गर्दछ ।
महिलामा बढ्दो भूस्वामित्व, शिक्षा, आर्थिक श्रोतसम्मको पँहुच, ग्रामीण रोजगारीको अवसरले कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादकत्वमा बृद्धि हुनुका साथै खाद्य सुरक्षाको सुनिश्चिता आर्थिक संबृद्धि हुनुका साथै खाद्य सुरक्षाको सुनिश्चिता आर्थिक संबृद्धि हुनुका साथै खाद्यसुरक्षाको सनिश्चिता आर्थिक संवृद्धिय हुनुका साथै खाद्यसुरक्षाको सुनिश्चिता आर्थिक संवृद्धि तथा सामाजिक कल्याण तथा सुरक्षाको ग्रामीण क्षेत्रमा अनुभुति गराउँछ । कृषिमा लैंगिक समानता, महिला सशक्तिकरण कृषि तथा पशुपालन क्षेत्रको विकास तथा खादय सुरक्षाको प्रत्याभुतिका लागि महत्वपुर्ण मानिन्छ ।
त्यसैले श्रोतको समान पहँुच कृषिका निति तथा कार्यक्रम लैंगिक मैत्री हुनुका साथै दिगो कृषि पशुपालन क्षेत्रको विकासको लागि समान सहभागिताका लागि सम्वोधन हुनु पर्दछ ।
फिरन्ते एवं मिश्रित कृषि प्रणालीमा पशुपालन क्षेत्रले महत्वपूर्ण भुमिका खासगरी उच्च तथा मध्य पहाडी क्षेत्रमा ओग्दछ । धेरै मुलुकहरुमा पशुपालनलाई कृषिको महत्वपूर्ण पूँजी मानिन्छ, साथै आयआर्जनको प्रमुख श्रोत साथ धन आय संचयको माध्यम तथा आकस्मिक आपत विपतका वेला दरिलो भरथेक गर्ने आर्थिक आधार पनि ।
घोडा खच्चर उट भेडा च्याडग्रा गोरु राँगा जस्ता पशुहरु , जोत्ने गाडा तान्ने भारी वोक्ने,जमीनको सरसफाई तथा पारवाहनको लागि शक्तिको रुपमा प्रयोग गरिन्छ । दुध फुल मासुको रुपमा मानव स्वास्थ्यको लागि आवश्यक प्रोटीन आपुर्ति गर्नुका साथै पशुपंक्षीवाट बालीबोट विरुवा तरकारी बारीका लागि महत्वपूर्ण प्राङगारीक मल पनि उपलब्ध हुने गर्दछ । यसैले पशुपालन क्षेत्रको विकास हुँदा ग्रामीण अर्थतन्त्र पनि सवल हुने गर्दछ जसले गर्दा ग्रामीण क्षेत्रमा ग्रामीण अर्थतन्त्रको विकास पनि हुन पुग्छ । जसको प्रभावमा ग्रामीण गरीवी न्यूनीकरणमा सहयोगी भूमीका निर्वाह गर्न सक्छ । ग्रामीण महिलाले पशुपालनका विविध कार्यक्षेत्र,पशुलाई दाना आहार दिने पशुप्रजनन गराउने, स्वस्थ्य सेवा तथा अन्य पशुपालन जन्य व्यवस्थापकीय कार्यमा उल्लेखनिय प्रत्यक्ष योगदान पु¥याउने गर्दछन् । पशुपालन तथा यसक्षेत्रको विकासमा महिलाको संलग्नता विश्वव्यापी रुपमा लामो परम्परादेखि रहि आएको मानिन्छ । महिलाहरु पशुपालनमा सधनरुपमा संलग्न हुने हुँदा यस क्षेत्रले महिलाको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भुमिका खेल्दछ । ग्रामीण क्षेत्रमा महिलाहरु पशुपालनका विभिन्न कार्यमा बिहानदेखि साँझसम्म अनवरत रुपमा संलग्न हुने गर्दछन । यिनीहरुले पशुहरुको हेरचाहमा घरका पुरुष तथा केटाकेटीसंग जिम्मेवारी बाँटफाँड गर्दछन् । पशुपालनका केही खास काममा पुरुष भन्दा महिलाको संलग्नता बढी हुने गर्दछ । खासगरी महिलाहरु, कुखुरा पालन ,बंगुर पालन, बाख्रापालन , दुधालुपालन तथा घरभित्र बाँधेर पालेका जनावरको हेरचाहमा बढी संलग्न हुने गर्दछन । जव पशुपालन क्षेत्रको परिवारका सदस्य बीच कामको बाँडफाँड हुन्छ । पुरुषको भागमा पशुको गोठ निर्माण गर्ने, चरणमा पशु चराउन लैजान तथा महिलाहरु शारीरिक प्राकृतिक अवस्थामा बाहिर हिडडुल गर्न नसक्ने अवस्थामा पशु जन्य पदार्थको बजारमा विक्री गर्ने जस्ता काम पर्दछ । दुध फुल, जिउँदो कुखुराको विक्रि वितरण गर्ने काममा महिलाको दहो दख्खल हुने गर्दछ । यो अवस्था सामाजिक परिवेश तथा भौगोलिक अवस्था अनुसार तलमाथि हुन सक्छ । तर प्राय जसो पुरुषहरु ठूला पशु गाई, भैंसी घोडा खच्चड ऊँट जस्ताको विक्री वितरणमा संलग्न हुन्छन भने, भेडा, बाख्रा बंगुर कुखुरा, खरायो जस्ता साना जनावरको विक्री वितरण तथा आर्थिक कारोवारमा भने महिलाको अघिपत्य बढि हुने गर्दछ । जुन सामाजिक परिवेशमा भुस्वामित्वमा पुरुषको एकाधिकार हुन्छ । त्यस्ता समुदायमा पशुधन व्यवसाय महिलाको लागि आकर्षक पेशा मानिन्छ । जुन हाम्रो आफनो परिवेशमा पेवाको रुपमा परम्परादेखि प्रचलनमा छ । जस्ता पशुपालनबाट प्राप्त हुने आय आर्जनमा महिलाको पूर्ण एकाधिकार स्थापित रहेको हुन्छ ।
यद्यपी ससाना इकाइमा गरीएको पशुपालन तथा व्यवसायिक पशुपालन क्षेत्र तथा पशुपंक्षी जन्य उत्पादनको व्यापारीक विक्री वितरणमा महिलाको सहभागिता प्रत्यक्ष रुपमा बारे हाम्रो आफनो परिवेशमा कमै अभिलेखीकरण गरीएको पाइन्छ ।
यद्यपी पशुपालन व्यवसायमा महिलाको यथेष्ठ सहभागिता हुँदा हँुदै पनि तिनको योगदानको न्यून मूल्याँकन गरीएको स्थिति छ । अव वेला आएको छ गरीवी निवारण तथा महिला सशक्तिकरणमा पशुपालनको भूमिकाको महत्व स्थापित गर्न । आर्थिक रुपमा सशक्तीकृत महिलानै समतामुलक समाजका प्रतिक अनि आधार हुन् भन्ने बेला आए जस्तो पनि छ । जसका लागि कृषि क्षेत्रका पशुपालनका लागि महिलाको सकृय सहभागिताको लागि महिलालाई महिलाकै हैसियतमा भुस्वामित्व पहुँच,वित्तिय श्रोत सम्मको पँहुच , एवं पशुपालनका नवीन प्रविधि एवं बजार व्यवस्थापनका सिप मुलुक अध्ययन तालीमको नितिगत रुपमा कार्यक्रमिक व्यवस्था गरीनुपर्ने अपरिहार्य देखिन्छ । – डा.केदार कार्की