शुक्रबार, चैत्र १६, २०८०

मलको आपूर्ति गर्दै साल्ट टे«डिङ्ग कर्पोरेशन 

धनगढी, असार । कैलाली जिल्लामा रासायनिक मल डिएपीको अभावका कारण कृषक समस्यामा परेपछि सरकारले रासायनिक मल आपूर्ति गर्न पहल गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारको पहलमा डिएपी मल आपूर्ति भई आजबाट कैलालीको धनगढी र बौनिया गरी दुई ठाउँबाट बिक्री वितरण शुरु गर्न लागिएको साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए ।

वीरगञ्जस्थित साल्टट्रेडिङ कर्पोरेशनको गोदाममा मौज्दात रहेको डिएपी मलमध्ये ५०० मेट्रिकटन मल कैलालीमा आपूर्ति गरिएको पाण्डेले बताए । सरकारको अनुदानित उक्त ५० किलो प्रतिबोरा मलको रु दुई हजार २७६ मा बिक्रीवितरण गर्न लागिएको जनाइएको छ ।

रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने डिएपी मलको अभाव हुँदा किसान समस्यामा छन् । यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा कैलालीलगायतका जिल्लामा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुनसकेको छैन । सरकारी अनुदानको मल विक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महीनामै सकिएको थियो ।

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७६