भारतमा देखियो स्वाइनफ्लु : नेपालमा सर्तकता खै ?

भारतमा स्वाइन फ्लु तीव्र गतिमा फैलिरहेको छ । यो रोग नेपालमा पनि आइसकेको छ । हरेक व्यक्तिले स्वाइन फ्लुबाट जोगिने केही आधारभूत जानकारी राख्नु राम्रो हुन्छ । घर, टोल, वस्ती कार्यालय जहा रहदा पनि सजगता अपनाउनु राम्रो हुन्छ । स्वाइन फ्लु संक्रमण भएको सुरु मै पत्ता लाग्यो भने धेरै हदसम्म उपचार सम्भव हुन्छ । अन्यथा यसले ज्यान लिन पनि सक्छ । स्वाइन फ्लु भाइरसबाट जोगिन सबैभन्दा पहिले त सरसफाइमा ध्यान दिनु पर्छ । आफनो घर वरपर फोहोर हुनु हुदैन । कतै पनि फोहोर पानी जमाएर राख्नु हुदैन । जमेको फोहोर पानी पनि हटाउनु पर्छ । यदि घरमा कोही स्वाइन फ्लु वा इन्फ्लुएन्जाबाट ग्रसित छ भने त्यस्तो विरामीलाई वेग्लै सफा कोठामा राख्नु पर्छ ।
सावुन पानीले हात नियमित धुने, घरको ढोकाको हेन्डिल, किबोर्ट, आदि सफा राख्ने, मास्कको प्रयोग गर्ने, अनुहारमा हात अनावश्यक रुपमा नलैजाने जस्ता सजगता अपनाउन सकिन्छ ।
स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएञ्जा एन –१–एन १ नामको भाइरसको संक्रमणले मानिसको मृत्यु समेत हुन सक्छ । विशेषगरि सु्ंगुरमा पाइने यो भाइरस आफनो आनुवांशिक गुण परिवर्तन गरेर मानिसमा फैलिने गर्दछ । यो भाइरस साधारण फ्लुको भाइरस जस्तै गरि फैलिन सक्छ । जब कुनै संक्रमित व्यक्तिले खोक्छ वा हाच्छिउँ गर्दछ, त्यस्तो व्यक्तिले निकाल्ने छिटासंगै भाइरस बाहिर आउछ । हावामा फैलिन्छ । त्यही बेला निरोगी व्यक्तिले सास लिदा भाइरस सर्न सक्छ । सामान्यत ः मानिसले खोक्दा वा हाच्छिउँ गर्दा एक मिटरसम्म भाइरस फैलिन्छ । भाइरस भएको छिटा कुनै वस्तुमा प¥यो भने त्यस्तो वस्तु पनि जोखिमयुक्त बन्छ । ढोकाको हेन्डिल, सिरानी किबोर्ड, मोवाइल, रिमोट कन्ट्रोल जस्ता वस्तुमा रोगी व्यक्तिको छिटा प¥यो भने त्यस्ता वस्तुमा भाइरस २४ घण्टासम्म जिवित रहन्छ । त्यस्ता वस्तुलाई निरोगी व्यक्तिले प्रयोगमा ल्याउने क्रममा पनि स्वाइन फ्लु सर्न सक्छ । यसकारण यो भाइरस तीव्र गतिमा फैलिन सक्छ । यो भाइरसले संक्रमण गर्छ नै भन्ने ग्यारेन्टी चाहि हुदैन । किनभने केही मानिसको रोगप्रतिरोधी क्षमता बलियो छ भने भाइरसले संक्रमण नगर्न सक्छ । तर भाइरस कडा हुने भएकोले सजिलै फैलिने खतरा हुन्छ .
फ्लु भन्ने वित्तीकै तपाई हामी सामान्य रुघाखोकी वा मौसमी ज्वरो भन्ने बुझ्छौ । स्वाइन फ्लुको प्रारम्भिक लक्षण पनि सामान्य रुघाखोकी जस्तै हुन्छ । तर पनि स्वाइन फ्लुका केही विशेष लक्षण हुन्छन् । ति लक्षण ज्याने लिने रोग बन्न पनि सक्छन् । स्वाइन फ्लुको संक्रमणमा शरिरको तापक्रम ३८ डिग्री सेल्सीयस वा त्यो भन्दा बढि हुनु, अत्यधिक थकान महशुस हुनु, टाउको दुख्नु, रुघा लाग्नु, घाटी खसखसाउनु, खोकी लाग्नु, सास लिन गाह्रो हुनु, मांशपेशी वा शरीर अति दुख्नु, पेट खराब हुनु, झाडावान्ता हुनु यो रोगका प्रमुख लक्षण हुन् । रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुलाई स्वाइन फ्लु संक्रमण भयो भने ज्यान जाने सम्भावना पनि बढी हुन्छ । क्यान्सर, मृगौला सम्बन्धी रोग, गर्भवती महिला, एक वर्ष भन्दा कम उमेरको बच्चामा रोग प्रतिरोधी क्षमता कम हु्न्छ । त्यस्ता व्यक्तिमा स्वाइन फ्लु्का जस्तै लक्षण देखिएमा तुरुन्त चिकीत्सकसंग सम्पर्क गर्नु पर्छ ।
बालबालिकाहरु रोगबारे सजग हुन सक्दैनन् । यसकारण उनीहरुमा स्वाइन फ्लु्को संक्रमण हुने सम्भावना बढि हुन्छ । बालबालिकामा यदि शास फेर्न गाह्रो हुने, आलस्य हुने, धेरै रुने, स्वाइन फ्लुको जस्ता लक्षण देखिने भएमा तुरुन्त अस्पताल लैजानु पर्छ ।
स्वाइन फ्लुबाट बच्न त्यति सजिलो छैन । तर पर्याप्त सावधानी अपनाएमा संक्रमण हुने सम्भावना धेरै कम हुन्छ । स्वाइन फ्लुबाट जोगिने केही उपायहरु यस्ता छन् ।
– सामान्य फ्लु् भएका विरामीबाट करिब ६ मिटर पर नै बस्ने ।
– खोक्दा वा हाच्छिउ गर्दा रुमाल वा टिश्यू पेपरले मुख ढाक्ने ।
– हात धुदा सावन पानीले कम्तिमा २० सेकेण्ड धुने ।
– फ्लु संक्रमित व्यक्तिका सामान प्रयोग नगर्ने ।

यस्ता सावधानीले स्वाइन फ्लु मात्रै होइन धेरै किसिमका संक्रमणबाट जोगिन सकिन्छ ।
स्वाइन फ्लु विरुद्धको खोप पनि विकास गरिएको छ । तर यस्तो खोपको प्रभावकारीतामा पूर्ण विश्वास गर्न सकिन्न । यद्यपी अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले सन २००९ मा स्वाइन फ्लु विरुद्धको खोपलाई मान्यता दिएको थियो । सो खोपको अध्ययन पछि खोपको एक मात्राले १० दिनसम्म स्वाइन फ्लुबाट जोगाउने देखियो । यो खोपले शरिरमा पर्याप्त मात्रामा एन्टीवडी निर्माण गर्छ । जसले भाइरसलाई निस्तेज पार्छ । केही जातीका मानिसको शरिरमा प्राकृतिक रुपमै बलियो एन्टीवडी मौजुद हुने हुनाले खोपको आवश्यकता नै पर्दैन ।
ईतिहासका सबै कालखण्डमा फ्लुको महामारी भएको अभीलेख छन । १९१८ देखि हाल सम्म चार पटक विभिन्न प्रकृतिका फ्लुको माहामारी भएको तथ्य भेटिन्छ ।
१९१८–१९१९ ः स्प्यानीस फ्लु एच १ एन १, १९१८ को फ्लुको माहामारी जस्लाई स्प्यानीस फ्लु भनियो जनसमुदाय अचानक बिरामी भए । त्यस बेला बिहान सकुशल ब्यक्ति सांझ मृत्यु भएका थिए भत्रे अभिलेख भेटिन्छ । तर स्प्यानीस फ्लुबाट ग्रसित जनसमुदायमा भएको मृत्यु भने स्प्यानीस फ्लुले नभइ जीबाणुजन्य संक्रमणको जटीलताका कारण भएको निमानीयाका कारण मानीएको छ ।
१९१८को फ्लुको माहामारी भएको बेला
० त्यस बेला बिश्वभरी करीब २०–४० प्रतीसत जनसमुदाय बिरामी भए ।
० ५करोड मानीसको मृत्यु भएको तथ्यांक ।
० करीब ६७५.००० जनसमुदायको मृत्यु अमेरीकामा भएको देखिन्छ ।
० २०–५० बर्षका उमेर समुहमा बढी मृत्यु दर देखिएको ।
१९५७–१९५८ःएशियन फ्लु एच २ एन २,
फेब्रुअरी १९५७ मा, एउटा नयां फ्लु भाइरस सुदुर पुर्बमा पहिचान गरीयो । ६५ बर्ष भन्दा कम उमेर समुहका जनसमुदायमा यस प्रजाती प्रति प्रतीरक्षात्मक क्षमता न्युन रहेको थियोे । महामारी हुन सक्ने अनुमान गरियो । १९५७ मा भाइरस गर्मीको मौसमपारी फाटफुट रोग देखाउदै अमेरीका पुगेको अभिलेख छ । जब बर्षे बिदा पछि बिद्यार्थी स्कुल पुगे तीनले कक्षामा रोग सार्नका साथै घरपरीबार तथा छरछिमेकमा पनि रोग सार्ने बाहकको काम गरेको देखिन्छ । संक्रमण दर स्कुले बिद्यार्थी,अधबैंसे उमेरका तथा गर्भवतीहरुमा अक्टुबर १९५७ मा बढी देखा प¥यो । डिसेम्बर १९५७ मा महामारी नियत्रण हुन पुग्यो । दोश्रो महामारी पुनः १९५८ को जनबरी फेब्रुअरीमा देखा प¥यो । तथापी १९५७ को माहामारी १९१८ को फ्लुको महामारी जस्तो भयाबह थिएन । इन्फ््लएन्जा तथा निमोनिया जन्य मृत्यु सेप्टेम्बर १९५७ र र्माच १९५८ मा भएको थियो करिब ६९,८०० जनसमुदायको मृत्यु अमेरीकामा भएको देखिन्छ । जस्मा मृत्यु हुनेमा जेष्ठ उमेरका जनसमुदाय थिए । त्यस बेला यसलाई एसियन फ्लु भनियो ।
१९६८–१९६९ः हङग कङग फ्लु एच ३ एन ३,
१९६८ को शुरुमा हङग कङगमा नयां फ्लु भाइरस पहिचान गरियो । सेप्टेम्बर १९६८ को शुरुमा अमेरीकामा पहिलो बिरामी फेला परेको देखिन्छ । डिसेम्बर १९६८ सम्ममा रोग अमेरीकामा ब्यापक रुपमा देखिएको थिएन । फ्लु भाइरसका कारण डिसेम्बर १९६८ र १९६९ को जनबरीमा जेष्ठ ६५बर्ष उमेरका जनसमुदायमा मृत्यु भएको देखिन्छ । यस पटकको माहामारीबाट ३३,८०० जनसमुदायको मृत्यु सेप्टेम्बर १९६८ र र्माच १९६९ बीचमा भएको देखिन्छ ।
अमेरीकामा फ्लु भाइरसको पटक पटकको महामारीबाट मृत्यु दर कम हुदै जानुका बिभिन्न कारणहरु जनस्वास्थ्यकर्मीहरुले इंगीत गरेका छन् ।
हङग कङग फ्लु भाइरस १९५७ मा माहामारी गराउने एशियन फ्लु भाइरससंग अनुबांशिक सामिप्यता हुनाले पनि जनसमुदायमा रोग बिरुद्ध जुध्न सक्ने क्षमता बिकाश हुनु ।
हङग कङग फ्लु भाइरसको प्रकोप डिसेम्बर १९६८मा देखिदा अधिकांस बिद्यालयहरु जाडो बिदाका लागि बन्द हुंदा बिद्यर्थी स्कुल नपुगेकाले कक्षामा रोग सार्नका साथै घरपरिबार तथा छरछिमेकमा पनि रोग सार्ने बाहकको काम नगरेको देखिन्छ ।
आधुनिक उपचार सेवाको बिकाश, रोगको सघन निगरानी, द्रुत प्रयोगशालाकृत रोग निदान प्रबिधी जनस्वास्थ्य सचेतना सुचना प्रबाह,अनि जीबाणुजन्य सहसंक्रमण बिरुद्ध एन्टीबायोटिकको सहज उपलव्धता ।
२००९–२०१० ः स्वाइनफ््लु एच १एन १,
२००९को बर्षायाममा अमेरीका तथा बिश्वमा नयां फ्लु भाइरस फेला परेको देखिन्छ । यसलाइ शुरुमा स्वाइनफ््लु भनियो । अमेरीकामा एच१एन१ (स्वाइनफ््लु ) को पहिलो बिरामीमा अप्रील १५ २००९ मा देखियो । अप्रील २६ २००९ मा अमेरीकामा सरकारले एच१एन१ (स्वाइनफ््लु ) लाई जनस्वास्थ्यजन्य संकटकाल घोषणा गर्नुु पर्यो । सोहि बर्ष अमेरीकामा जुन महिना सम्ममा १८,००० बिरामी देखा परे । यस महामारीका कारण करीब बिश्वका ७४ मुलुक प्रभावित भएका थिए । नोभम्वर २००९ सम्ममा अमेरीकामा ४८ प्रान्तमा साना केटाकेटीहरुमा रोग देखियो । यसै महिनामा जोखिममा रहेका उमेर समुहमा ६.१ करोड खोप लगाएका कारण रोग को महामारी न्युन हुदै गयो । अप्रील २००९ र अप्रील २०१० मा क्रमशः ४.३ र ८.९करोड जनसमुदायमा एच१एन१ (स्वाइनफ््लु ) देखियो भने क्रमसः ८,८७० र १८.३०० को मृत्यु भएको तथ्यांक भेटिन्छ । सो अवधिमा करीव ८करोड जनसमुदायमा खोप लगाएको कारण रोग नियंत्रण भएको अनुमान छ । अगस्त १०,२०१० मा बिश्व स्वास्थ्य संगठनले जनसमुदायमा एच१एन१ (स्वाइनफ््लु ) को बिश्व महामारी नियन्त्रण भएको घोषणा ग¥यो । (लेखक डा.केदार कार्की वरिष्ठ पशु चिकित्कस हुनुहुन्छ । )