शुक्रबार, चैत्र १६, २०८०

भारतको तरकारीमा विषादी परिक्षण गर्न किन पछि हट्यो सरकार

काठमाडौं, असार । भारतबाट आयातित तरकारी तथा फलफूलहरुमा अत्यधिक विषादी प्रयोग भएको विभिन्न समयमा गरिएका चेकजाँचबाट पुष्टि भएपनि पछिल्लो समयमा सरकारले भारतबाट सहज रुपमा तरकारी ल्याउन रोक्को । सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो ।
सीमा नाकाका भन्सारबाट भित्रने तरकारी विषादी परिक्षण गरे पश्चात मात्र भित्रने सरकारी निर्णयप्रति धेरैले सह्राना पनि गरे । भारतीय कृषि टेलिभिजन च्यानल ग्रिन टिभीले पनि नेपाल सरकारले गरेको कार्य ठिक भएको भन्दै प्रशंसा पनि ग¥यो । सो टेलिभिजनले नेपाल सरकारले गरेको निर्णयका कारण भारतीय किसान विषादीका कारण हुने रोगबाट बच्न सक्ने भएकाले अव भारतीय किसानहरुले विषादी प्रयोगमा कमि ल्याउने कुरामा प्रशंसा पनि ग¥यो ।
तर नेपाल सरकारले गरेको निर्णय साता दिन पनि वित्न नपाउँदै भारतीय दूतावासको पत्र तरकारनी नरोक्ने भन्दै बाणिज्य मन्त्रालयलाई निर्देशनात्मक पत्र काट्यो । जसका कारण सरकारले आफूले गरेको निर्णयबाट पछि हट्दै भारतीय तरकारीका विषादी परिक्षण नगरी आयात गर्ने निर्णय गरेको छ ।
अहिले मलको अभावका कारण जिटुजी प्रक्रियामा रासायनिक मल भारताबाट ल्याउने तयारी गरिहँदा नेपाल सरकारले भारतीय तरकारीमा विषादी प्रयोग गरेर मात्र भित्र्याउने निर्णय गरेपछि भारत नेपाल सरकारसँग रुष्ट भयो ।
त्यही रुष्टताा कारण भारतले तरकारी रोक्ने विषयलाई जिटुजी मार्फत ल्याउन लागिएको मल रोक्ने चेतावनी दिएको पाइएको छ । यदि नेपालले भारतीय तरकारी ल्याउन रोक्ने हो भने रासायनिक मल नदिने टुङ्गोमा पुगेको श्रोतले बताएको छ ।
जिटुजी मार्फत कमिशनको खेलोमा लागेका केही व्यक्तिहरुले मल आयात नभए किसानहरु आन्दोलनमा उत्रन सक्ने मल हाहाकार हुने भन्दै तरकारीमा विषादी परिक्षण नगरी भित्र्याउन प्रधानमन्त्रीलाई लविङ्ग गरे । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा भारतीय तरकारीमा गर्ने भनिएको विषादी परिक्षण नभई आयात हुने निर्णय मन्त्रीपरिषद्ले गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६