बिहिबार, चैत्र १५, २०८०

भद्र आन्दोलित चिया किसानले पाउलान् न्याय ?

काठमाडौं,पौष । भ्रष्टमति भएका कार्यकारी निर्देशकको चंगुलमा फसेका कृषि मन्त्री गौरीशंकर चौधरीका कारण चिया किसानहरुले आफूले उत्पादन गरेको चिया पत्तिको मूल्य पाउन सकेका छैनन् । चिया पत्तिको उचित मुल्य निर्धारणको माग गदै चिया तथा कफी विकास बोर्डमा महिनौदेखि धर्ना बसेका किसानहरुको समस्या समाधान हुनेमा शंका देखिएको छ । सडकमा टायर बाल्ने, नेपाल बन्द गराउनेहरुको माग त नसुनिरहेको अवस्थामा भद्र आन्दोलनले झापाली साना चिया किसानहरुको माग सरकारले सुन्ला र किसानहरुले न्याय पाउलान् ? “न्याय नपाए गोर्खा जानु” भन्ने उखानलाई त लात मार्दै गोर्खा फुजेलकै कृष्ण अधिकारीले त न्याय पाएनन् भने साना किसानहरुलाई सरकारले न्याय गर्ला भन्ने सोच्नु नै दुर्भाग्य नहोला भन्न सकिन्न ।bhadar-dharna
साना किसान झापाली चिया व्यवसायी संघका अध्यक्ष पूर्णकुमार कार्की विगत लामो समयदेखि भद्र धर्ना भन्दै चिया तथा कफी विकास बोर्डमा बसेको महिनौं भईसक्यो । कार्की नेतृत्वको संघले धेरै ठूलो माग पनि राखेको छैन । साना किसानहरुले उत्पादन गरेको चियाको हरियो पत्तिको उचित मूल्य निर्धारण गर्न बैज्ञानिक पद्धतिको निर्माण गरौं भन्ने माग छ । तर यिनै कार्की बीस बर्षदेखि साना किसानका पक्षमा पटक पटक यस्तै धर्ना र आन्दोलनमा उत्रिएका छन् । तर सरकारले सुन्ने चेष्टा नै गरेको छैन । चिया पत्तिको उचित मूल्य नपाउंदा झापाली चिया किसानहरुले दुई दशकदेखि करोडौं रुपैयां नोक्सानी व्यहोर्नु परेको छ । उनीहरुको जीवन यापनको एकमात्र श्रँेतका रुपमा रहेको कृषि योग्य जमीनलाई चिया उद्योगमा उपयोग गरिरहेका किसानहरुले अन्तर्राष्ट्रिय मुल्य अनुरुप चिया पत्तिको मूल्य त परै जाओस् छिमेकी राष्ट्र भारतका किसानहरुले नेपाली उद्योगीहरुबाट प्राप्त गर्ने जति मूल्य पाउन सकेका छैनन् ।
तर मूल्य तोक्ने विषयमा कृषि विकास मन्त्रालय संधै आलटालमा बसिरहेको छ । चिया क्षेत्रको विकासका लागि स्थापना भएको चिया तथा कफी विकास बोर्ड किसानका पक्षमा भन्दा पनि व्यापारीहरुको पक्षमा देखिएको छ । भद्र धर्नामा रहेको कार्की भन्छन् कृषि मन्त्रीले झुक्याए, कार्यकारी निर्देशक चिया किसानका पक्षमा बोल्ने काम नै गर्दैनन् । कार्यकारी निर्देशक र कृषि मन्त्री समेतको मिलेमतोमा किसानहरुले पत्तिको मूल्य पाउन सकेका छैनन् ।आर्थिक अनियमिततामा विवादित चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम त्यही किसानहरुको लागि भन्दै हरेक हप्ता जिल्ला भ्रमण गरेर भत्ता खाईरहेका छन् तर, किसानहरुले भने चियापत्तिको मूल्य समेत पाउन सकिरहेका छैनन् । भद्र आन्दोलनमा बसेका पूर्णकुमार कार्कीलाई कहिलेसम्म आन्दोलन गर्नु हुन्छ भन्ने कृषिको प्रश्नमा अव साता दिनभित्र समस्या समाधान नभएर चिया तथा कफी विकास बोर्डमा ठूलै दूर्घटना हुन सक्ने बताउंछन् ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७३