बिहिबार, चैत्र १५, २०८०

बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला फागुन १९ गते

काठमाडौं, फागुन । विगत ११ बर्षदेखि निरन्तर सञ्चालन हुँदै आईरहेको बाह्रौं प्राङ्गारिक कृषि मेला फागुन १६ देखि १९ गतेसम्म जावलाखेल फुटबल मैदानमा आयोजना हुने कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र जनाएको छ ।
हाल अत्यधिक मात्रामा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोगले पर्यावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै गएको ठहर गरी त्यसको न्यूनीकरणका लागि २०६३ सालदेखि मेला आयोजना गर्दै आएको केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएको दिइएको छ ।
जैविक विविधताको ह्रासबाट माटोको प्राकृतिक जीवनमा नकारात्मक प्रभाव परेको, आजभोलि नाइट्रोजनयुक्त रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा नाइट्रोजनको मात्रा जम्मा भई माटोमुनि चुहिएर भूमिगत पानीसमेत दूषित भएको, बालीलाई कीराबाट बचाउन प्रयोग गरिने विषादीको अत्यधिक एवं असन्तुलित प्रयोगबाट उत्पादित वस्तु विषादीयुक्त हुनाको साथै पर्यावरणीय सन्तुलनसमेत बिग्रिएको केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्राङ्गारिक कृषि उपज जनसमुदायसमक्ष परिचित गराउने, प्राङ्गारिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहन गर्ने, उपभोक्ता वर्गमा स्वस्थकर प्राङ्गारिक कृषि उपज उपभोग गर्न प्रोत्साहन गर्ने, निर्यातयोग्य प्राङ्गारिक कृषि वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पु¥याउने, दिगो कृषि विकासको लागि प्राङ्गारिक कृषि पद्धतिको आवश्यकता बोध गराउने र प्राङ्गारिक कृषि व्यवसाय प्रबद्र्धन गर्न सहयोग पु¥याउने मेलाको उद्देश्य रहेको समेत केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १४, २०७५