बालीमा रोग फैलिँदै

Jan 23 • समाचार

ललितपुर, ९ माघ । देशभित्र एक ठाउँको बीउ वा बिरुवा अन्यत्र लैजानका लागि ‘स्वस्थताको प्रमाणपत्र’ लिने नियम नहुँदा एकातिर भएको बालीको रोग सबैतिर फैलिने गरेको छ ।
कृषि विभागअन्तर्गतको बाली संरक्षण निर्देशनालयले देशबाट निर्यात गर्ने वा अन्य मुलुकबाट आयात गर्ने बीउ÷बिरुवामा स्वस्थता जाँच लागू गरेको छ । एउटा जिल्लाबाट अर्काेमा लैजाँदा सो व्यवस्था लागू गरिएका छैन ।
निर्देशनालय अन्तर्गतको राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलका अनुसार पहिले एक ठाउँमा मात्रै देखिएका कीरा वा रोग देशभर फैलन सक्ने खतरा छ । “आफन्तको घरबाट बीउ वा बिरुवा लैजाँदा सँगै रोग लैजाने सम्भावना रहन्छ । रोग लागेका तरकारी काटेर पखाल्दा माटो फालेको ठाउँमा रोग फैलने गर्छ,” उनले भने ।
काठमाडौंँ उपत्यकाको बन्दा र काउलीमा मात्रै देखिएको गाँठे रोग अहिले देशका धेरै ठाउँमा फैलिएको उनको भनाइ छ । कार्यालयले बिरुवा संरक्षण निर्देशिका, २०६६ अनुसार देशबाट निर्यात गर्ने र अन्य देशबाट आयात गरिने बीउ÷बिरुवाको जाँच गरेर स्वस्थता प्रमाणपत्र दिने गरेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

« »

सूचना विभाग दर्ता नं : २६९/०७३–७४
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर काठमाडौं
सञ्चालक : हिमा पौडेल
सम्पादक : वैकुण्ठ भण्डारी
सर्वाधिकार : हब ब्रोडकास्टिङ्ग प्राालि