बिहिबार, चैत्र १५, २०८०

बाढीपीडितलाई सहुलियत दरमा गहुँ

राजविराज,  २८ मङ्सिर ।  सप्तरीका बाढीपीडित क्षेत्रका किसानलाई सहुलियत दरमा गहुँ बीउ वितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीले जिल्लाका बाढीपीडित किसानलाई गहँुको २० मेट्रिक टन बीउ वितरण गरेको सो कार्यालयले जनाएको छ ।  गत असार र साउन महिनामा आएको बाढीले प्रभावित क्षेत्रका किसानलाई गहुँ बालीमा आकर्षण गर्न तथा राहत प्रदान होस् भने उद्देश्यले प्रतिकिलो रु. ५०।२५ का दरले वितरण गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लामा २५ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुने गहुँबालीका लागि बाढीपीडितमा ४० मेट्रिक टन वितरण गरिने लक्ष्य रहेको जानकारी दिँदै उहाँले अहिलेसम्ममा २० मेट्रिक टन वितरण गरिसकेको बताए।  बाढीबाट प्रभावित हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी, सकरपुरा, राजविराज नगरपालिका, रुपनी गाउँपालिका, इटहरी विष्णपुर, बेलहीचेपना, छिन्नमस्ता लगायतका किसानलाई सहुलियत दरमा गहुँ बीउ वितरण गरिएको बताएको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर २८, २०७४