मङ्लबार, बैशाख ४, २०८१

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तीन वर्षमा ३९ अर्व कहाँ गयो ?


काठमाडौं, चैत्र । पहिलो पटक मुलुकको प्रधानमन्त्री बने पश्चात वर्तमान वर्तमान प्रधानमन्त्री केपी ओलीले मुलुकलाई समृद्ध बनाउनका लागि कृषिमा आत्मनिर्भर बन्नु पर्ने भन्दै प्रधानमन्त्री कै नामबाट आयोजना शुरु गरे । प्रधानमन्त्रीले शुरु गरेको सो परियोजनाको नाम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
बार्षिक १३ अर्व रुपैयाँ खर्च गर्ने गरी १० बर्षका लागि ल्याइएको सो परियोजनाको समयावधि मध्येको ३ वर्ष करिव समाप्त हुन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षमा कृषि उत्पादकत्व दोव्वर बनाउने घोषणा पनि गरेका थिए । प्रधानमन्त्रीको योजना अनुरुप बार्षिक १३ अर्व खर्च गर्न दिईएको परियोजनाले कृषि उत्पादकत्व बृद्धि गर्न तर्फ लाग्नु पर्ने थियो तर सकेको देखिएन ।
विगत ३ वर्षको अवधिमा नेपाल सरकारको करीव ३९ अर्व सकिने संकेत विनियोजित बजेटले नै पुष्टि गरिसकेको छ । अव खोजिको विषय भनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किन काम गर्न सकेन । बार्षिक १३ अर्व के के विषयमा खर्च गरियो वा गरिएन ।
त्यसो भए १३ अर्व लगानी गर्दा मुलुकले कति कृषि उत्पादन लिन सफल भयो ? लेखाजोखा गर्नु पर्ने बेला भएको छ ।
बार्षिक १३ अर्व खर्च गरेर पनि कृषि उत्पादकत्व बृद्धि हुँदैन र आयात दिनप्रतिदिन बढ्दै गईरहेको छ भने कहाँ जान्छ त १३ अर्व ? कसरी खर्च हुन्छ ? प्रधानमन्त्रीले मुलुकलाई साँच्चै नै कृषि प्रधान देशका रुपमा विकसित गर्ने सपना सजाएर ल्याएको परियोजना किन ओरालो लागि रहेको छ । एक पटक प्रधानमन्त्री कार्यालयबाट नै खोजि हुने हो भने ठिक हुन्थ्यो होला कि।

प्रकाशित मिति: आइतवार, चैत्र १७, २०७५