बिहिबार, बैशाख १३, २०८१

प्रदेश पाँचलाई अर्गानिक कृषि क्षेत्र बनाउने छौं

आरती पौडेल
मन्त्री, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नः ५

० कृषि तथा भूमि व्यवस्था मन्त्री बन्नु भएको के गर्दै हुनुहुन्छ ?
मुलुक संघीय प्रणालीमा सञ्चालन शुरु भएको छ । हामी प्रदेश नं. ५को कृषि विकासका लागि कसरी काम गर्ने भन्ने छलफलमा जुटेका छौं । विगतमा भएका नीति नियमलाई विश्लेषण गर्दै प्रदेशका किसानका हितकारी नीति आवश्यक ठान्दै नयाँ नीति नियम बनाउने काममा हामी जुटेका छौं ।
० कहाँ पुग्यो नीति निर्माणको काम ?
नीति निर्माणका लागि विभिन्न क्षेत्रका विज्ञहरु सहितको छलफलबाट नै नीति निर्माणको काम अगाढि बढिरहेको छ । जव प्रदेश सभाबाट कानुन निर्माण हुन्छ । त्यसपश्चात अरु नीति नियमका कामहरु अगाडि बढ्ने छ । कानुनको अभावले नीति निर्माणमा पनि समस्या त आएको छ । तर पनि हामीले कृषि तथा पशुपन्छी र अन्य क्षेत्रगत हिसावले गृह कार्य भने गरिरहेका छौं ।
० त्यसो भए अव यहाँहरुले नीति निर्माण गर्दा विगतको भन्दा फरक योजना ल्याउनु हुन्छ ?
विगतकोको योजनाभन्दा विल्कुलै फरक भन्ने हुँदैन । विगतमा बनाइएको योजनाहरुलाई परिष्कृत गर्दै प्रदेशका किसानहरुको समेत आवश्कतालाई हेर्दै कृषिमा कसरी आत्मनिर्भर बन्न सकिन्छ किन अहिले पछि परेका छौं समस्या कहाँ थियो ? ती विषयबस्तुलाई विल्लेषण गर्दैै किसानका हितमा कसरी जाने भन्ने कुरालाई प्राथमिकता दिएर योजनाहरु बन्ने छन् । सवैभन्दा महत्वपूर्ण काम के गर्ने योजना छ भने भूउपयोग नीति कार्यान्वयनको गर्ने, कृषि योग्य भूमिलाई बाँझो राख्न नदिने, जग्गाको बैज्ञानिक नापजाँच गर्ने र खेती योग्य भूमिलाई बाँझो राख्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने छौ ।
० विगतलाई हेर्ने हो भने नीति नियम बनाउने तर कार्यान्वयन गर्ने अवस्था देखिएको छ, त्यसो भए काम कहिलेबाट सुरु होला ?
ठ्याक्कै नै यहि समयबाट शुरु हुन्छ वा अहिले नै हुन्छ भन्ने कुरा छैन । किनकी अहिले शुरुवाती अवस्थामा छौ । हामीले विषयबस्तुमा छलफलमा चलाईरहेका छौं । सबै मन्त्रालयबाट कार्यक्रम आएपछि कार्यान्वयमा हामी जुट्छौं ।
० किसानले प्रदेश सरकार र मन्त्रालयले काम गर्न थालेको अनुभूति पाउलान् त ?
पक्कै पाउँछन् । हामी किसानले अनुभूति गर्र्न गरी कार्यक्रमहरु तयार गर्न जुटेका छौं । हामी प्रदेश सरकार र यो मन्त्रालय किसानसँग प्रत्यक्ष जोडिएर काम गर्ने मन्त्रालय भएका कारण पनि विगतमा जस्तो समस्या नहोला । तर, किसानको खेतवारीमा नै आजको भोली नै पुग्छ भन्ने सोच राख्नु हुँदैन । कृषिमा युवा जनशक्तिलाई आकर्षण नगरी नेपालको कृषि क्षेत्रको विकास हुँदैन । त्यसकारण पनि कसरी युवाहरुलाई आकर्षित गर्ने भन्ने विषयमा लागिरहेका छौ । पाखुरामा बल भएको मनमा जोस भएको अलिकती गर्न सक्ने हिम्मत राख्ने युवाहरु अहिले विदेश पलायन भईरहेका छन् । उनीहरुलाई कृषिमा आकर्षित गर्ने सके कृषि मार्फत समृद्धि गर्ने हाम्रो योजना रहेको छ । त्यस्तै यान्त्रीकीकरणमा जोड दिने छौ । विगतगका जस्तो हलो जोतेर, डोकोमा मल बोकेर अवको किसानहरुले काम गर्दैन । त्यसबाट लागत पनि उठ्दैन । त्यसको लागि हामी बैज्ञानिक खेती पद्धति अवलम्बन गछौं ।
० नीति निर्माण गर्दा केन्द्रीय सरकारसंगको समन्वय कस्तो हुन्छ ?
केन्द्रीय सरकारसँगको समन्वयबाट नै हामी नीति निर्माण गर्ने छौ । प्रदेश सरकारले कतिपय कुराहरु केन्द्रबाट समन्वय गरेर नै गर्दा त्यसलाई कार्यान्वयन गर्न अझ सहज हुन्छ भने । प्रदेश सरकार र यस मन्त्रालयलाई कतिपय कुरा बुझ्न अझै केही समय लाग्ने पनि हुन्छ । केन्द्र सरकारसँग मात्र होइन स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्नु अनिवार्य छ । त्यसका लागि हामीले हाम्रो परिवेश सुहाउदो कार्यक्रम थपघट गरेर काम अगाडि बढाउछौं ।
० प्रदेश पाँचमा कृषिमा के के छन् संभावना ? जसमा हामीले ठोस काम गर्न सक्छौं ?
प्रदेश पाँचमा पशुपालनको राम्रो संभावना छ । मासुमा हामी आत्मनिर्भर बन्न सक्छौ । यस्तै खाद्यान्नमा पनि हामी धान, गहुँ, मकै तरकारीजन्य उत्पादनमा आत्मनिर्भर हुन सक्छौं । फलफूलहरु पहाडमा, पशुपालन पनि पहाडी क्षेत्रमा बढिमात्रामा जोड दिने छौ भने तराईको क्षेत्रमा खाद्यान्न उत्पादनमा नै हाम्रो मुख्य जोड हुने छ ।
० कृषि क्षेत्रमा किसानले प्रत्यक्ष रुपमा लाभ पाउने गरी योजना आउन सकेको छैन भन्ने गुनासो छ प्रदेश पाँचको कृषि मन्त्रीको हैसियतले के योजना बनाउनु ?
वास्तवमा नै भन्ने हो भने वितगमा किसानका नाममा आएका योजना वा अनुदान किसानसम्म नपुगेको गुनासो छ । अव प्रदेश सरकारले त्यस्ता कार्यको निरुत्साह गर्दै किसानले लाभ पाउने गरी के कृषि सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छु । कृषि सहकारीहरुलाई गाउँ गाउँमा उत्पादनमा लगाउने र शहरको सहकारीलाई बजारीकरणको काममा लगायने गरी योजना तयार गरिरहेको छौं । गाउँको सहकारीले उत्पादन गर्छ, शहरको सहकारीले बजारीकरणको लागि सहजीकरण गर्छ ।
० अन्य प्रदेश भन्दा पाँच नम्बर प्रदेशलाई फरक पहिचान बनाउने के कार्य हुन सक्छ ?
प्रदेश पाँचलाई अर्गानिक कृषि क्षेत्र बनाउने छौं । त्यसका लागि हाम्रो जोड हुने छ । हामीले जोड दिएका छौ । रोल्पा र रुकुम जिल्लाले अहिले अर्गानिक जोनको रुपमा काम अगाडि बढाईसकेको अवस्था छ । युवा विद्यार्थीहरुलाई जोड दिएर कृषिको कार्यक्रम बनाउने हाम्रो योजना रहेको छ । त्यस्तै विद्यार्थीहरुलाई ६ कक्षा देखि नि नै व्यवसायिक शिक्षा अगाडी बढाउने योजना रहेको छ । माटो प्रतिको मोह विद्यार्थीहरुलाई नै जगाउने योजना हाम्रो रहेको छ । वैकुण्ठ भण्डारी/कृष्ण खनाल

प्रकाशित मिति: सोमवार, चैत्र १९, २०७४