बुधबार, बैशाख १२, २०८१

पूर्वमा मल अभाव

सुनसरी, २६ मंसिर । पूर्वाञ्चलमा रासायनिक मल अभाव हुन थालेको छ । रासायनिक मल डिएपी र पोटास अभाव भएपछि सो क्षेत्रका किसानलाई गहुँ छर्न समस्या भएको छ । सो क्षेत्रका किसानलाई डिएपी मल र पोटासको अभावले गहुँ छर्न ढिलाई हुने भएको हो ।
धान भित्र्याउन ढिलो भएको र त्यस माथि गहुँ छर्ने समयमा समेत मलको अभाव भएकाले किसानलाई चिन्तित बनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २६, २०७४