शनिबार, बैशाख ८, २०८१

पशु स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको आरोप

काठमाडौं । पशुपन्छी विकास मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले पशु स्वास्थ्यका क्षेत्रमा प्रभावकारी काम हुन नसकेको खुलासा छन् । पशुपन्छी विकास मन्त्रालयमा आयोजित पशु सेवा नियमन विषयमा काठमाडौै उपत्यका भित्रका स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृतहरुसँगको छलफल कार्यक्रममा सचिव ओलीले सो खुलासा गरेका हुन् ।
पशु स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध मानव स्वास्थ्यसँग जोडिएको बताउँदै उनले काठमाडौँ उपत्यकाको अवस्थालाई हेर्नेहो भने पशु स्वास्थ्यका क्षेत्रमा बजेट भएर भएपनि काम हुन नसकेको आरोप समेत लगाए
कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनिराम शर्माले पशुपन्छी जन्य उत्पादन र मानिसको निकट सम्बन्ध भएकाले उपत्यकाभित्रका सबै स्थानिय तहले समन्वयात्मक रुपमा काम गरि काठमाडौँलाई पशु बधशाला मुक्त क्षेत्र बनाउनु पर्ने धारणा राख्न राखेका थिए ।
काठमाडौं महानगरपालिले आफ्नो क्षेत्रभित्र पशु वधशाला मुक्त बनाउने तयारी गरिरहेको बताउँदै उपत्यकाका सवै नगरपालिका समन्वय गरेर अगाडि बढ्न सके काठमाडौं उपत्यकालाई नै पशु वधशााल मुक्त उपत्यका बनाउन सकिने बताए ।
सो छलफल कार्यक्रममा नेपाल पशु चिकित्सा परिषद्का रजिष्ट्रार डा नारायण प्रसाद घिमिरेले मानिसमा लाग्ने ८० प्रतिशत रोगहरु पशुपन्छी तथा पशुपन्छी जन्य उत्पादनबाट सर्ने भएकाले पशु स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु पर्ने बताए ।
उनले मानव स्वास्थ्यलाई प्राथमिकता दिए जस्तै पशु स्वास्थ्यलाई पनि विशेष प्राथमिकता दिनु पर्ने धारणा राख्दै नेपालका पशुपन्छीहरुको स्वास्थ्य अवस्थामा मानवसँग जोडिएका विषयबस्तुमाथि कार्यपत्र प्रस्तुत गरेका थिए । –टंककला तिमिल्सेना

प्रकाशित मिति: सोमवार, फाल्गुन ७, २०७४