शुक्रबार, बैशाख ७, २०८१

पशु सेवा विभागको महानिर्देशक फेरिने सम्भावना !

काठमाडौं, माघ । दुई तिहाईको सरकारले काम नै गर्न सकेन भन्ने आरोप लागिरहेका बेला कृषि तथा पशुपन्छी क्षेत्रमा पनि खासै उपलब्धि हुन सकेको देखिंदैन । विशेषत ः कृषि तथा पशुपन्छी विकास मन्त्रालय हाँकिरहेको मन्त्री चक्रपाणी खनालको बेतुके कुराले पनि कृषि क्षेत्र धरासायी बन्दै गईरहेको छ । हुन त प्रधानमन्त्रीले मन्त्रीमण्डल पुर्नगठन गरेका कृषि मन्त्री पनि फेरिने सम्भावना बढ्दै गएका कारण पनि कृषिका समस्या सम्वोधन गर्न मन्त्रीले नखोजेका होलान् । यद्यपी आफूले नेतृत्व लिएका बेलामा केही काम त गर्नु पर्ने हो तर सकेको अवस्था छैन ।
बरु अहिले बेला न कुबेला महानिर्देशक फेर्न खोजिरहेका छन् मन्त्रीले । पशु सेवा विभागको महानिर्देशक फेर्ने धुनमा मन्त्री लागेका छन् ।
त्यस्तै पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मललाई हटाउने प्रयास भईरहेको छ । केही साता अघिदेखि चलेको सो प्रयास अहिलेसम्म सफल हुन सकेको छैन । पशु सेवा विभागको महानिर्देशक बन्ने दौडमा तीन प्रतिष्पर्धी रहेका छन् । जसमध्ये प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा बंशी शर्माे थैली बोकेर कहिले स्वकीय सचिव सरोज खनाल त केहिल निजी सचिव अर्जुन भण्डारीलाई भेट्न दौडिरहेका बताइएको छ ।
प्रदशे सचिव बंशी हप्तै पिच्चे मन्त्रालय आउने गरेका छन् । उनी प्रदेश सचिवभन्दा महानिर्देशक बनाईदिने पुरै लविङ्गमा जुटेका छन् । त्यसका लागि उनले प्रदेश नं २ को कृषि विकास मन्त्रालयले अनुदानमा दिएको शीत भण्डार निर्माणका ठेकेदार मार्फत २० लाख ख्वाउने प्रतिवद्धता दिएका छन् ।
यस अघिपनि पशु सेवा विभागको महानिर्देशक बन्नका सेकुवा कर्नरमा मन्त्रालयका केही विचौलियाहरुसँग बसको थिए । विवादिन रुपमा डा बंशी शर्मालाई महानिर्देशक बनाउन नहुने लविङ्ग भएपछि त्यसबेला डा. विमलकुमार निर्मललाई महानिर्देशक बनाइएको थियो ।
अहिले फेरि प्रदेश सचिव भईसकेर पनि महानिर्देशब बन्ने दौडमा वंशी शर्मा लागेका छन् । शर्मा नेपाली कांग्रेस निकट हुन् । तर अहिल आफूलाई नेकपा निकट भएको भन्दै महानिर्देशक जसरी पनि बनाईदिन आग्रह गर्दै मन्त्री चक्रपाणीको क्वाटरसम्म धाउन भ्याइसकेका छन् ।
मन्त्रीले डा विमलकुमार निर्मललाई महानिर्देशकबाट हटाउने चाल पाएपनि अहिले पशु सेवा विभागको महानिर्देशक बन्न लागि उपमहानिर्देशक डा सम्झना काप्mले, महेश विष्ट, किसनलाल भट्ट पनि लागिपरेको बुझिएको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २९, २०७५