शुक्रबार, चैत्र १६, २०८०

पशुपन्छीका लागि पनि श्रद्धान्जली सभा

काठमाडौँ, वैशाख । समाजमा गन्यमान्य व्यक्ति वा कुनै पनि क्षेत्रमा चर्चामा पुगेको व्यक्तिहरुको मृत्यु पश्चात श्रद्धाञ्जली सभा गरेको त धेरैले सुनेका पनि छन्, देखेका पनि छन् र त्यस्ता सभाले निरन्तरता पनि पाईरहेको छ । तर पशुपन्छीका लागि श्रद्धाञ्जली सभा गरिएको कमैले मात्र सुनेका होलान् !

sf7df8f}+df z’qmaf/ cfof]lht k|f0fL >4fGhnL ;ef sfo{qmddf bLkk|Hjng ub}{ . t:jL/ ;f}hGo M k|f0fL >4fGhnL ;ef÷/f;;

काठमाडौंको रत्नपार्क नजिकै रहेको सोह्र हाते गणेश मन्दिर परिसरमा मृत्यु भएका पशुपन्छी स्मरणमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । विसं २०७४ भरि विश्वभर मरेका र मारिएका पशुपन्छी लगायत सबै प्राणीको सम्झनामा यहाँ दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा )नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धाञ्जली प्रकट गरिएको थियो ।
नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको प्रयासमा आयोजित कार्यक्रममा उपस्थित भएका व्यक्तिहरुले श्रद्धान्जलिको व्यहोरा बाचन गरेका थिए ।
चार वर्षदेखि आयोजना गरिँदै आएको सो कार्यक्रमका सहभागी तथा शाकाहारी अभियन्ता विकेश श्रेष्ठले संसार सबैको साझा घर भएको र आजको विश्वमा प्राणीमाथिको हिंसा रोकिनुपर्ने बताए ।
मानव जातिले सबै प्राणीमाथि गरेको हिंसाका लागि हामी लज्जित छौं । सोही कारण सबै प्राणीप्रति श्रद्धान्जली व्यक्त गर्न हामी उपस्थित भएका हौं ।’ कार्यक्रममा सहभागी सञ्चारकर्मी रिता लिम्वुले बताईन् । नयाँ वर्षको शुरुवातसँगै मरेका र मारिकएका पशुपन्छी लगायत प्राणीको स्मरणमा गरिएको श्रद्धाञ्जली सभाले पशु अधिकारका कुरा गर्ने र पशुबलीमा रमाउनेहरुलाई केही सन्देश मिल्छ कि ?

प्रकाशित मिति: आइतवार, बैशाख २, २०७५