शुक्रबार, चैत्र १६, २०८०

पर्यटकीय तान्दै रुपन्देहीका कृषि फर्महरु

रुपन्देही । रुपन्देही जिल्लाको छपिया माछापालनमा नमुना स्थानको रुपमा रहेको छ । जहाँ माछा विभिन्न परिकार समेत खाने गरी पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको लर्को नै लाग्ने गर्दछ । माछा पोखरीमा बल्छी हानेर माछा मार्न लगायत मा आन्तरिक पर्यटकहरुको रुची पछिल्लो समयमा बढ्दो छ । रुपन्देहीमा पहिलो पटक सुरु भएको आष्ट्रिज चरा पालन पनि पछिल्लो समयमा आन्तरिक पर्यटकको राम्रो गन्तव्यको रुपमा रहेको छ । जिल्लामा कृषि क्षेत्रमा रुची भएका व्याक्तिहरुले ‘एक पटक अष्ट्रिज फर्म’ पुगेरै छाड्ने गरेका छन् । पछिल्लो समयमा विभिन्न विद्यालयका विद्यार्थीहरुको साथै कृषि समुह, भ्रमण टोली पनि आष्ट्रिज फर्ममा जाने गरको हुन ।
रुपन्देहीमा रहेको अष्ट्रिज नेपाल प्रालि मात्रै होईन, टिकुलीगढमा रहेको लुम्बिनी एग्रो पोड्क्ट एण्ड रिसर्ज सेन्टर पनि पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको गन्तव्यको रुपमा बढ्दै गएको छ । दैनिक जसो विभिन्न कृषिक समुह, टाढा टाढाबाट आउने गरेका छन् भने विभिन्न विद्यालयहरुले समेत विद्यार्थीहरुको लागि गाई चिनाउने स्थानको रुपमा प्रयोग गर्दै आएका छन् ।   रुपन्देही जिल्लामा कृषि कर्ममा लागेर नाम कमाएका शशी पौडेलको नाम पनि अगाडि आउँछ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका टिकुलीगढमा २० बिघा क्षेत्रफलमा लुम्बिनी एग्रो प्रडक्ट्स एन्ड रिसर्च सेन्टर प्रालिका नामबाट पौडेलले गाई फार्म सञ्चालन गरेका छन् । नेपालमा सबैभन्दा धेरै गाईपालन गरेका पौडेलेको फर्म हो यो । जहाँ विभिन्न जातका गाई छन् । गाईको दूध मेसिनबाट दुहिन्छ । स्थायी शिक्षकको जागिर र पेट्रोलपम्पको मालिक भएर पनि रमाउन नसकेपछि ती सबै व्यवसायलाई छाडेर अमेरिका हामफालेका थिए पौडेल । तर अमेरिका पुगेको एक महिना पुग्न नपाउँदै आफ्नै जन्मभूमि फर्किए उनी । आफ्नै माटोमा सुन फलाउनु पर्छ भन्ने धारणा बोकेर देश फर्केपछि गाई पाल्न थालेको उनले बताए ।
पौडेल भन्छन्–‘नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि वा पशुपालन परम्परावादी र निर्वाहमुखी मात्र भयो । अव व्यावसायीकरण बनाउनुपर्छ ।’ जसलाई व्यावहारमा उतारेर सबैको नमुना बन्ने काम गरेको दाबी छ पौडेलको । कृषि सहकारी, कृषक समूह, कृषि अध्ययन संस्थानका विद्यार्थी तथा प्राध्यापकहरुका लागि पनि पौडेलको फार्म पुस्तकालय जस्तै बनेको छ ।फर्म अवलोकनका लागि प्रधानमन्त्री के.पी. ओली, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल लगायतका नेताहरु बामदेव गौतम, नेता हृदयश त्रिपाठी, काङ्ग्रेस नेता रामशरण महत, शेखर कोइराला, सुजता कोइराला आइसकेका छन् ।

नेपालमा अस्ट्रिचको नाम आउनसाथ सीपी शर्माको नामा जोडिएकोमा उनी खुशी नहुने कुरै भएन । ‘अस्ट्रिच र सीपी एक अर्कोका पर्ययावाची भइसकेको छन् । उनको फर्ममा हाल दैनिक जसो नै विभिन्न विद्यालयका विद्यार्थीहरु अवलोकन तथा अध्यायनको लागि आउने गरेका छन् भने केही पशु तथा कृषिका विद्यार्थीहरुले रिसर्च गर्ने स्थानको रुपमा समेत उक्त फर्मलाई लिने गरेका छन् ।
अध्यक्ष सी.पी शर्माका अनुसार फर्ममा प्रवेशका लागि निश्चित रकमको टिकट समेत व्यवस्थापन गरिएको छ । जुन फर्मकोलागि केही भएपनि आम्दानीको स्रोत भएको उनको भनाई छ । रुपन्देहीको गंगोलियाबाट सुरु गरिएको अस्ट्रिच पालन व्यवसाय हाल दाङ्ग जिल्लामा पनि विस्तार भएको छ । २०६५ सालबाट मुलुकमै पहिलो पटक गंगोलियमा अस्ट्रिचको व्यावसायिक पालन सुरु गरेका प्रालिले ले हाल रुपन्देहीको गंगोलिया, सूर्यपुरा र दाङको बेलझुण्डीमा अस्ट्रिच फार्म सञ्चालनमा छन् । गंगोलियामा २२ विघा क्षेत्रमा फार्म फैलिएको छ भने सूर्यपुरामा ७० तथा दाङमा १६२ विघामा फर्म छ । सबै ठाउँमा गरेर एक अर्बभन्दा बढी लागनी प्रालिले गरिसकेको छ । एउटा बयस्क अस्ट्रिचले दिनमा ५ किलोसम्म अर्थात् २ सय ५० देखि ३ सय रुपियाँसम्मको दाना र घाँस खान्छ । ९ देखि १४ महिनाको अस्ट्रिच १ क्विन्टलसम्मको हुन्छ, तर व्यावसायिक रुपमा १४ महिनासम्मको अस्ट्रिच उपयुक्त मानिन्छ । ३ वर्षदेखि अण्डा पार्न उपयुक्त हुने यो चराको अण्डा ९ सयदेखि २७ सय ग्रामसम्मको हुने अध्यक्ष शर्माले बताए ।
-कृष्ण खनाल

प्रकाशित मिति: आइतवार, बैशाख ९, २०७५