शुक्रबार, चैत्र १६, २०८०

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष नै गर्छन् गैरकानूनी धन्दा

काठमाडौं, चैत्र । व्यवसायीहरुको हक हितका लागि काम गर्नु पर्ने संस्थाका नेतृत्वकर्ताहरु नै गैरकानूनी धन्दामा सक्रिय छन् भन्ने कुराको पुष्टि नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष एवं नेपाल पोल्ट्रि महासंघका वरिष्ट उपाध्यक्ष टिका पोखरेलले गरेका छन् । नेपालमा प्रतिवन्धित वर्डफ्लु भ्याक्सिनहरु आयात गरी गैरकानूनी धन्दा सञ्चालन गरिरहेका छन् ।
नेपालका बढ्दै गईरहेको वर्डफ्लु रोक्नका लागि भन्दै उनले नेपाल सरकारलाई समेत चुनौती दिँदै
भारतबाट गैरकानूनी ढंगले भ्याक्सिन आयात गरी विक्री वितरण गर्दै आईरहेका छन् । गैरकानूनी ढंगले प्रतिवन्धित भ्याक्सिन आयात गरी विक्री वितरण गरेको विषयमा उनले सरकारले ल्याउन स्वीकृत नदिएपछि आपूmले कुखुरा बचाउनका लागि ल्याएको बताए ।
कुखुरा बचाउने नाममा पोख्रेलले गैरकानूनी ढंगले भ्याक्सिन आयात गरी विक्री वितरण गरिरहेका छन् भने सोही भ्याक्सिनका नाममा किसानहरुमाथि ब्रम्हलुट चलाउने काम पोख्रेलले गरेका छन् ।
देशभरीका ह्याचरी व्यवसायीहरुको हक हितका लागि आवाज उठाउनु पर्ने व्यक्ति नै व्यवसायीहरुको विपक्षमा देखिएका छन् । आफू गैरकानूनी ढंगले भ्याक्सिन आयात गर्ने तर व्यवसायीहरुले भारतबाट ल्याएको चल्ला तथा अण्डाहरु जर्वजस्ती हस्तक्षेप गरी मेसिनबाटै फाल्ने गरेका छन् ।
नेपाल डब्लु टि ओको सदस्य भएका कारण भारतबाट चल्ला आयात गर्न कहिँकतै पनि रोकिएको छैन । बरु भारतबाट आयात गरिने पशुपन्छी क्वारेन्टिनबाट परिक्षण गरेर ल्याउन पाउने भएपनि उनले आप्mनो लुटको धन्दा फस्टाउन नपाउने भएपछि न त अण्डा ल्याउन दिन्छन् नत चल्ला नै ।
अध्यक्ष पदको दुरुपयोग गर्दै उनले गैरकानूनी धन्दा चलाईरहेका छन् । नेपालका सिमानामा रहेका सशस्त्र प्रहरी वललाई उनले हात लिएर भारतबाट आउने चल्ला तथा अण्डा नष्ट गर्न समेत गर्दै आएका छन् । प्रति चल्ला वा अण्डा नियन्त्रणमा लिएर नष्ट गरे बापत पाँच रुपैयाँका दरले सशस्त्र प्रहरीलाई उनले दिने गरेको बताए ।
गैरकानूनी ढंगले आएका चल्ला तथा अण्डा नष्ट गर्ने काम सशस्त्रले गर्ने गरेको भएपनि किन प्रति अण्डा वा चल्ला नष्ट गरे वापत पाँच रुपैयाँ दिएको भन्ने प्रश्नमा पोखरेलले भने, ‘ सशस्त्र प्रहरी बललाई प्रोत्साहन स्वरुप सो रकम दिने गरेको समेत उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २२, २०७५